प्रधानमन्त्री ओलीलाई भारतीय समकक्षी मोदीले दिए बधाई
नेपालबहस संवाददाता
असार ३१, २०८१ सोमबार २०:१०:२४
३१ असार, काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन् । सामाजिक सञ्जाल एक्समार्फत शुभकामना दिँदै भारतीय प्रधानमन्त्री मोदीले दुई देशबीच रहेको मित्रताको गहिरो सम्बन्धलाई थप सुमधुर बनाउन प्रधानमन्त्री ओलीसँग मिलेर काम गर्न तत्पर रहेको उल्लेख गरेका छन् ।
साथै उनले दुवै देशका जनताको प्रगति र समृद्धिका लागि पारस्परिक लाभकारी सहयोगलाई अझ विस्तार गर्न निकट रहेर काम गर्न आफू तयार रहेको बताएका छन् । आइतबार प्रधानमन्त्रीमा नियुक्त नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष ओलीले आज प्रधानमन्त्रीमा पद तथा गोपनीयताको सपथ लिनुका साथै पदभार ग्रहण गरिसकेका छन् ।
यसैगरी भारतीय विदेशमन्त्री एस जयशङ्करले नेपालको परराष्ट्रमन्त्रीमा नियुक्त भएका डा आरजु राणा देउवालाई बधाई दिएका छन् । उनले सामाजिक सञ्जाल एक्समार्फत मन्त्री डा राणालाई बधाई दिँदै दुई देशबीच बहुपक्षीय साझेदारी बढाउन आफ्ना नेपाली समकक्षीसँग मिलेर काम गर्न तयार रहेको उल्लेख गरेका छन् । नवनियुक्त परराष्ट्रमन्त्री डा राणाले आजै पद तथा गोपनीयता सपथ लिई पदभार ग्रहण गरिसकेकी छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमती नदी तथा खोला किनाराको २० मिटर मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
औषधि विधेयक अन्तिम चरणमा छ: स्वास्थ्यमन्त्री पौडेल
मंसिर २७, २०८१ बिहिबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
बागमती नदी तथा खोला किनाराको २० मिटर मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार
अमेरिकी डलर देखाई साढे ६ लाख ठगी गर्ने २ जना पक्राउ
मंसिर २७, २०८१ बिहिबार
संघीय निजामती विधेयकका संशोधनकर्तासँग छलफल सुरु
मंसिर २७, २०८१ बिहिबार
बाइडेनले दिए करिब १५०० अपराधीलाई क्षमादान
मंसिर २७, २०८१ बिहिबार