बारा प्रहरीको वार्षिक प्रगति : ५७ करोड बढीको सामान बरामद
नेपालबहस संवाददाता
साउन ३, २०८१ बिहिबार १६:३८:३९
♦ सञ्जय मिश्रा
३ साउन, बारा । जिल्ला प्रहरी कार्यालय बाराले आर्थिक वर्ष २०८०/०८१ को कार्य प्रगति विवरण सार्वजनिक गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी महेन्द्र खड्का र जिल्ला प्रहरी प्रवक्ता डीएसपी दधिराम न्यौपानेले संयुक्त रुपमा वार्षिक प्रगति विवरण सार्वजनिक गरेका हुन्।
अवैध सामान बरामद, राजश्व संकलन
गत आर्थिक वर्षको साउन १ देखि २०८१ असार मसान्तसम्ममा जिल्ला प्रहरी तथा मातहतका युनिटहरूबाट विभिन्न किसिमका भन्सार छलीका सामानहरू बरामद गरी कुल ५७ करोड ४० लाख ३५ हजार छ सय ५१ रुपैयाँ राजस्व संकलन गरेको एसपी खड्काले बताएका छन्।
उक्त भन्सार छलीका समान ओसार(पसार गर्न प्रयोग गरिएको ट्रक लगायतका सवारीसाधनहरू भन्सार कार्यालय वीरगन्ज र आन्तरिक राजश्व कार्यालय पथलैयामा दाखिला गरिएको उनले बताए।
हुण्डी कारोबार
उक्त आर्थिक वर्षमा हुण्डी कारोबारका चार वटा मुद्दा दर्ता भएका छन्। यसमा ८ जनालाई पक्राउ गरिएको र ३८ लाख ९ हजार रुपैयाँ बरामद भएको खड्काले बताए।
मुद्दा दर्ता मानिस पक्राउ
त्यस्तै, गत आर्थिक वर्षमा एक हजार तीन सय २२ वटा विभिन्न किसिमका मुद्दा दर्ता भएको छ भने एक हजार ३१ जना आरोपी पक्राउ परेका थिए।
त्यस्तै, एक हजार ९ सय ३६ उजुरीमा एक हजार ७ सय ५० मिलापत्र भएको र दुई हजार आठ सय ५९ ठाडो उजुरीमा दुई हजार पाँच सय ८४ वटा उजुरीको मिलापत्र भएको जानकारी खड्काले दिए।
लागुऔषध बरामद र कारबाही
सोही अवधिमा ९२ वटा लागुऔषधका मुद्दा दर्ता भएका थिए। त्यसमध्ये एक सय ३७ जना पक्राउ परेका थिए।
त्यस्तै, प्रहरी गस्ती टोलीले दुई हजार ५४ किलो लागुऔषध गाँजा, ४५ किलो २३ ग्राम चरेस र ५७० ग्राम ब्राउन सुगर बरामद गरेको प्रवक्ता डीएसपी दधिराम न्यौपानेले बताए।
फरार प्रतिवादी पक्राउ
त्यस्तै, जिल्ला अदालत बाराबाट विभिन्न मुद्दामा कैद जरिवाना तोकिएर फरार रहेका तीन सय १९ जना प्रतिवादी पक्राउ परेका छन्। फरार प्रतिवादीबाट ७९ वर्ष तीन महिना तीन दिन कैद र एक करोड ५४ लाख ५६ हजार दुई सय ८८ रुपैयाँ जरिवाना असुल भएको छ।
अवैध हातहतियार बरामद
एक वर्षको अवधिमा बारा प्रहरीले अवैध हातहतियारतर्फ एक थान भरुवा बन्दुक, एक थान स्वचालित रिभल्वर, पाँच थान कटुवा पेस्तोल २० राउण्ड गोली प्रहरीले बरामद गरेको छ।
मोबाइल बरामद
विभिन्न स्थानबाट नागरिकका हराएका तथा चोरिएका ९६ थान मोबाइल बरामद गरी सम्बन्धित धनीलाई बुझाइएको छ।
ट्राफिक कारबाहीमा दुई करोड ९७ लाख असुल
वर्षभरिमा सवारी नियम विपरीत चलेका ३४ हजार २ सय ८५ सवारीलाई ट्राफिक कारबाही गरिएको छ। कारबाहीबाट दुई करोड ९७ लाख ३१ हजार पाँच सय रुपैयाँ राजश्व संकलन भएको न्यौपानेले बताए।
अबैध मदिरा र भट्टी नष्ट
जिल्लाभरिमा अबैध रुपमा सञ्चालित एक सय ५२ रक्सी भट्टी नष्ट गरिएको छ। यस्तै, तयारी मदिरा ४९ हजार १४५ लिटर, कच्चापदार्थ ३ लाख २३ हजार ९५ लिटर नष्ट गरिएको छ।
रक्सी उत्पादनमा संलग्न १० जना मानिस पक्राउ परेका छन्। रक्सी उत्पादन गर्ने मेसिन ७४ थान, भाडावर्तन ४३४ र सात वटा सवारी साधन बरामद भएको छ।
मिटरब्याजमा कारबाही
बारामा गत आवमा अनुचित लेनदेन मिटरब्याजमा एक हजार ४३ मेलमिलापबाट २१ करोड ५६ लाख २७ हजार ६ सय ६ रुपैयाँ नगद र ३० बिगाहा १७ कठा १७ धुर जग्गा फिर्ता गराइएको प्रवक्ता तथा डीएसपी न्यौपानेले जानकारी दिए।
सोही अवधिमा प्रहरीले तीन हजार ८८ वटा सामुदायिक कार्यक्रम सञ्चालन गरेकोमा एक लाख २२ हजार १५७ जना मानिस लभान्वित भएको प्रहरीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनवीनतम् र रचनात्मक कार्य गर्न प्रहरी महानिरीक्षकको निर्देशन
मंसिर १०, २०८१ सोमबार
नेपाल प्रहरीका ८ जना डीआईजीमा बढुवाका लागि सिफारिस
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
प्रधानमन्त्रीको भ्रमण र बीआरआईबारे कांग्रेसमा छलफल
मंसिर १२, २०८१ बुधबार
झापामा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु
मंसिर १२, २०८१ बुधबार
स्याङ्जाका स्कूले पढ्दै, कुखुरापालनमा रमाउँदै
मंसिर १२, २०८१ बुधबार
स्वयंसेवा तालिमले सहज बन्दै हात्तीपाइलेपीडितको दैनिकी
मंसिर १२, २०८१ बुधबार
अमेरिकामा ‘पुष्पा–२’ काे बम्पर ओपनिङ, हालसम्मकाे सबै रेकर्ड ताेडिने
मंसिर १२, २०८१ बुधबार
गढीमाई मेला भब्य र सभ्य बनाउन मास्टर प्लान बनाईएको छ: नगरप्रमुख उपेन्द्र यादव
मंसिर १२, २०८१ बुधबार