उत्तर कोरियाका कुटनीतिज्ञले दक्षिण कोरियामा शरण लिएको दाबी
नेपालबहस संवाददाता
साउन १, २०८१ मंगलबार १२:१८:३७
१ साउन, काठमाडौं । उत्तर कोरियाका एक कुटनीतिज्ञले दक्षिण कोरियामा शरण लिएको दाबी गरिएको छ । दक्षिण कोरियाको जासुसी एजेन्सीले शरण खोज्ने कुटनीतिज्ञहरू क्युबामा उत्तर कोरियाली राजनीतिक मामिला सल्लाहकार भएको दाबी गरेको छ ।
दक्षिण कोरियाको राष्ट्रिय खुफिया सेवाले उत्तर कोरियाली राजनीतिक मामिला सल्लाहकार क्युबाबाट भागेको रिपोर्टहरू सत्य भएको बताएको छ ।
रिपोर्टमा उत्तर कोरियाली कूटनीतिज्ञ रि इल क्यू गत वर्ष नोभेम्बरमा आफ्नो श्रीमती र बच्चाहरुसँग दक्षिण कोरिया आएको बताइएको छ भने यस बारे थप विवरण दिइएको छैन । हालैका वर्षहरूमा धेरै उत्तर कोरियाली कूटनीतिज्ञहरूले दक्षिण कोरियामा शरण लिएका छन् र रि इल क्यूको मामला यस श्रृङ्खलाको सबैभन्दा नयाँ हो ।
प्रतिवेदनमा रीलाई उद्धृत गर्दै राजनीतिक प्रणालीप्रतिको मोहभंगका कारण उत्तर कोरियाबाट भाग्ने निर्णय गरेको दाबि गरिएको छ ।
दक्षिण कोरियाली एजेन्सीले उत्तर कोरियाली विदेश मन्त्रालयका अधिकारीहरूसँग गम्भीर मतभेद भएपछि रिले भाग्ने निर्णय गरेको दाबी गरेको छ । दक्षिण कोरियाको विदेश मन्त्रालयले उत्तर कोरियाली कूटनीतिज्ञ सियोल भागेको वा नभएको पुष्टि गरेको छैन ।
१९५०(५३ कोरियाली युद्धको अन्त्य पछि, लगभग ३४ हजार उत्तर कोरियालीहरू आर्थिक कठिनाइ र राजनीतिक दमनबाट बच्न दक्षिण कोरियामा भागेको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबङ्गलादेशमा व्यापक मानव अधिकार उल्लङ्घनको आरोप लागेको एउटा प्रहरी एकाइ बन्द गर्न सिफारिस
मंसिर ३०, २०८१ आइतबार
बुर्किना फासोनजिकै भएको आक्रमणमा ३९ जनाको मृत्यु
मंसिर ३०, २०८१ आइतबार
ट्रम्पको गुप्तचर सल्लाहकार समितिमा नुन्स नियुक्त
मंसिर ३०, २०८१ आइतबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
पोखराविरुद्ध ५ रनको जित निकाल्दै सुदूरपश्चिम रोयल्सले सुनिश्चित गर्यो प्लेअफमा स्थान
मंसिर ३०, २०८१ आइतबार
बङ्गलादेशमा व्यापक मानव अधिकार उल्लङ्घनको आरोप लागेको एउटा प्रहरी एकाइ बन्द गर्न सिफारिस
मंसिर ३०, २०८१ आइतबार
बुर्किना फासोनजिकै भएको आक्रमणमा ३९ जनाको मृत्यु
मंसिर ३०, २०८१ आइतबार
कर्णाली समृद्धिको आधार बन्दै सडक, स्याउ र जडीबुटीले पाउन थाल्यो बजार
मंसिर ३०, २०८१ आइतबार
उद्योगमन्त्री भण्डारी दक्षिण कोरिया प्रस्थान
मंसिर ३०, २०८१ आइतबार