प्रचण्ड सरकारको सिफारिसमा परेका राजदूत अलपत्र
नेपालबहस संवाददाता
साउन २, २०८१ बुधबार १२:७:५
२ साउन, काठमाडौं । कांग्रेस-एमालेको सत्ता समीकरण बनेपछि तत्कालीन पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले गरेका ८ देशमा राजदूत सिफारिस गर्ने निर्णय अलपत्र परेको छ । कांग्रेसको कोटाबाट राजदूत बनेका व्यक्तिहरूलाई तानेर एमालेको कोटामा नयाँ राजदूत भर्ती गर्ने निर्णय नयाँ सत्ता समीकरणको कोपभाजनमा परेको हो ।
मन्त्रीपरिषद्ले निर्णय गरे पनि प्रमाणित नभएकाले राजदूतको सूचीमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले हेरफेर गर्ने बताइएको छ । स्रोतका अनुसार माओवादीको सिफारिसमा मन्त्रिपरिषदबाट सिफारिस भएका राजदूतको नाम हेरफेर गरिने भएको हो । माओवादीले डा. विजेन पन्तलाई बेलायतका लागि नेपाली राजदूतमा सिफारिस गरेको थियो । उनको ठाउँमा कांग्रेसबाट सिफारिस गरिने स्रोतले जनाएको छ ।
७ असारमा बसेको मन्त्रिपरिषद्को बैठकले भारतका लागि लोकदर्शन रेग्मी, अमेरिकाका लागि चन्द्र घिमिरेलाई सिफारिस गर्ने निर्णय गरेको थियो । रेग्मी र घिमिरे एमालेका तर्फबाट राजदूतमा सिफारिस भएका थिए । उनीहरुलाई हेरफेर नगर्ने र दक्षिण कोरिया कांग्रेसलाई दिन सकिने बताइएको छ । यसैगरी अष्ट्रेलियाका लागि कायम रहेका कैलाश कुमार पोखरेललाई तानेर कांग्रेसको कोटाबाट पठाउने बताइएको छ । त्यहाँ नेकपा एसको तर्फबाट राजदूत रहेका छन् । उनी माधव नेपालको बहिनी ज्वाई हुन् ।
बैठकले दक्षिण कोरियाका लागि सुशील प्याकुरेल, डेनमार्कका लागि सुम्निमा तुलाधर, स्पेनका लागि पुष्पराज रञ्जितकार, मलेसियाका लागि नेत्रप्रसाद तिमल्सिना र साउदी अरबका लागि अबुसुफ्यान खानलाई सिफारिस गरिएको थियो । मानव अधिकारकर्मी प्याकुरेलले आफूसँग सल्लाहसमेत नगरी गरिएको सिफारिसको निर्णय अस्वीकार गर्ने घोषणा गरिसकेका छन् । उनको ठाउँ कांग्रेसलाई दिएर एमालेले अर्को ठाउँ रोज्ने जनाएको छ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले साउदीका लागि सिफारिस गरेका खानको बारे पनि विवाद भएको थियो ।
उनलाई यथावत् राख्ने र रास्वपाको स्थानमा कांग्रेसका राजदूत पठाउने स्रोतले जनाएको छ । यसैगरी कांग्रेसका कायम रहेका केही स्थानमा नचलाउने गरी सहमति गर्न लागिएको पनि स्रोतले जनाएको छ । त्यसैगरी एमालेले कांग्रेसलाई मनाउन लागि केही राजदूतको देश परिवर्तन गर्न तयार देखिएको छ । त्यस्तै माओवादी, एकीकृत समाजवादी लगायतको कोटाबाट महत्वपूर्ण देशमा गएका राजदूत फिर्ता बोलाएर कांग्रेसको कोटाबाट सिफारिस गर्ने पनि एमालेले जनाएको छ ।
एमालेको नेतृत्वमा बन्ने सरकारले माओवादी कोटाबाट चीनमा गएका विष्णुपुकार श्रेष्ठ र बेलायत सिफारिस भएका पन्त तथा एकीकृत समाजवादीको कोटाबाट रुसमा गएका मिलन तुलाधर र अस्ट्रेलियामा गएका कैलाश पोखरेललाई फिर्ता बोलाउने तयारी रहेको स्रोतको दावी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपके परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
'राखी कुटनीति' ले जोडेको सम्बन्ध बीआरआईमा पुगेर विश्राम !
मंसिर २४, २०८१ सोमबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन
पुष २, २०८१ मंगलबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
बाल अस्पताल निर्माणमा सघाउन कतारसँग आग्रह
पुष ३, २०८१ बुधबार