चितवनमा सर्भेका कर्मचारी चढेको गाडीमाथि आगजनी
नेपालबहस संवाददाता
साउन २, २०८१ बुधबार १५:२३:१६
२ साउन, चितवन । चितवन महानगरपालिका वडा नम्बर ७ का स्थानीयले एक गाडीमाथि आगजनी गरेका छन् । रेलमार्गको सर्भे गर्न पुगेका कर्मचारीको टोली चढेको गाडीमा आगजनी गरेका हुन् । बुधबार दिउँसो भरतपुर ७ मा पुगेको गाडीलाई स्थानीयले नियन्त्रणमा लिएर आगजनी गरेका हुन् ।
चितवनका डीएसपी भेषराज रिजालका अनुसार दुई जना कर्मचारी चढेर आएको गाडीमाथि स्थानीयले आगजनी गरेका थिए । आगजनी गर्ने स्थानीयको खोजी भइरहेको रिजालले जानकारी दिए । सरकारबाट अनुमति लिएर पूर्वपश्चिम रेलमार्गको सर्वेक्षण गर्न आरएच कन्सल्टेन्सीको टोली सवारी साधान र उपकरण लिएर आएको थियो । स्थानीय बासिन्दाले कब्जामा लिएपछि घटनास्थलमा प्रहरी पुगेको थियो ।
पूर्वपश्चिम रेलमार्ग निर्माण गर्नका लागि अहिले टोली चितवन क्षेत्रको सर्भेमा रहेको छ । सो टोलीले हेटौंडादेखि बर्दघाटसम्मको सर्भे गर्ने कार्यक्रम रहेको छ । स्थानीयले बस्ती छलेर रेल लैजान माग गर्दै आएका छन् । चितवनसहित अन्य जिल्लामा पनि बस्तीबाटै रेलमार्गको सर्भे गरिएको भन्दै विरोध भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाँसको झ्याङमा हातखुट्टा बाँधिएको अवस्था भेटिएकी महिलाको स्वास्थ्यमा सुधार
पुष ९, २०८१ मंगलबार
असफलताले जीवन घेरेपछि परिवारका सबै सदस्य मारेर मुक्ति पाउने अभियानमा थिए मिलन
पुष ९, २०८१ मंगलबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
मधेस प्रदेशकाे ‘ट्रफी परेड’ सहभागी हुँदै एनपिएल विजेता जनकपुर बोल्ट्स
पुष ११, २०८१ बिहिबार
बागमती सरकारद्वारा चार सचिवको पदस्थापन, अझै चार सचिवको अभाव
पुष ११, २०८१ बिहिबार
बौद्ध क्षेत्रमा सिसिटिभी जडान गर्न काठमाडौं महानगर र उपत्यका प्रहरीबीच सम्झौता
पुष ११, २०८१ बिहिबार
स्वास्थ्य संस्थामा सहज पहुँच भएपछि मातृशिशु मृत्युदर शून्य
पुष ११, २०८१ बिहिबार
प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता गर्दै चाँगुनारायण नगरपालिका, विजेतालाई ५० हजार
पुष ११, २०८१ बिहिबार
चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु
पुष ११, २०८१ बिहिबार