वीरगन्जमा १५ लाख बढीको भन्सार छलीको सामान बरामद
नेपालबहस संवाददाता
साउन २, २०८१ बुधबार १३:१:५३
♦ सञ्जय मिश्रा
२ साउन, वीरगन्ज । वीरगन्जमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र भन्सारको टोलीको सक्रियतामा एकै दिनमा झण्डै १५ लाख रुपैयाँको भन्सार छलीको सामान बरामद गरिएको छ।
प्रस्तावित सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्मका प्रमुख डीएसपी सुरज रिजालको कमाण्डमा गएको गस्ती टोलीले भन्सार क्षेत्रबाट भारतीय नम्बरको स्कुटीमा लोड गरी नेपालतर्फ ल्याउँदै गरेको १ लाख ४३ हजार बराबरको अवैध सामान मंगलबार बरामद गरेको छ।
त्यस्तै, विशेष सूचनाको आधारमा डीएसपी रिजाल, वीरगन्ज भन्सार कार्यालयका नायब सुब्बा विष्णुप्रसाद चौधरी, जिल्ला प्रहरी कार्यालय पर्साका इन्स्पेक्टर विजय चौहानलगायत सशस्त्र प्रहरीको विभिन्न युनिटबाट गएको टोलीले वीरगन्ज-१६ स्थित रिमा अग्रवालको घरको दोस्रो तलामा भगवान यादवको गोदाममा छापा मारेको थियो।
गोदाममा अवैध रुपमा भण्डारण गरिएको तीन लाख, १८ हजार ८०० बराबरको मल, सिलाउने मेसिन २ थान बरामद गरेको छ। संयुक्त टोलीले मंगलबार साँझ वीरगन्ज-२ छपकैयामा भण्डारण गरिराखेको १० लाख बराबरको कपडा बरामद गरेको सशस्त्र प्रहरीका डीएसपी सुरज रिजालले जानकारी दिएका छन्।
झण्डै १५ लाख बराबरको बरामद अवैध सामानहरू मंगलबार अबेर साँझ वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी प्रस्तावित गुल्मले जनाएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरसुवागढी नाकामा ढुवानी कन्टेनरको चाप बढ्दो
पुष ५, २०८१ शुक्रबार
सुक्खाबन्दरगाह भन्सार: राजस्व संकलनमा कमी
पुष ३, २०८१ बुधबार
वीरगञ्जबाट डिजेल आयात घट्यो
मंसिर २७, २०८१ बिहिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
प्रदेश राजधानी देउखुरीमा भौतिक संरचना निर्माण अन्तिम चरणमा
पुष ५, २०८१ शुक्रबार
झापा कपः चर्च ब्वाइज क्लब फाइनलमा
पुष ५, २०८१ शुक्रबार
शिशिर ऋतुमा पनि अन्नपूर्ण चढ्न आरोही आए
पुष ५, २०८१ शुक्रबार
नेपालमा शून्य दशमलव ७५ प्रतिशतले बढ्यो वन क्षेत्र
पुष ५, २०८१ शुक्रबार