उच्च अदालत विराटनगरद्वारा चौध हजार मुद्दा फछ्र्यौट
नेपालबहस संवाददाता
साउन ३, २०८१ बिहिबार १४:१९:३७
३ साउन, मोरङ । उच्च अदालत विराटनगरले विगत पाँच वर्षको अवधिमा १४ हजार एक सय दुई मुद्दा फछ्र्यौट गरेको छ । उच्च अदालत विराटनगरका रजिष्ट्रार जगदीशप्रसाद भट्टका अनुसार चौथो पञ्चवर्षीय रणनीतिक योजना अनुसार विगत पाँच वर्षको अवधिमा २६ हजार ३० मुद्दामध्ये ४५ दशमलव ८२ प्रतिशत मुद्दा फछर्यौट गरिएका उनले जानकारी दिए ।
आर्थिक वर्ष २०७६-७७ देखि २०८०र८१ सम्ममा जिम्मेवारी सरी आएका नौ हजार ६८७ तथा सोही अवधिमा नयाँ दर्ता १६ हजार तीन सय ४३ मुद्दा फछ्र्यौट भएकामा एघार हजार नौ सय २८ मुद्दा बाँकी रहेका छन् । उक्त अवधिमा दुई वर्षे पुरानो मुद्दा १२ बाँकी रहेका छन् ।
यसैगरी अदालतले गत आर्थिक वर्ष २०८०-८१ मा तीन हजार आठ सय ८० मुद्दा फछ्यौट गर्ने लक्ष्य राखेकामा तीन हजार दुई सय ५४ मुद्दा फछ्यौट भएका थिए । सो आवमा जिम्मेवारी सरी आएका दुई हजार ५४४ र नयाँ दर्ता तीन हजार ४२२ गरी जम्मा पाँच हजार ९६६ मध्ये तीन हजार २५४ मुद्दा फछ्र्यौट भएका उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश रमेशप्रसाद राजभण्डारीले जानकारी दिए । उनले १२ न्यायाधीशको दरबन्दी भए पनि कार्यरत न्यून भएका कारण मुद्दा फछ्यौटको सङ्ख्यामा कमी आएको बताए ।
अदालतमा मुद्दाको चापकाच कारण बिहान १० बजेदेखि साँझ ८ बजेसम्म न्याय सम्पादनका लागि न्यायाधिशहरु खटिने गरेका मुख्य न्यायाधीश राजभण्डारीले जानकारी दिए । न्याय सुशासनलाई प्रमुख प्राथमिकतामा राखेको उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसर्वोच्च अदालतले दियो दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश
पुष ५, २०८१ शुक्रबार
सर्वोच्चले उच्च अदालतसँग माग्यो शरणार्थी प्रकरणमा बेचन झालाई थुनामा पठाउनुको कारण
पुष ५, २०८१ शुक्रबार
सर्वोच्चले सरकारलाई भन्यो, ‘जनयुद्ध’ शब्द प्रयोग नगर्नू
पुष ४, २०८१ बिहिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार