लुम्बिनीमा सुरु भएन नयाँ सरकार गठनको औपचारिक प्रक्रिया, निर्णय कुर्दै महरा
नेपालबहस संवाददाता
साउन ३, २०८१ बिहिबार ११:०:१०
३ साउन, बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्री को बन्ने र नयाँ सरकार बनाउने प्रक्रिया कहिले सुरु हुने भन्ने यकिन छैन् । केन्द्रको निर्णयमा मुख्यमन्त्री को भन्ने टुंगो लाग्ने भएपनि नेपाली कांग्रेसले प्रदेश सरकारको नेतृत्व पहिलो चरणमै पाउनुपर्ने दाबी गरेको छ । अहिलेका मुख्यमन्त्री जोखबहादुर महरा पनि प्रक्रिया सुरु नभएको भन्दै चुपचाप बसिरहेका छन् ।
केन्द्रमा कांग्रेस–एमालेले नयाँ गठबन्धन बनाउँदा एमालेले नेतृत्व गर्ने सहमति भएको भनिए पनि आधिकारिक निर्णय भएको छैन् । कांग्रेसका प्रदेश सभापति अमरसिंह पुनले लामो समय माओवादी र एमालेले सरकारको नेतृत्व गरेकाले यसपटक आफूहरूको मुख्यमन्त्री दाबी रहेको बताएका छन् । केन्द्रमा फेरिएको सत्ता समीकरणसँगै लुम्बिनीमा सत्ता साझेदार दल एमालेले समर्थन फिर्ता लिएको छ । मुख्यमन्त्री महरा अल्पमतमा छन् ।
२० असारमा उनी अल्पमतमा परेपछि विपक्षी दलहरूले मुख्यमन्त्रीले राजीनामा दिनुपर्ने बताउँदै आएका छन् । तर, मुख्यमन्त्री महराले राजीनामा दिएका छैनन् । उनले एमाले र कांग्रेसले नयाँ सरकार गठनका लागि औपचारिक प्रक्रिया नै सुरु नगरेकाले आफ्नो राजीनामा आउन ढिला भएको प्रष्टीकरण दिंदै आएका छन् । महराले नयाँ सरकार गठनको संवैधानिक प्रक्रियामा गएपछि मात्रै आफूले राजीनामा दिने वा के गर्ने भन्ने निर्णय लिने बताएका छन् ।
सत्ता साझेदार दलले समर्थन फिर्ता लिएको अवस्थामा ३० दिनभित्र विश्वासको मत लिन पाउने संवैधानिक व्यवस्था छ । यद्यपि महराले विश्वासको मत लिने प्रक्रियामा पनि गएका छैनन् । कांग्रेस कि एमालेबाट मुख्यमन्त्री बन्नेसमेत टुंगो नलागेकोले आफूले अहिले नै केही निर्णय नगर्ने उनले बताए ।
महराले कांग्रेस–एमालेले नयाँ मुख्यमन्त्रीको नटुंगाउँदै राजीनामा दिंदा प्रदेश सरकारविहीन हुने भएकाले उनीहरूको निर्णयलाई पर्खेको बताए । कांग्रेसकै एक प्रदेश सभा सदस्यले रुपन्देहीबाट एमाले उपाध्यक्ष विष्णु पौडेल संघीय सरकारको अर्थमन्त्री भइसकेकाले प्रदेशमा भेगीय शक्ति सन्तुलन मिलाउन पहिलो चरणको मुख्यमन्त्री कांग्रेसले पाउन सक्ने बताउँछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभैरहवामा संगठित तस्करी, डीएसपी पौडेल सेटिङमै व्यस्त
मंसिर २२, २०८१ शनिबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
रविचन्द्रन अश्विनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने
पुष ३, २०८१ बुधबार
‘पुष्पा २’ प्रिमियरको क्रममा भागदौडमा घाइते भएका बालकको अवस्था चिन्ताजनक
पुष ३, २०८१ बुधबार
सूर्योदय र कुहिरोको दृश्य
पुष ३, २०८१ बुधबार
सिटिजन्स बैंकको ७.९९५ घर कर्जा योजना सार्वजनिक
पुष ३, २०८१ बुधबार