ग्रामीण तथा दुर्गम क्षेत्रलाई प्राथमिकतामा राखेर खानेपानी कार्ययोजना बनाउन मन्त्री यादवको निर्देशन
नेपालबहस संवाददाता
साउन २, २०८१ बुधबार ६:४३:३७
२ साउन, काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवले ग्रामीण तथा दुर्गम क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर कार्ययोजना बनाउन मातहतका कर्मचारीलाई निर्देशन दिएका छन् । मंगलबार मन्त्रालय र मातहत निकायका काम कारबाहीबारे जानकारी लिँदै उनले दीर्घकालीन र दिगो खानेपानी योजना विकास तथा कार्यान्वयनमा विशेष ध्यान दिन निर्देशन दिए ।
प्रविधिको नवीनतम प्रयोगद्वारा खानेपानी वितरण प्रणालीलाई थप प्रभावकारी बनाउन निर्देशन दिँदै उनले सुरक्षित खानेपानीको महत्वबारे जनचेतना जगाउने कार्यक्रम अगाडि बढाउनसमेत ध्यान दिनुपर्ने धारणा राखे । “सबै नेपाली नागरिकलाई सुरक्षित र स्वच्छ खानेपानीको पहुँच सुनिश्चित गर्नु मेरो मुख्य प्राथमिकता हो ।
आधुनिक प्रविधिको प्रयोगद्वारा खानेपानी वितरण प्रणाली सुधार्न र मन्त्रालयका कामकारबाहीलाई पारदर्शी एवं उत्तरदायी बनाउनुपर्नेछ । यसकार्यमा म सधैँ प्रतिबद्ध छु । सोहीअनुसार तपाईंहरूबाट पनि सहयोगको अपेक्षा गरेको छु”, उनले भने । अनुगमन, मूल्याङ्कन र कार्यसम्पादनको प्रभावकारिता मापन गर्ने प्रणालीको विकास गर्न पनि आवश्यक रहेकोमा उनको जोड थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचीन भ्रमणबारे छलफलपछि ओलीले बोलाए मन्त्रिपरिषद्
मंसिर १०, २०८१ सोमबार
बीआरआइबारे देउवाले भने, प्रधानमन्त्रीले चीनसँग अनुदानको कुरा गर्नुहुन्छ, ऋण होइन
मंसिर १०, २०८१ सोमबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
तस्करीमा पर्सा प्रहरीको कारबाही, ६८ लाखको सामान बोकेको ट्रक नियन्त्रणमा
मंसिर १०, २०८१ सोमबार
विमान चालकको समस्या छिट्टै समाधान हुन्छः वायुसेवा निगम
मंसिर १०, २०८१ सोमबार
अब हिंसाका तथ्याङ्क र घटना कम गर्न आवश्यक छ : महानगर प्रमुख महर्जन
मंसिर १०, २०८१ सोमबार
यस्तो बन्दैछ ग्वार्कोमा ‘फ्लाई ओभर’ [ फोटो फिचर ]
मंसिर १०, २०८१ सोमबार