बाइडेनले राष्ट्रपतिको दौडमा ट्रम्पलाई हराउन सक्दैन : पेलोसी
नेपालबहस संवाददाता
साउन ३, २०८१ बिहिबार २१:५३:२८
३ साउन, वासिङ्टन। अमेरिकाका पूर्वसभामुख न्यान्सी पेलोसीले अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको निजी कुराकानीमा राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्पलाई हराउन नसक्ने अवस्था देखाएको बताएको चार स्रोतलाई उद्धृत गर्दै सिएनएनले बताएको छ । बाइडेनले दोस्रो कार्यकालको खोजी जारी राखेको अवस्थामा नोभेम्बरमा सदन जित्ने डेमोक्रेटको सम्भावनालाई नष्ट गर्नसक्ने पेलोसीले बताइन् ।
यद्यपि राष्ट्रपति बाइडेनले उक्त सम्भावनालाई पछाडि धकेल्दै पेलोसीलाई आफूले जित्नसक्ने सङ्केतसहितको सर्वेक्षण देखेको बताएको एक स्रोतले उल्लेख गरेको छ । सिएनएनको रिपोर्टअनुसार अर्को स्रोतले बाइडेनलाई निर्वाचनका बारेमा रक्षात्मक बनाएको छ । तर पनि एक विन्दुमा पेलोसीले बाइडेनका लामो समयका सल्लाहकार माइक डोनिलोनलाई डेटामा कुरा गर्न लाइनमा आउन आग्रह गरिन् ।
पेलोसी र बाइडेनबीचको उक्त फोन वार्ता जुन २७ मा बाइडेनको विनाशकारी बहसपछि दोस्रो ज्ञात वार्तालाप हो । “चुनाव लड्ने वा नलड्ने भन्ने निर्णय गर्न राष्ट्रपतिमा निर्भर छ”, गत साता एक अन्तर्वार्तामा पेलोसीले भनेकी थिइन्, “समय छोटो भएकाले हामी सबैले उनलाई यो निर्णय गर्न प्रोत्साहित गरिरहेका छौँ ।”
सिएनएनको रिपोर्टअनुसार ह्वाइट हाउसका प्रवक्ता एन्ड्र्यु बेट्सले भने, “राष्ट्रपति बाइडेन पार्टीको उम्मेदवार हुन्, उनले जित्ने योजना बनाइरहेका छन् र कामकाजी परिवारहरूलाई सहयोग गर्न एक सय दिने एजेन्डा पारित गर्नका लागि कांग्रेसनल डेमोक्रेटहरूसँग काम गर्न तत्पर छन्।” यद्यपि पेलोसीका प्रवक्ताले पूर्वसभामुख शुक्रबारदेखि क्यालिफोर्नियामा रहेको र उनले त्यसबेलादेखि बाइडेनसँग कुरा नगरेको बताएका छन् ।
गत साता पूर्वराष्ट्रपति बाराक ओबामा र पेलोसीले ट्रम्पविरुद्ध बाइडेनको सम्भावनामा बढ्दो ‘कठिनाइ’ माथि प्रकाश पार्दै बाइडेनको २०२४ अभियानबारे चिन्ता व्यक्त गरेको सिएनएनले बताएको छ । डेमोक्रेटिक पार्टीभित्र हालको आन्तरिक कलहको अन्त्य गर्न र पूर्वराष्ट्रपति ट्रम्पलाई हराउन पुनः ध्यान केन्द्रीत गर्ने तत्काल हताशको अवस्था छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबङ्गलादेशमा व्यापक मानव अधिकार उल्लङ्घनको आरोप लागेको एउटा प्रहरी एकाइ बन्द गर्न सिफारिस
मंसिर ३०, २०८१ आइतबार
बुर्किना फासोनजिकै भएको आक्रमणमा ३९ जनाको मृत्यु
मंसिर ३०, २०८१ आइतबार
ट्रम्पको गुप्तचर सल्लाहकार समितिमा नुन्स नियुक्त
मंसिर ३०, २०८१ आइतबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
पोखराविरुद्ध ५ रनको जित निकाल्दै सुदूरपश्चिम रोयल्सले सुनिश्चित गर्यो प्लेअफमा स्थान
मंसिर ३०, २०८१ आइतबार
बङ्गलादेशमा व्यापक मानव अधिकार उल्लङ्घनको आरोप लागेको एउटा प्रहरी एकाइ बन्द गर्न सिफारिस
मंसिर ३०, २०८१ आइतबार
बुर्किना फासोनजिकै भएको आक्रमणमा ३९ जनाको मृत्यु
मंसिर ३०, २०८१ आइतबार
कर्णाली समृद्धिको आधार बन्दै सडक, स्याउ र जडीबुटीले पाउन थाल्यो बजार
मंसिर ३०, २०८१ आइतबार
उद्योगमन्त्री भण्डारी दक्षिण कोरिया प्रस्थान
मंसिर ३०, २०८१ आइतबार