अवरुद्ध बेँसीसहर–चामे सडक अझै खुलेन
नेपालबहस संवाददाता
साउन २, २०८१ बुधबार १२:३०:४
२ साउन, लमजुङ । अवरुद्ध बेँसीसहर–चामे सडक अझै खुल्न सकेको छैन । अविरल वर्षासँगै आएको बाढीले मनाङस्थित चामे गाउँपालिका–१ स्थित तिमाङखोलाले काठेपुल तथा तिमाङ ठूलो छहराको पक्की मोटरेवल पुल गत असार १८ गते बगाएपछि आवागन रोकिन पुगेको थियो ।
सो सडक अन्तर्गत सानो छहराको पुलमा ढुङ्गा र ग्रेग्र्यान थुप्रिएर क्षति पु¥याएको सडक कार्यालयका सूचना अधिकारी तथा इञ्जिनीयर किरण पोखरेलले बताए । उनले भने, “क्षति पु¥याएको स्थानमा संरचना बन्ने तयारीमा छ, तर तत्काल बनाउँदा पानीको सतह बढ्दा बगाउने धेरै सम्भावना हुन्छ । ” पानीको सतह कम भएपछि काठेपुल राखेर सवारी सञ्चालनमा ल्याउने कार्यालयले जनाएको छ ।
विसंं २०७८ असार महिनामा आएको बाढीले बेलिब्रिज बगाएपछि तिमाङखोलामा काठेपुल राखेर सवारी सञ्चालन हुँदै आएको थियो । त्यस्तै, दुई वर्षअघि मात्र सो स्थानमा पक्की मोटरेवल पुल निर्माण गरेर सञ्चालनमा आएको थियो । डुम्रे–बेँसीसहर–चामे योजना कार्यालयका अनुसार ठूलो छहरामा स्ल्याब कल्भर्ट पुल १९ लाख ९४ हजार तीन सय ७२ रुपैयाँ र सानो छहरामा स्ल्याब कल्भर्ट पुल एघार लाख ८५ हजार पाँच सय ३९ रुपैयाँ ५१ पैसा लगानीमा निर्माण गरिएको थियो ।
तत्कालीन समयमा मनाङवासीलाई बेँसीसहर हुँदै काठमाडौँ, पोखरा, चितवन जानलाई र सो स्थानबाट आउनलाई समस्या भएको छ । चामे गाउँपालिका अध्यक्ष लोकेन्द्रबहादुर घलेले सडक खुलाउन सडक विभागले प्रसास भए पनि पानीका कारण असफल भइरहेको बताए । उनले भने,“सडक अवरुद्ध हुँदा दैनिक उपभोग्य सामग्री अभाव हुँदै गएको र महँगीसमेत बढ्न थालेको छ । ”
यस सडकमा वर्सेनि वर्षात्का समयमा पटक–पटक सडक अवरुद्ध हुँदै आएको छ । वि.सं. २०७८ असार १ गते आएको बाढीपहहिरोले चार महिनासम्म सडक अवरुद्ध बनाएको थियो । मनाङलाई सडक सञ्जालमा जोड्ने सरकारको योजना अनुरुप वि.सं २०५१ बाट सडक डिभिजन कार्यालय दमौली तनहुँले सडक निर्माण गर्न सुरु गरेको थियो ।
नेपाली सेना कार्यागणले वि,सं २०६९ मा सडक निर्माण सम्पन्न गरेसँगै सडक डिभिजन कार्यालय दमौलीलाई हस्तान्तरण गरेपछि सडक सञ्चालन हुँदै आएको छ । तर वर्सेनि बर्खायाममा बाढीपहिरोले सडक अवरुद्ध बनाउँदा यात्रु तथा विशेष गरी मनाङवासी समस्यामा पर्दै आएका छन् । लामो समयसम्म सडक अवरुद्ध हुँदा हेलिकप्टरमार्फत बेँसीसहर हुँदै विभिन्न ठाउँमा जाने र सो ठाउँबाट आउने गर्दछन् । सडक अवरुद्ध हुँदा खाद्यान्न तथा लत्ताकपडासमेत लैजान समस्या हुँदा व्यवसायी मर्कामा पर्ने गरेका छन् । बेँसीसहर–चामे सडक ६५ किलोमिटर रहेको छ । लमजुङतर्फ ३५ किमी र मनाङतर्फ ३० किमी सडक रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपोखरा–मुग्लिन सडक निर्माण कछुवा गतिमा
मंसिर ९, २०८१ आइतबार
कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
मंसिर ९, २०८१ आइतबार
विश्व बैंकको सहयोगमा प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम सुरु, सवा १७ अर्ब लगानी
मंसिर ६, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार