मुस्लिम समुदायले धुमधामका साथ मनाए मोहर्रम पर्व
नेपालबहस संवाददाता
साउन २, २०८१ बुधबार १२:४१:३४
२ साउन, पर्सा । मुस्लिम समुदायले आज यहाँ धुमधामका साथ मोहर्रम पर्व मनाएका छन् । नेपाल मुस्लिम समाज सङ्घका उपसचिव अलिअस्गर अन्सारीले वीरगञ्जसहित पर्सामा धुमधामका साथ मुस्लिम समुदायले मोहर्रम पर्व मनाएको बताए ।
‘‘मुस्लिम समुदायले मोहर्रम अर्थात् दाहा पर्व हातहतियार प्रदर्शन गरी मनाउने गरिन्थ्यो । जिल्ला प्रशासन कार्यालयको अनुरोधमा विभिन्न कला देखाएर मनाइएका छौँ,’’ उनले भने,‘‘वीरगञ्जमा आज बिहान विभिन्न ठाउँबाट मुस्लिम संस्कृति झल्किने झण्डासहित युवाले लठ्ठीको कला देखाएर मनायौँ ।’’
सो समुदायले भने मुहर्रमका दिन साहसिक कला प्रदर्शन गर्ने गर्छन् । इस्लामिक नयाँ वर्ष हिजरी संवत् सुरु भएपछि दशदिनसम्म मनाइने गरिन्छ । मुस्लिम समुदायले घरमा पूजापाठ गरी राखिएको तहाजियालाई मुहर्रमका दिन करबलामा लगेर विसर्जन गर्ने चलन छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख कुमोध ढङ्गेल मोहर्रम पर्वलाई मर्यादित ढङ्गले मनाउन अनुरोध गरे । ‘‘मोहर्रम पर्व सामाजिक सद्भाव कायम राख्दै मनाउन मुस्लिम समुदायलाई अनुरोध गर्दछु,’’ उनले भने ,‘‘पर्वलाई लक्षित गरेर जिल्लाको शान्तिसुरक्षालाई पनि उच्च सर्तकता अपनाइएको छ ।’’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपशुपतिनाथमा घुमाइयो श्रीचन्द्रविनायक तथा श्रीभैरवनाथ जात्रा
मंसिर ३, २०८१ सोमबार
डिग्रे मन्दिरमा एक लाख बढी दर्शनार्थीले पुजापाठ गरे
मंसिर १, २०८१ शनिबार
महाभारतकालीन मेडरी नाच संरक्षणमा जुटे थारु समुदाय
मंसिर १, २०८१ शनिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
हिंसा जारी रहेको बखतमा बेलारूसी राष्ट्रपति पाकिस्तान भ्रमणमा
मंसिर १०, २०८१ सोमबार
वातावरण बिगार्ने असंवेदनशील कार्यको लागि भाजपा जिम्मेवार छ : राहुल गान्धी
मंसिर १०, २०८१ सोमबार
इमरान खानको रिहाइको माग गर्दै पाकिस्तानमा प्रदर्शन, १४ प्रहरी घाइते
मंसिर १०, २०८१ सोमबार
फुङफुङे झरनामा रमाउँदै पर्यटक
मंसिर १०, २०८१ सोमबार
मुक्तिनाथ क्यापिटलले म्युचुअल फन्ड योजना बिक्री गर्दै
मंसिर १०, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर १०, २०८१ सोमबार