मोहर्रम पर्व धुमधामका साथै मनाइँदै
नेपालबहस संवाददाता
साउन २, २०८१ बुधबार १०:५४:३५
२ साउन, रुपन्देही । मोहर्रम पर्व धुमधामका साथै मनाइँदै छ । हसन र हुसेनको प्रतीकस्वरुप ताजिया निर्माण गरी यो पर्व मनाइँदै छ ।
रुपन्देहीमा मुस्लिम मात्र होइन हिन्दू धर्मालम्बीले पनि ताजिया बनाई विधिवत रूपमा पूजाअर्चना गरेका छन् । भैरहवा गाउँका पाचु ठाकुर यो पर्वप्रति आफ्नो प्रगाढ आस्था रहेको बताउनुहुन्छ । वाञ्छित मनोकामना पूर्ण हुने आशामा वा पूर्ण भएपछि ताजिया बनाउने गरिएको छ ।
भैरहवाको खजहना, भैयाटोल, कठौतिया, उदयपुरलगायत क्षेत्रमा दुवै धर्मावलम्बीको सहभागितामा ताजिया निर्माण हुँदै आएको छ । भैरहवा बाहिर पनि धकधई, मर्चवारलगायत क्षेत्रमा धुमधामका साथ मोहर्रम मनाइने गरिन्छ । हजरत इमाम हुसेन इस्लामका पैगम्बर मुहम्मदका नाति थिए । उनले इस्लाम र मानवताको रक्षा गर्न आफ्नो परिवार र साथीहरूको बलिदान दिए । यिनै शहिदहरूको सम्झनामा ताजिया निस्कने गरेको छ । ताजियालाई शहिदहरूको प्रतीक मानिन्छ ।
ताजियासँगै जुलुस निकालिन्छ र त्यसपछि यो प्रतीकात्मक रूपमा विसर्जन गरिन्छ । मोहर्रमको १०औँ दिन आशुराको दिन र हुसेनको बहादुर बलिदानको सम्झना दिन हो । हिन्दू तथा मुस्लिम समुदायले समान रुपले मनाउने यो पर्व १० दिनको भए पनि मुख्य रूपमा चार दिन मनाइन्छ । केराको पात काटी गाड्ने, मोहर्रमको एक दिन पहिला बनाएको ताजिया बाहिर निकाली ‘चौकी’ बसाल्ने तथा अन्तिम दिन सम्बन्धित क्षेत्रको सम्पूर्ण तजिया एकजुट पारी स्थानीय कर्बलामा लगी विर्सजन गरेपछि मेलाको समापन हुने गर्दछ ।
हसन तथा हुसेनको प्रतीकस्वरुप बाँसको ढाँचामा विभिन्न रङ्गीचङ्गी कागज बेरी ताजिया बनाई त्यसको वरिपरि तासा, ढोल तथा मजिराजस्ता बाजा बजाई, झर्रा खेल्दै परिक्रमा गरे आफूले चिताएको मनकामना पूर्ण हुने विश्वासका साथ यो पर्व मनाउने गरिएको भैरहवामा लगातार ताजिया बनाउँदै आएका रमजान मुसलमान बताउछन् । यस वर्ष यो पर्वको तजियालाई आज कर्बलामा विर्सजन गरी समापन गरिँदै छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपशुपतिनाथमा घुमाइयो श्रीचन्द्रविनायक तथा श्रीभैरवनाथ जात्रा
मंसिर ३, २०८१ सोमबार
डिग्रे मन्दिरमा एक लाख बढी दर्शनार्थीले पुजापाठ गरे
मंसिर १, २०८१ शनिबार
महाभारतकालीन मेडरी नाच संरक्षणमा जुटे थारु समुदाय
मंसिर १, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
एमाले जागरण सभाको र्याली भद्रकालीबाट प्रारम्भ
मंसिर ७, २०८१ शुक्रबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
एलआइसी नेपालले ८८ प्रतिशत हकप्रद शेयर जारी गर्दै
मंसिर ७, २०८१ शुक्रबार
भारतका दोस्रो धनी व्यक्ति गौतम अडानीमाथि अमेरिकामा लागेको आरोप गम्भीर, के के पर्छ असर ?
मंसिर ७, २०८१ शुक्रबार
१५ सयले बढेर १ लाख ६५ हजार नाघ्यो सुन
मंसिर ७, २०८१ शुक्रबार