व्यावसायिक पशुपालनबाट वार्षिक सात लाख आम्दानी
नेपालबहस संवाददाता
साउन ३, २०८१ बिहिबार १३:५३:१९
३ साउन, कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका तेजबहादुर चौधरीले व्यावसायिक पशुपालनबाट वार्षिक रु सात लाख आम्दानी गर्दै आएका छन् । उनले चारवर्षदेखि बाख्रा, बङ्गुर फार्मसँगै माछापालन गर्दै आएका छन् ।
घर नजिकैको सिद्धनाथ माध्यमिक विद्यालयमा लेखापाल पदमा कार्यरत चौधरी फुर्सदमा फार्ममा रहेका बाख्रा, बङ्गुर र माछा हेरचान गर्छन् । बिहानबेलुका फार्ममा रहेका पशुको हेरचाह गर्ने, दानापानीको व्यवस्था मिलाउने तथा ती पशु बेच्ने लगायत काममा व्यस्त हुने गरेको चौधरीले बताए । उनका अनुसार अहिले फार्ममा ३० वटा उन्नत जातका बाख्रा, २० वटा बङ्गुर, दुई वटा पोखरीमा विभिन्न जातका माछा छन् ।
पोखरीको डिलमा लहरै बङ्गुरका खोर निर्माण गरिएका छन् । चौधरी विद्यालयमा रहेका बेला उनकी श्रीमतीले फार्ममा पालेका बङ्गुर, बाख्रा र माछालाई चारो खुवाउने गर्छन् । चौधरीले बैंकबाट रु पाँच लाख ऋण निकालेर चार वर्ष अघिदेखि फार्म सञ्चालन गर्दै आएको बताए । सबै खर्च कटाएर वार्षिक रु सातसम्म आम्दानी हुँदै आएको उनले जानकारी दिए । बङ्गुरको माउभन्द पाठा बढी बिक्री हुने गरेको उनले सुनाए ।
“वर्षमा १० वटा जती खसी बिक्री हुन्छन्”, चौधरीले भने, “माछा सात क्विन्टल, बङ्गुरका पाठा ६० वटा जति बिक्री हुने गरेका छन् ।” फार्ममा छिट्टै हुर्कने डयुरो जातका बङ्गुर पालेको उनले बताए । “बङ्गुरका पाठापाठीको माग निकै बढी छ”, उनले भने, “माग अनुसार पु¥याउनै सकिरहेका छैनौँ, टाढाटाढाका व्यापारी घरमै पुगेर नगदमा किनेर लैजाने गर्दछन ।”
बङ्गुरका एक वर्षका पाठापाठी रु चार हजार पाँच सयसम्ममा बिक्री हुने चौधरीले जानकारी दिए। “पोखरीमा उत्पादन भएका माछा केही गाउँमै खपत हुने गरेका छन् । कहिलेकाही कलुवापुर, झलारीलगायत बजारमा पु¥याउनु पर्दछ”, उनले भने, “खसीबोकाको माग दसैँंतिहारलगायत चाडपर्वमा बढी हुने गर्दछ । व्यापारीले घरबाटै खरिद गरी लैजान्छन् ।”
कोरोना महामारीका बेला फार्ममा पालिएका बङ्गुर, खसीबोका बिक्री नभएपछि निकै सस्तोमा बिक्री गर्नुपरेको गुनासो सुनाउँदै चौधरीले अहिले विस्तारै व्यवसाय तङ्ग्रिदै जान थालेकाले आम्दानी बढ्न थालेको बताए । फार्मको कमाइबाट खेत जोत्ने पावरटिलर, सिँचाइका लागि स्यालो ट्युवेल जडान गरेको जनाउँदै उनले तीन कोठे पक्की घर पनि बनाएको बताए ।
“विद्यालयबाट पाउने तलब बापतको पैसा घर खर्चमा लागि पुग्दैन”, चौधरीले भने, “फार्म सञ्चालन गरेसँगै जीविकोपार्जन गर्न सहज भएको छ ।” आगामी दिनमा फार्मलाई थप व्यवस्थित बनाई केही कामदारसमेत राख्ने योजना बनाएको उनले सुनाए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचेपाङ गाउँका खेतमा झुल्यो लहलह धान
असोज ८, २०८१ मंगलबार
वर्षा नहुँदा धान उत्पादक किसान चिन्तित
असोज ८, २०८१ मंगलबार
कोरियाले नेपाललाई दिएका गाईका बाछी स्थानीयलाई उपहार
असोज ६, २०८१ आइतबार
आईजीपीको विदेश भ्रमणः रवि–छवि पक्राउ छल्ने, सरकारलाई असहयोग गर्ने
नेपालबहस संवाददाता
असोज ८, २०८१ मंगलबार
घरबाटै पक्राउ परे मेडिकल व्यवसायी दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
असोज ६, २०८१ आइतबार
सर्वोच्च अदालतले भन्यो, दुर्गा प्रसाईंलाई थुनामै राखेर अनुसन्धान गर्नु
असोज ८, २०८१ मंगलबार
नेपाल प्रहरीका ४१ एसपीको सरूवा, को कहाँ ?
असोज ८, २०८१ मंगलबार
लिलाम गर्न ढिलाई हुँदा करोडौँ मूल्यका सवारीसाधन भन्सारमै थन्किए
असोज ९, २०८१ बुधबार
लामोसमयदेखि नुनखानीको सुरुङ बन्द
असोज ९, २०८१ बुधबार
समुद्री सतहदेखि चार हजार ९१९ मिटर उचाइमा अवस्थित तिलिचो ताल
असोज ९, २०८१ बुधबार
घमी गाउँका ऐतिहासिक दरवार र गुम्बा
असोज ९, २०८१ बुधबार
मध्यपहाडी लोकमार्गमा पहिरोले क्षति पुर्याएको सडक
असोज ९, २०८१ बुधबार
कालीगण्डकी करिडोर अन्तर्गत घिरिङको खण्ड
असोज ९, २०८१ बुधबार