साउन ६ गते विश्वासको मत लिएर ७ गते प्रधानमन्त्रीले सांसदसँग प्रश्नोत्तर गर्ने
नेपालबहस संवाददाता
साउन ३, २०८१ बिहिबार १३:४४:४
३ साउन, काठमाडौं । सभामुख देवराज घिमिरेले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने विषयमा छलफल गरेका छन् । बैठकमा सदन चलाउने क्यालेण्डरको विषयमा पनि छलफल भएको थियो । भोली कार्य व्यवस्थाको बोलाइएको छ ।
आजदेखि १५ गतेसम्मको बैठक कुन कुन दिनमा बस्ने, विधेयकहरूमाथि छलफल गर्नको लागि समितिलाई कहिले समय दिने, थप छलफलको लागि भोलि दिउँसो १ बजे बस्ने कार्य व्यवस्था परामर्श समितिको बैठकले निर्णय गर्ने भएको छ । प्रतिनिधि सभामा साउन ६ गतेको प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत प्रस्ताव पेस गर्न समय मागेका छन् । यसलाई कसरी व्यवस्थित गर्नेलगायतका विषयमा आज छलफल र कुराकानी भएको छ ।
प्रधानमन्त्री ओलीले साउन ६ गते विश्वास मत लिने र साउन ७ गते प्रतिनिधि सभामा सांसदहरूसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने कार्यक्रम पनि तय भएको छ । सोही प्रयोजनका लागि गृहकार्यस्वरूप सभामुखले सचेतकहरूसँग छलफल गरेका थिए । नेकपा एमालेका मुख्यसचेतक महेश बर्तौलाका अनुसार प्रधानमन्त्रीले विश्वास मत लिने सूचना संसद सचिवालयलाई पठाइसकिएको छ ।
उनकाअनुसार कुन बैठकमा कुन विधेयक पेस गर्ने भन्ने कार्यसूची पनि तयार गर्न खोजिएको छ । साउन ६, ७ र ८ र १३, १४ र १५ गते प्रतिनिधि सभा बैठक बस्ने निर्धारण भएको छ । अन्य दिनमा समिति बैठक बस्ने र समितिमा विचाराधीन विधेयकमा छलफल चलाउने कुरा भएको छ । संसदीय सुनुवाइ समितिमा सभापति चयनका विषयमा पनि छलफल भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपरराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
नारीवादी नीतिको अनुशरण गर्न आवश्यक छः परराष्ट्रमन्त्री राणा
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन
पुष २, २०८१ मंगलबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
बाल अस्पताल निर्माणमा सघाउन कतारसँग आग्रह
पुष ३, २०८१ बुधबार