नेपाल वायुसेवा निगम डुब्ने खतरामा !
इन्द्र रिजाल
बैशाख १५, २०७६ सोमबार ०:४३:५१
काठमाडौं । मुलुकको एकमात्र राष्ट्रिय ध्वजाबाहक एयरलाईन्स नेपाल वायुसेवाको नगद प्रवाह खतरनाक दरले (छिटोछिटो) घट्दै गएको छ । हाल यससँग सञ्चालन पूँजी समाप्त हुने र चाँडै नै दैनन्दिनी खर्च चलाउन र कर्मचारीलाई तलब–भत्ता दिन नसक्ने सम्भावना झन्झन् बढिरहेको छ ।
निगमसँग यतिखेर रू. २० करोड मात्र सञ्चालन नगद रहेको बताइन्छ । यसले कुनै आपतकालीन कार्य परिआउँदा गर्नपनि पुग्दैन । यसबारे निगमले तालुकवाला मन्त्रालय संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई करिब १ महिना अगाडि नै औपचारिक जानकारी गराईसकेको छ ।
वास्तवमा निगमलाई यस्तो नगद संकट आजभन्दा नौ महिनाअघि नै उत्पन्न भएको हो, जुन बेला ‘ए–३३०’ नामक दुईटा भीमकाय (वाइडबडी) जहाज निगमले ऋणकै भरमा किनेर ल्यायो । निगमसँग भएको अर्को जोडी ‘ए–३२०’ सिरिजका विमानभन्दा यी वाइडबडी सञ्चालनमा तीन गुणा खर्चालु छन् भनिन्छ । तर अन्तर्राष्ट्रिय उडानका लागि आजसम्म हवाईमार्ग नपाउँदा यी भीमकाय विमानले खास काम पाउन नसकेर धेरैजसो स्थलगत हुनुपरेकोले निगम यो हविगतमा पुगेको हो ।
निगमले लिएको कर्जाको ब्याज नियमित रुपमा तिर्नुपर्नेमा तिर्न नसक्ने अवस्थामा पुगिसकेको छ । हाल निगमलाई रू ४० अर्बको ऋण छ र त्यसको कुल ब्याजमध्ये प्रत्येक चौमासिक अवधिमा कर्मचारी सञ्चय कोषलाई रू १ अर्ब १८ करोड र नागरिक लगानी कोषलाई रू.७३ करोड तिर्दै जानुपर्ने हुन्छ । यी दुई वित्तीय संस्थाहरू निगमका साहुकार संस्था हुन् । इन्धनको मूल्य बढिरहेको छ, बजार मूल्य त्यही गतिमा बढिरहेको छ, तर यता निगमको टिकट मूल्य बढाउन नपाएको निगमका अधिकारीहरूबाट सुनिन्छ ।
वास्तवमा निगमलाई यस्तो नगद संकट आजभन्दा नौ महिनाअघि नै उत्पन्न भएको हो, जुन बेला ‘ए–३३०’ नामक दुईटा भीमकाय (वाइडबडी) जहाज निगमले ऋणकै भरमा किनेर ल्यायो । निगमसँग भएको अर्को जोडी ‘ए–३२०’ सिरिजका विमानभन्दा यी वाइडबडी सञ्चालनमा तीन गुणा खर्चालु छन् भनिन्छ । तर अन्तर्राष्ट्रिय उडानका लागि आजसम्म हवाईमार्ग नपाउँदा यी भीमकाय विमानले खास काम पाउन नसकेर धेरैजसो स्थलगत हुनुपरेकोले निगम यो हविगतमा पुगेको हो ।
जेट एयरको काठमाडौं दिल्ली उडान बन्द भएपछि निगमका लागि राम्रो अवसर नआएको होइन, तर ग्राउण्ड ह्याण्डलिङ्मा पर्न आएको घाटा अर्को अपूरणीय क्षति हो । यी विमानबाट नाफा आर्जन हुन दैनिक सरदर १४ घन्टा उड्नुपर्छ, तर अहिले यिनीहरूबाट दैनिक ७ घन्टाको उडान पनि भइरहेको छैन र पूर्णसिट क्षमताको उपयोग पनि हुन सकेको छैन् ।
निगमको भरपर्दो आम्दानीको स्रोत त्रिभुवन विमानस्थलमा स्थल सञ्चालन (ग्राउन्ड ह्याण्डलिङ्) हो, जसबाट उसलाई वार्षिक साढे तीन अर्ब रुपियाँसम्मको आम्दानी हुनेगर्छ । तर धेरै उडान गर्दै आएको मलेशियाको ‘एयर एशिया’ र भारतको जेट एयरले आफ्ना काठमाडौं उडान स्थगित गरेको हुनाले आम्दानीको ठूलो स्रोत सुक्न गएको छ । भारतको जेट एयर त ‘कँवरतोड घाटा’ ले गर्दा हाल सबै उडान बन्द गरेर जीवन–मृत्युको दोसाँधमा पुगेको छ ।
६ दशकभन्दा अघि स्थापित नेपाल वायुसेवा निगम एशियाको सबभन्दा पुरानो नागरिक उड्डयन कर्पोरेशन हो । २०१६ सालमा यसको राष्ट्रियकरण भएको हो । योभन्दा धेरैपछि स्थापित थाई एयरवेज वा बंगलादेश विमान होस् वा सँगसँगैजसो स्थापित सिंगापुर एयरलाईन्स् आज विश्वब्यापी प्रतिष्पर्धात्मक हैसियतमा पुगेका छन् र वर्षेनी खरबौंको कारोबार गर्दै एउटा दुईटा देखि १०-८ वटासम्म भीमकाय जेट थप्दै आएका छन् । तर ने.वा.नि. सँधै रोगी कर्पोरेशनका रुपमा रहँदै आएको छ ।
युरोपलगायत अन्तर्राष्ट्रिय उडानका लागि यसले युरोपकै फ्रान्सबाट ४ वटा ठूला जेट विमान किनेर ल्यायो तर त्यही युरोपले निगमलाई यसका जहाज उडाउने अनुमति दिएको छैन । आगामी असारदेखि काठमाडौंबाट जापानका लागि उडान सेवा सञ्चालन हुने भएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थप६ महिनामा ५ खर्ब ५९ अर्ब राजश्व संकलन, लक्ष्य भेट्टाउन सकेन
माघ १, २०८१ मंगलबार
५ महिनामा ६ खर्ब ४० अर्ब ४३ करोड विप्रेषण भित्रियो
पुष २७, २०८१ शनिबार
हेटौंडा औद्योगिक क्षेत्रमा थपिए दुई उद्योग
पुष २४, २०८१ बुधबार
महालेखा नियन्त्रकसहित ९ जना सचिवको सरुवा
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
पुष २९, २०८१ सोमबार
धनुषाधाममा एकमहिने मकर मेला सुरु
माघ १, २०८१ मंगलबार
निर्वाचित नभएको भए ट्रम्प दोषी ठहरिनु हुने थियो : विशेष सल्लाहकारको रिपोर्ट
माघ १, २०८१ मंगलबार
अफ्रिकाको सुनखानीमा फसेका ४ सय मध्ये १०० मजदुरको मृत्यु
माघ १, २०८१ मंगलबार
ढुङ्गेधारामा बाह्रै महिना पानी झार्ने योजना महानगरले शीघ्र कार्यान्वयन गर्ने
माघ १, २०८१ मंगलबार