कामले जवाफ दिनुपर्ने बाध्यतामा पुगे कांग्रेस-एमाले
नेपालबहस संवाददाता
साउन १, २०८१ मंगलबार १०:४९:४४
१ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा सरकार गठन भएको छ । यो गठबन्धनमा जसपा र लोसपा पनि सहभागी भएका छन् । यो पटक नयाँ कुरा २१ मन्त्रीलाई एकैपटक शपथ गराइएको छ । दलहरूबीच विवाद र मन्त्री छान्ने सकसका बीच पटक पटक किस्तामा मन्त्री नियुक्ति गर्ने परम्परा यस पटक तोडिएको छ । कस्तालाई मन्त्री बनाइयो भन्ने बहस र विश्लेषण अघि एकैपटक २१ मन्त्री बनाएकोमा पनि प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले सुरुवात भने औसतभन्दा राम्रो गरेको ठान्नु पर्छ ।
रहयो मन्त्री छनौटको कुरा, देशमा शुरुमै व्यक्तिलाई प्रशंसा र आलोचनाले चरममा पुर्याउने र अलिकति राम्रो वा नराम्रो गर्नासाथ फेरी भगवान वा भिलेनको पगरी गुथी हाल्न्ने परम्परा नै बनेको छ । सरकार बन्नासाथ त्यसको आलोचना र नकारात्मक टिप्पणी भन्दा पनि कामका आधारमा टिप्पणी गर्नु नै उपयुक्त हुन्छ । तर यो सरकारको विषयमा शुरुमै महिला सहभागिता र दलितको प्रतिनिधित्वको बारेमा प्रश्न उठेको छ । २२ सदस्यीय मन्त्रिमण्डलमा केवल २ महिला मन्त्री छन् भने दलितको प्रतिनिधित्व शून्य छ ।
यो प्रश्न गर्ने विषय हो । हुन त यस अघि पनि महिलाको प्रतिनिधित्व बारे दलहरूको संकुचित सोचाइ नै रहँदै आएको पाइन्छ तर कांग्रेस–एमाले जस्ता ठूला दल मिलेर सरकार बनाउँदा पनि महिलाको उचित प्रतिनिधित्व गराउन नसक्नुले उनीहरुको सोच र काम गर्ने तरिकामाथि प्रश्न उठाएको छ । कुनै पनि बाध्यकारी अवस्था बाहेक उनीहरुले महिलालाई अगाडि बढाउने विषयमा सोच्दैनन् भन्ने यस घटनाले पनि प्रष्ट गराउँछ ।
अर्कातर्फ खासगरी कांग्रेसका मन्त्रीहरू प्रश्नैप्रश्नको घेरामा हुने छन् । यस अघि प्रतिपक्षमा हुँदा प्रचण्ड नेतृत्वको सरकारलाई कांग्रेसले तेर्स्याएका सबै प्रश्न अब कांग्रेस आफै तिर तेर्सिएका छन् । सहकारी ठगि प्रकरणदेखि गिरीबन्धु टी स्टेट प्रकरणमा कांग्रेसले कसरी काम गर्छ र आफैले सोधिरहेका प्रश्नको जवाफ अब काम गरेर कसरी दिन्छ, त्यो हेर्न बाँकी रहेको छ ।
त्यस्तै ठुलो र चुनौतीपूर्ण अग्निपरीक्षामा प्रधानमन्त्री ओली समेत रहेका छन् । देशको असहज आर्थिक अवस्थामा ओलीले देशको नेतृत्व सम्हालेका छन् । दुई ठूला देश चीन–भारतसँगको सम्बन्धलाई सन्तुलनमा राख्ने देखि निराश बन्दै गएका आम जनतामा आशाको सञ्चार गराउने चुनौती ओलीमा रहेको छ ।
खासगरी ओलीकै नेतृत्वमा नेपाली भूभाग लिपुलेक, कालापानीलाई नेपाली नक्सामा समेटेदेखि त्यो विषय जस्ताको तस्तै छ । अब फेरी एक पटक ओलीसँग यो विषय टुंगाउने अवसर र चुनौती आएको वा रहेको छ । शिथिल रहेको अर्थतन्त्रलाई सहि बाटोमा ल्याउनेदेखि महंगी, बेरोजगारीले पीडित बनेको आम जनतालाई राहत दिने चुनौती ओलीलाई रहेको छ ।
यस अघिका प्रधानमन्त्री ओलीका कार्यकालमा धेरै जसो समय उत्तेजित भाषण दिने र अरु प्रति कटाक्ष गर्दै बितेका थिए । तर यस पटक उनी फरक पृष्ठभूमिबाट सत्तामा आएका छन् । त्यसैले उनी पहिला भन्दा संयमित देखिएका छन् र हुनुपनि पर्छ । एक अर्काप्रति कटाक्ष भन्दा पनि नतिजामुखी काम गरेर देखाउन उनलाई चुनौती रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसगरमाथा संवादको तयारी भइरहेको छः परराष्ट्रमन्त्री
पुष ११, २०८१ बिहिबार
राष्ट्रिय खेलकुद परिषद्को बोर्ड सदस्यमा ८ जना नियुक्त
पुष ११, २०८१ बिहिबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
स्थानीय उत्पादनको प्रवर्द्धनका लागि आठौं 'चेम्बर एक्स्पो २०२५' हुँदै
पुष १२, २०८१ शुक्रबार
राष्ट्रिय एकता दिवसमा ‘अल्ट्रा म्याराथन’
पुष १२, २०८१ शुक्रबार
उदयपुरमा वन्यजन्तुको उद्धार, उपचार तथा पुनःस्थापना केन्द्र स्थापना
पुष १२, २०८१ शुक्रबार
हल्दिबारीमा ३३ किलोमिटर सडक कालोपत्र
पुष १२, २०८१ शुक्रबार
निर्माण सामग्रीको अभावमा सिँचाइ आयोजनाको काम सुस्त गतिमा
पुष १२, २०८१ शुक्रबार
रहेनन् भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंह
पुष १२, २०८१ शुक्रबार