पशुपति कोटीहोम महायज्ञ सुरु
नेपालबहस संवाददाता
साउन १, २०८१ मंगलबार २१:५३:५७
१ साउन, ललितपुर । पशुपति कोटीहोम महायज्ञ विधिवत् रुपमा सुरु भएको छ । यही साउन महिनाभर सञ्चालन हुने कोटीहोम महायज्ञको आज एक कार्यक्रमकाबीचमा उद्घाटन गरिएको छ । साथमा श्री शिवमहापुराण र श्रीमद्भागवतको कथा प्रवचन पनि सुरु भएको छ ।
कोटीहोम महायज्ञको पहिलो दिन ठूलो सङ्ख्यामा भक्तजन देखिएका थिए । आज पहिलो दिन करिब पाँच हजार बढी भक्तजनको सहभागिता रहेको कोटीहोम आयोजक समितिले जनाएको छ । मानवसेवा फाउण्डेसनका संस्थापक तथा पशुपति कोटीहोम महायज्ञका सङ्कल्पकर्ता विजय कृष्णमूर्ति महाराजको अध्यक्षतामा सुरु कोटीहोम महायज्ञ उद्घाटनमा पशुपति मन्दिरका प्रमुख राहुल गणेश भट्टको प्रमुख आतिथ्यता थियो ।
सांसद शेरबहादुर कुँवर, ज्ञानबहादुर शाही, पशुपति विकास कोषका सदस्य सचिव डा मिलनकुमार थापा, किरात धर्मगुरु डा चन्द्रकुमार शेर्मालगायत लामा गुरु, बौद्ध धर्म गुरुलगायतको सहभागिता रहेको थियो ।
उद्घाटनको दिनबाट सुप्रसिद्ध कथावाचिका राधिका दासीले शिवमहापुराण र देवी प्रतिभाले श्रीमद्भागवतको कथा शुभारम्भ गरेका छन् । दैनिक बिहान ८ बजेदेखि २ बजेसम्म कथावाचिका दासी र दिउँसो २ बजे देखि ७ बजेसम्म देवी प्रतिभाले कथा प्रवचन गर्ने आयोजकले जनाएको छ । त्यसका साथै रुद्री पाठ, १८ पुराणपाठ, एक सय आठ श्रीमद्भागवत पाठ र सप्तचण्डी पाठ पनि सुरु भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपश्चिमी वायुको प्रभाव: देशभरको तापक्रम क्रमशः घट्दो
कात्तिक २, २०८१ शुक्रबार
गोविन्दे हात्तीमा रेडियोकलर जडान
कात्तिक १, २०८१ बिहिबार
विपद् जोखिम प्राधिकरण कार्यकारी समितिको बैठकले के के निर्णय गर्यो ?
कात्तिक १, २०८१ बिहिबार
इन्सपेक्टर शाही पक्राउ प्रकरणमा किन जोडिदैछन् एसपी थापा ?
नेपालबहस संवाददाता
कात्तिक १, २०८१ बिहिबार
भारतीय फिल्मी शैलीमा आए, गिरीमाथि आक्रमण गरे
नेपालबहस संवाददाता
असोज ३०, २०८१ बुधबार
इन्सपेक्टर शाही पक्राउ प्रकरणमा किन जोडिदैछन् एसपी थापा ?
कात्तिक १, २०८१ बिहिबार
चिन्तामा प्रधानमन्त्री ओली, तीन महिना नपुग्दै कसले चलायो दुई तिहाइको सरकार ढल्ने हल्ला ?
कात्तिक १, २०८१ बिहिबार
भ्रष्टाचारी ठहर भएकाले दिएको दान लिनु पनि भ्रष्टाचार हो भन्दै ओलीविरुद्ध अख्तियारमा पर्यो मुद्दा
कात्तिक १, २०८१ बिहिबार
ग्लोबल आइएमई बैंकका ग्राहकलाई एजिलस डायग्नोष्टिक नेपालमा १५ प्रतिशत छुट
कात्तिक २, २०८१ शुक्रबार
महिला टी–२० विश्वकपको दोस्रो सेमिफाइनलमा वेस्ट इन्डिज र न्युजिल्याण्ड भिड्दै
कात्तिक २, २०८१ शुक्रबार
विपक्षी दलको बैठकमा प्रचण्डले भने-रविजीलाई पक्रने कुरा भएको छ, हामीले मिलेर प्रतिकार गर्नुपर्छ
कात्तिक २, २०८१ शुक्रबार
‘पुष्पा २ : द रुल’ रिलिज हुनुअघि नै उत्कृष्ट प्रि कलेक्शन
कात्तिक २, २०८१ शुक्रबार
कोलम्बियामा तस्करी रोक्न दुर्लभ भ्यागुताको कानुनी व्यापार
कात्तिक २, २०८१ शुक्रबार
सुन तोलाकै एक लाख ६४ हजार !
कात्तिक २, २०८१ शुक्रबार