खेलाडी र पदाधिकारीको सम्मानमा स्वागत समारोह
नेपालबहस संवाददाता
साउन २, २०८१ बुधबार १४:१९:४९
२ साउन, काठमाडौं । यही साउन ११ गते शुक्रबारदेखि पेरिसमा हुने ‘पेरिस ओलम्पिक’ प्रतियोगितामा भाग लिने नेपाली खेलाडी तथा खेल पदाधिकारीको सम्मानमा स्वागत समारोह आयोजना गरिएको छ ।
यहाँस्थित फ्रान्सेली राजदूतावासका कार्यवाहक राजदूत जाँ बाप्टिस्टी लेसिकले आयोजना गरेको उक्त समारोहमा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, जुडो खेलाडी मनिता प्रधान, ब्याडम्निटनका प्रिन्स दाहाल, एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाल र ओलम्पिक कमिटीका पदाधिकारी सहभागी थिए ।
प्रतियोगितामा अलेक्जेन्डर जी शाह र डुआना लामा तथा टेबलटेनिसमा सन्तु श्रेष्ठले प्रतिस्पर्धा गर्दै छन् । कारणवश उनीहरु समारोहमा सरिक अनुपस्थित भएको यहाँस्थित फ्रान्सेली राजदूतावासले जनाएको छ ।
कार्यवाहक राजदूतले नेपाली खेलाडीको सफलताको कामना गर्दै प्रतियोगितामा नेपालको प्रतिनिधित्व आफैँमा गौरवको विषय भएको बताए ।
अध्यक्ष श्रेष्ठले खेलाडी र प्रशिक्षकको मेहनतको प्रतिफल नेपाललाई प्राप्त हुनेमा आफू विश्वस्त रहेको बताए । एक सय वर्षअघि पेरिसमा नै गृष्मकालीन ओलम्पिक खेल भएकाले एक शताब्दीपछि सोही स्थानमा आयोजित यो प्रतियोगिताको ऐतिहासिक महत्व छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधेस प्रदेशकाे ‘ट्रफी परेड’ सहभागी हुँदै एनपिएल विजेता जनकपुर बोल्ट्स
पुष ११, २०८१ बिहिबार
पौवादुङमा गोल्ड कप माघ १ गतेदेखि
पुष ११, २०८१ बिहिबार
यु–१९ क्रिकेटः महिला टिमको बन्द प्रशिक्षण सुरु
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
नेपालबहस संवाददाता
पुष १०, २०८१ बुधबार
प्रधानमन्त्री ओलीले विश्वासको मत मागेकै दिन भीम रावलले त्याग्नु भएको होः पोखरेल
पुष १२, २०८१ शुक्रबार
रूस–युक्रेन युद्धमा नियन्त्रणमा लिइएका कोरियाली सैनिकको मृत्यु : सियोल
पुष १२, २०८१ शुक्रबार
सहकारी ठगी प्रकरणः दुई दिन लगाएर सकियो लामिछानेको बयान, अरुको आइतबारदेखि सुरु हुने
पुष १२, २०८१ शुक्रबार
एक अर्ब छ करोड लागतमा ८४ वटा परियोजनाको ‘डिपिआर’ तयार
पुष १२, २०८१ शुक्रबार
सहकारी ऐन, कानुनमा नमिलेका विषय मिलाउन अध्यादेश: मन्त्री अधिकारी
पुष १२, २०८१ शुक्रबार
नक्कली डाक्टर बनेर लुटपाट गरेपछि...
पुष १२, २०८१ शुक्रबार
बिजुलीकलीलाई हात्ती सुन्दरी प्रतियोगिताको उपाधि
पुष १२, २०८१ शुक्रबार
श्रीलंकाका पूर्वराष्ट्रपति विक्रमासिंघे काठमाडौं आउँदै
पुष १२, २०८१ शुक्रबार
बागमती बगरमा तरुल उत्पादन गर्दै किसान
पुष १२, २०८१ शुक्रबार