साउने मेला सुरु भएसँगै रेसुङ्गामा भक्तजनको घुइँचो
नेपालबहस संवाददाता
साउन १, २०८१ मंगलबार १३:८:२०
१ साउन, गुल्मी । धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला सुरु भएको छ । साउनभर सञ्चालन हुने मेलामा रेसुङ्गा क्षेत्रमा रहेको महापोखरीमा स्नान र पूजाआजाका लागि दिनहुँ श्रद्धालु भक्तजनको घुइँचो लाग्ने गर्दछ ।
रेसुङ्गा क्षेत्रमा रहेको महापोखरीमा स्नान गरेपछि चारधाम जान नपर्ने र त्यहाँ पुगेपछि पुण्य प्राप्ति हुने जनविश्वास छ । महापोखरीमा स्नान गरेपछि आफूले अञ्जानमा गरेका पाप नष्ट हुने धार्मिक विश्वास छ । महापोखरीमा स्नान गरेपछि श्रद्धालुहरु पोखरीदेखि केही माथि रहेको यज्ञशालामा पुगेर मन्दिरको दर्शन गरी पूजाआजा गर्छन् ।
यज्ञशाला मन्दिरमा अखण्डदीप प्रज्वलन भइरहने भएकाले श्रद्धालुहरुले यज्ञमण्डपको विभूति लगाउने र त्यसलाई प्रसादका रुपमा ग्रहण गर्छन् । यस उक्त क्षेत्रमा रहेका सिद्धस्थान, विष्णुपादुका, लक्ष्मीनारायण, ऋष्यशृङ्गलगायत धार्मिक क्षेत्रमा पनि भक्तजनको भीड लाग्ने गर्छ । यस क्षेत्रमा पाल्पा, स्याङ्जा, अर्घाखाँची, बाग्लुङ्, प्यूठान, रुपन्देही, नवलपरासीलगायत ठाउँबाट भक्तजन आउने गरेका छन् ।
रेसुङ्गा संरक्षण समितिले यज्ञशाला मन्दिर परिसरमा साउनभर पुराण वाचन, पाठपारायण, भजनकीर्तन, होम, श्राद्धलगायत धार्मिक कार्यक्रमहरु आयोजना गरेको रेसुङ्गा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले जानकारी दिए ।
रेसुङ्गाको महापोखरी क्षेत्र र मन्दिर परिसरमा माछा, मासु एवं मादक पदार्थ सेवन तथा बिक्री वितरणमा रोक लगाएको छ । मेलालाई व्यवस्थित गर्न समितिले सदरमुकाम तम्घासबाट महापोखरीसम्मको यातायात सहज बनाउने गरी व्यवस्था मिलाएको जनाइएको छ ।
रेसुङ्गा नगरपालिकाले यस वर्ष ‘जाउँ हिँड रेसुङ्गा’ अभियान सञ्चालन गरेकाले विगत वर्षहरुको तुलनामा यस क्षेत्रमा पर्यटकका सङ्ख्या उल्लेख्य बढेको अभियानका संयोजक रामजी पन्थीले बताए ।
गुल्मीको धार्मिकस्थल कालीगण्डकी र रुद्रवेणी धाममा पनि साउने सङ्क्रान्तिका अवसरमा आज बिहानदेखि भीड लागेको छ । भक्तजनहरु नदीमा स्नान गरी पूजापाठ गर्ने बढेका छन् । कालीगण्डकी गुल्मी, पाल्पा र स्याङ्जाको सङ्गमस्थल हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबडिमालिका पुगेर राष्ट्रपतिले मागे जनताको सुख र मुलुकको समृद्धि
कात्तिक १, २०८१ बिहिबार
चोभारआदिनाथमा एकमहिने मेला सुरु
कात्तिक १, २०८१ बिहिबार
राष्ट्रपति पौडेल बडीमालिका दर्शनका लागि जाँदै
कात्तिक १, २०८१ बिहिबार
इन्सपेक्टर शाही पक्राउ प्रकरणमा किन जोडिदैछन् एसपी थापा ?
नेपालबहस संवाददाता
कात्तिक १, २०८१ बिहिबार
भारतीय फिल्मी शैलीमा आए, गिरीमाथि आक्रमण गरे
नेपालबहस संवाददाता
असोज ३०, २०८१ बुधबार
इन्सपेक्टर शाही पक्राउ प्रकरणमा किन जोडिदैछन् एसपी थापा ?
कात्तिक १, २०८१ बिहिबार
चिन्तामा प्रधानमन्त्री ओली, तीन महिना नपुग्दै कसले चलायो दुई तिहाइको सरकार ढल्ने हल्ला ?
कात्तिक १, २०८१ बिहिबार
भ्रष्टाचारी ठहर भएकाले दिएको दान लिनु पनि भ्रष्टाचार हो भन्दै ओलीविरुद्ध अख्तियारमा पर्यो मुद्दा
कात्तिक १, २०८१ बिहिबार
धुलिखेलका बासिन्दामा स्वास्थ्य बीमाप्रति बढ्दो आकर्षण
कात्तिक २, २०८१ शुक्रबार
ग्लोबल आइएमई बैंकका ग्राहकलाई एजिलस डायग्नोष्टिक नेपालमा १५ प्रतिशत छुट
कात्तिक २, २०८१ शुक्रबार
महिला टी–२० विश्वकपको दोस्रो सेमिफाइनलमा वेस्ट इन्डिज र न्युजिल्याण्ड भिड्दै
कात्तिक २, २०८१ शुक्रबार
विपक्षी दलको बैठकमा प्रचण्डले भने-रविजीलाई पक्रने कुरा भएको छ, हामीले मिलेर प्रतिकार गर्नुपर्छ
कात्तिक २, २०८१ शुक्रबार
‘पुष्पा २ : द रुल’ रिलिज हुनुअघि नै उत्कृष्ट प्रि कलेक्शन
कात्तिक २, २०८१ शुक्रबार
कोलम्बियामा तस्करी रोक्न दुर्लभ भ्यागुताको कानुनी व्यापार
कात्तिक २, २०८१ शुक्रबार