छोराबुहारीले वनमा छाडिदिएका वृद्धको उद्धार
नेपालबहस संवाददाता
साउन १, २०८१ मंगलबार २२:१४:१
१ साउन, मोरङ । मोरङको बेलबारीस्थित वनमा लगेर आफ्नै छोराबुहारीले छाडिदिएका एक वृद्धलाई वन कर्माचारीले उद्धार गरेका छन् । बेलबारी–चिसाङ साझेदारी वन क्षेत्रबाट आज ७० वर्षीय उमेर बताउने जामुनलाल झाँगडलाई चार दिनपछि आज उद्धार गरिएको हो । वन हेरालु टोलीले उनलाई उद्धार गरी स्थानीय अस्पताल भर्ना गरिएको छ ।
बेलबारी–चिसाङ साझेदारी वन समितिका अध्यक्ष दिनेश गिरीले वृद्धको बेलबारी नगर अस्पतालमा उपचार भइरहेको बताए । “चार दिन अगाडि नै बीच जङ्गलमा लगेर छाडिदिएका रहेछन्, वन क्षेत्र निगरानीमा गएका साथीहरूले फेला पारी लिएर आउनु भएछ । हाल उनको उपचार भइरहेको छ”, उनले भने ।
वृद्धको शरीरको भागमा चोट देखिएको र उनी धेरै बोल्न सक्ने अवस्था नरहेको बेलबारी नगरपालिका स्वास्थ्य शाखा प्रमुख सन्तोष विश्वकर्माले जानकारी दिए । बेलबारी नगरपालिका–७, डाङ्गी टोलमा बस्दै आउनुभएका वृद्धका छोराबुहारीको खोजी भइरहेको वडाध्यक्ष सुनिता चौधरीले बताइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘क्रिसमस डे’मा सभामुख घिमिरेको शुभकामना
पुष १०, २०८१ बुधबार
नौ सय ५० विपन्न परिवारलाई चुलो वितरण
पुष १०, २०८१ बुधबार
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले वर्षा र हिमपातको सम्भावना
पुष ९, २०८१ मंगलबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
क्रिसमसको दिन युक्रेनी ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै रुसी आक्रमण
पुष १०, २०८१ बुधबार
संविधान संशोधन गर्न छिट्टै कार्यदल गठन गरिने एमालेको निर्णय
पुष १०, २०८१ बुधबार
लगानीमैत्री कानुन निर्माण गर्न मुख्यमन्त्री कँडेलको आग्रह
पुष १०, २०८१ बुधबार
आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिन्छ: अध्यक्ष दाहाल
पुष १०, २०८१ बुधबार
मध्यपुरथिमिमा बुद्धको अस्थिधातु स्थापना, सर्वसाधारणका लागि प्रदर्शन गरिने
पुष १०, २०८१ बुधबार