सिमलताल पहिरो : नवलपुरमा आज थप ४ शव भेटिए
नेपालबहस संवाददाता
साउन १, २०८१ मंगलबार २१:३७:२
१ साउन, नवलपरासी । चितवनको भरतपुर–२९ सिमलतालमा असार २८ गते शुक्रबार बिहान आएको पहिराले बगाएर बेपत्ता दुई बसका यात्रुमध्ये नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा आज थप चारवटा शव फेला परेका छन् । आज हालसम्म गैँडाकोट–७ गैरीमा करिब ३५ वर्षीय पुरुष, मध्यविन्दु–१२ तमासपुरमा करिब ३५ वर्षीया महिला, गैँडाकोट–१० खरखरेमा करिब ४० वर्षीय पुरुष र विनयी त्रिवेणी–७ गण्डक ब्यारेजको पुलमा करिब ४० वर्षीय पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले जिल्लाको नारायणी नदी किनारमा भेटिएका चारवटै शवको अनुसन्धान भइरहेको बताए । पछिल्लो दिनमा जिल्लामा भेटिएका अन्य शव सिमलताल पहिरोमा बेपत्ता भएकाहरूका रहेकाले यी शव पनि त्यही घटनामा बेपत्ता भएकाहरूका हुनसक्ने भन्दै आफन्तलाई बोलाएर शव पहिचान गराउने काम भइरहेको पौडेलले बताए ।
सिमलताल पहिरोले बगाएर बेपत्ता दुई बसका यात्रुको शव नवलपुरमा धमाधम भेटिन थालेपछि जिल्लास्थित नारायणी नदी किनारका सम्भावित क्षेत्रमा खोजीकार्य तीव्र पारिएको छ । हालसम्म यहाँ १४ शव भेटिएका छन् । तीमध्ये छ शवको मात्रै पहिचान खुलेको छ ।
अन्य आठ शवको पहिचान खुल्न बाँकी छ । “नवलपुरतर्फ पानीको बहाव बढी भएका कारण सिमलताल पहिराका यात्रुहरुको शव बगेर यता आउने गरेको हामीले पायौँ”, प्रहरी नायब उपरीक्षक भने, “कति स्थानमा बालुवाले पुरेको अवस्थामा शव भेटिएकाले हामीले त्यसैअनुसार खोजी गरिरहेका छौँ ।” शव खोजीका लागि नवलपुरतर्फ कालीगण्डकी र त्रिशूली नदीको सङ्गमस्थल देवघाटदेखि त्रिवेणीसम्म नै सुरक्षाकर्मी परिचालन गरिएको पौडेलले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेस नेता आनन्द विष्टको पहलमा अमेरिकाबाट तीन बिरामीलाई आर्थिक सहयोग
असोज १, २०८१ मंगलबार
मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण
असोज १, २०८१ मंगलबार
यसवर्ष चितवन राष्ट्रिय निकुञ्जमा आठ छावा थपिँदै
असोज १, २०८१ मंगलबार
प्रहरीको ३० वर्षे सेवा अवधि ३ चरणमा हटाउने प्रस्ताव
नेपालबहस संवाददाता
भदौ ३०, २०८१ आइतबार
कोपुण्डोलमा सडक भासियो, पानी निस्किएर छताछुल्ल
नेपालबहस संवाददाता
भदौ २९, २०८१ शनिबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
असोज १, २०८१ मंगलबार
कांग्रेस लुम्बिनी प्रदेशसभा सचेतक गिरीले दिइन् पदबाट राजीनामा
भदौ ३१, २०८१ सोमबार
सांसद चौधरीलाई देशद्रोहको मुद्दा लगाउन संसदमा माग
भदौ ३१, २०८१ सोमबार
आतिशी हुने भइन् दिल्लीको नयाँ मुख्यमन्त्री
असोज १, २०८१ मंगलबार
यौन तथा प्रजनन स्वास्थ्य र यौनिकता शिक्षामा अग्रसरता लिँदै परिवार नियोजन संघ
असोज १, २०८१ मंगलबार
हाम्रो शिक्षा प्रणाली परापूर्वकालमा असाधारण र विज्ञान प्रर्वतक थियो: प्रधानमन्त्री
असोज १, २०८१ मंगलबार
ऐतिहासिक तथा धार्मिक महत्वको लुरी गुम्बा
असोज १, २०८१ मंगलबार
गरिमा विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा अनिल रेग्मी नियुक्त
असोज १, २०८१ मंगलबार