६२ अर्ब थपिएर ५ खर्ब नाध्यो प्रत्यक्ष वैदेशिक लगानी, २२ हजारलाई रोजगारी दिन सकिने
नेपालबहस संवाददाता
साउन १, २०८१ मंगलबार १६:२१:२२
१ साउन, काठमाडौं । सरकारले प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता दोब्बरले बढेको जनाएको छ । गत आर्थिक वर्षको १२ महिनाको अवधिमा करिब ६२ अर्ब विदेशी लगानीका लागि प्रतिवद्धता आएको छ । यससँगै कुल प्रत्यक्ष वैदेशिक लगानी ५ खर्ब नाघेको छ । प्रतिबद्धता अनुसार लगानी भित्रिए २२ हजारलाई रोजगारी दिन सकिने सरकारको अनुमान छ ।
सरकारले लगानी सम्मेलनको आयोजना गरेर विदेशी लगानी ल्याउन आग्रह गरे पनि गत आर्थिक बर्षमा ६१ अर्ब ९० करोड ४५ लाख बराबरको लगानी प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ । विभागका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा अघिल्लो आव २०७९/८० को तुलनामा प्रत्यक्ष वैदेशिक लगानी दोब्बरले वृद्धि भएको हो । एक वर्ष अवधिमा ६१ अर्ब ९० करोड ४५ लाख रुपैयाँ बराबर प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धता प्राप्त भएको हो ।
यस वर्ष ६२ अर्बले एफडीइआई स्वीकृत भएसँगै नेपालमा कुल प्रत्यक्ष वैदेशिक लगानी ५ खर्ब नाघेको छ । विभागका अनुसार कुल ६ हजार २ सय ६७ एफडीआई स्वीकृत भएकोमा ५ खर्ब ११ अर्ब ८९ करोड रुपैयाँ बराबर प्रत्यक्ष वैदेशिक लगानी स्वीकृत भएको छ । अन्य प्रक्रियाबाट नेपाल आएको एफडीआई १६ अर्ब १९ करोड रहेको छ ।
सरकारले वैशाखमा लगानी सम्मेलन आयोजना गरेको थियो । यसले लगानी भित्र्याउन महत्त्वपूर्ण भूमिका खेलेको देखिन्छ । वैशाखमा बढेको लगानी प्रतिबद्धता जेठमा केही कम भएको थियो । असारमा यसमा व्यापक सुधार भएको देखिएको छ ।
विभागका अनुसार यस वर्ष प्रत्यक्ष वैदेशिक लगानी भित्रिएका प्रस्तावमा लगानी आउन थालेसँगै यी उद्योग तथा प्रतिष्ठानले २२ हजार रोजगारी सिर्जना हुने देखिएको छ । २२ हजार ९४ जनालाई रोजगारी दिने प्रतिबद्धता प्रस्तावमा उल्लेख छ । असार महिनामा मात्र स्वीकृत प्रस्तावले १ हजार ९ सय ४८ जनालाई रोजगारी दिने अनुमान छ ।
विभागका अनुसार असारमा मात्रै साढे १७ अर्ब रूपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ । प्रत्यक्ष वैदेशिक लगानीतर्फ कुल ४०७ कम्पनीलाई स्वीकृति दिइएको छ । गत आवमा ६ वटा ठूला, १५ वटा मध्यम र ३८६ वटा साना उद्योगको लागि वैदेशिक लगानी स्वीकृत भएको थियो । यी परियोजनाबाट २२ हजार ९४ जनालाई रोजगारी दिने अनुमान छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिर्यात ३२ प्रतिशतले बढेको अवस्थामा ७ खर्ब २३ अर्ब बढी देखियो व्यापार घाटा
माघ ७, २०८१ सोमबार
निर्माण व्यवसायीको २२ अर्ब बढी भुक्तानी, ६ अर्ब भुक्तानी हुन बाँकी
पुष २६, २०८१ शुक्रबार
गृहले एसपी मिश्रलाई वीरगञ्जको कमाण्ड सम्हाल्न पठाएपछि तस्करहरूको भागाभाग !
माघ १७, २०८१ बिहिबार
अखिल क्रान्तिकारीको अध्यक्षमा सापकोटा विजयी
माघ १६, २०८१ बुधबार
विद्यालय शिक्षा ऐन जारी गर्न मागगर्दै नेपाल शिक्षक महासंघले गर्यो आन्दोलन घोषणा
माघ १७, २०८१ बिहिबार
अमेरिका र क्यानडा पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
माघ १७, २०८१ बिहिबार
भरूवा बन्दुकसहित एक जना पक्राउ
माघ १७, २०८१ बिहिबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ६ जना पक्राउ
माघ १७, २०८१ बिहिबार