सरकार बनेसँगै प्रहरीमा हलचल, दुई एआईजीको सरुवा चर्चा
नेपालबहस संवाददाता
साउन ४, २०८१ शुक्रबार १९:२६:४१
४ साउन, काठमाडौं । नयाँ सरकार बन्ने बित्तिकै नेपाल प्रहरीमा हलचल शुरु भएको छ । खासगरी अघिल्लो सरकारको समयमा हाइहाइ पाएका प्रहरी अधिकृतहरूलाई अहिलेको सरकारले च्याप्छ कि फ्याँक्छ भन्ने निश्चित नभएकाले हलचल शुरु भएको हो ।
रवि लामिछाने गृहमन्त्रीमा आएपछि उनले के के न गर्छु भन्दै सुन तस्करीको सफल अनुसन्धान गर्ने प्रहरी अधिकारीलाई उल्टै कारवाहीको सिफारिस गरिदिए । उनीहरुको तुरुन्तै सरुवा मात्रै गरेनन्, कारवाही गर्नुपर्छ भनेर प्रधानमन्त्रीलाई ताकेता गर्न थाले । रविले आईजीपी वसन्त कुँवरलाई कारबाहीका लागि ताकेता गर्न थाले ।
त्यही क्रममा अरु असफल भए म सफल हुन्छु भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुख एआईजी किरण बज्राचार्यलाई हटाइदिएर एआईजी श्याम ज्ञवालीलाई पठाए । नक्कली भुटानी शरणार्थीको मुद्दा अगाडि बढाउन र अनुसन्धान गर्न आफैँ खटिएका ज्ञवालीलाई लामिछानेले अन्य टास्क त दिए तर सहकारी सम्बन्धी आफ्नो अनुसन्धानलाई भने ‘लो प्रोफाइल’मा हाल्न लगाए । यो विषयलाई कांग्रेस एमालेका नेताहरूले नजिकबाट बुझेका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणको समयमा उपत्यका प्रहरी कार्यालयमा रहेका ज्ञवालीलाई सरुवा गरेर प्रहरी प्रधान कार्यालयस्थित कार्य विभागमा लगिएको थियो । नेपाली कांग्रेस सत्तामा हुन्जेल कार्य विभागमै रहेका ज्ञवालीलाई रवि लामिछाने गृहमन्त्री भएपछि सीआईबी प्रमुखको जिम्मेवारी दिए । उनी सीआईबीमा पुगेपछि खास केही भएन । सुन काण्डमा कृष्णबहादुर महरा, बाँसबारी छाला जुत्ता जग्गा प्रकरणमा अरुण चौधरी, विनोद चौधरी र बसन्त चौधरीलाई सरकारी वकिल कार्यालयबाटै उन्मुक्ति दिने काम भयो ।
किरण बज्राचार्य नेतृत्वको सीआईबीले लामिछाने मुछिएका सहकारी ठगीका फाइल झिकाएर अनुसन्धान गरिरहेको थियो । रविले आफूमाथि अनुसन्धान गर्ने एआईजी किरण बज्राचार्यलाई त्यहाँबाट हटाएर ज्ञवालीलाई गत चैतमा सीआईबी प्रमुखको जिम्मा दिएका थिए । तर उनले गृहमन्त्री लामिछानेमाथि अनुसन्धान रोकेको भन्दै कांग्रेसले यसअघि चर्को आलोचना गर्दै आएको थियो। हालका गृहमन्त्री रमेश लेखकले नै त्यसको नेतृत्व गरेपछि सो फाइलमाथि फेरी अनुसन्धान हुने संकेत गरिएको छ ।
त्यसका लागि सीआईबीका प्रमुख ज्ञवालीको सरुवा गर्ने अवस्था रहेको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ । एक थरी प्रहरी अधिकारीहरूले एआईजी ज्ञवालीको अवकाश हुन एक महिना १८ दिन मात्रै बाँकी रहेकाले उनको सरुवा नहुने पनि बताइरहेका छन् । तर गृहमन्त्रालय स्रोतले भने केही दिनमै एआईजी ज्ञवालीको सरुवा हुने जनाएको छ । उमेर हदका कारण उनी आगामी भदौ २६ गते अवकाश हुनेछन् । यसअघि त्यहाँ आउन खोजेका एआईजी सुदीप गिरीलाई ल्याउने तयारी गरेको छ । आगामी मंसिर २८ गते उमेर हदका कारण अनिवार्य अवकाशमा जान लागेका भीम ढकालले पनि रुची गरेका छन् ।
रमेश लेखक गृहमन्त्री भएका कारण गिरीकै पल्लाभारी रहेको छ । यस्तै काठमाडौँ उपत्यका प्रमुखको पनि सरुवा गर्न गृहमन्त्री रमेश लेखकले तयारी गरेका छन् । एआईजी दीपक थापा त्यहाँ गएको ११ महिना भयो । उनको स्थानमा ल्याउने एआईजीको खोजी भइरहेको छ । एआइजी ढकाल सीआईबी जान पाएनन् भने उपत्यका कार्यालय आउने बताइएको छ । तर यो विषय निर्क्यौलमा पुगिसकेको छैन । गृहमन्त्रीले एक लट सबै जिल्ला प्रमुख र प्रदेश प्रहरी कार्यालय प्रमुखहरुको विवरण मागेका छन् । आईजीपी कुँवरले यो विषयमा एक लट गृहमन्त्रीलाई जानकारी गराइसकेका छन् । यो सँगै एआईजी बज्राचार्य र सुन अनुसन्धान प्रकरणमा कारवाही भोगेका प्रहरी अधिकारीहरूले पुर्ववत जिम्मेवारी फर्काउने विषयमा पनि चर्चा चलिरहेको छ ।
त्यस्तै रवि लामिछाने कै विशेष पहल र रुचीमा एसएसपीबाट डीआईजी बढुवा गर्दा तीन तहको छलाङ मार्दै १ नं. मा डीआईजी पडकाएका विवादास्पद दानबहादुर कार्की र डा. मनोज केसीका बारेमा पनि गृहमन्त्रीले नोटिसमा राखेको बताइन्छ । अझ हालै मात्र अमेरिका भ्रमणका बेला उनै कार्कीले रवि लामिछानेका दाहिने हात मानिने रास्वपाका केन्द्रीय सदस्य मोहन थापासँग आईजीपी र गृहसचिवलाई भेटाएर फसाएको विषय पनि चर्चामा छ । मोहन थापा तिनै व्यक्ति हुन जसले रास्वपा सांसद ढाका कुमार श्रेष्ठसँग दुई करोडको रविका तर्फबाट डिल गरेको सार्वजनिक भएपछि राजीनामा गराइएको थियो । उनी अमेरिकामा पनि रवि जस्तै दर्जनौ बैंक ठगी केसमा मुछिएका पात्र हुन् । बेला बेला नेपाल आइरहने थापाले यहाँ बिचौलियाको काम गर्ने समाचार सार्वजनिक भइरहन्छ । उनी रवि लामिछानेका अमेरिका देखिकै विश्वास पात्र साथी हुन ।
आईजीपी कुँवर र गुप्तचर प्रमुख थापाबीच रहस्यमय भेटघाट
प्रहरी महानिरीक्षक बसन्त कुँवर र गुप्तचर विभागका प्रमुख हुतराज थापाबीच बिहिबार दिउँसो गोप्य कुराकानी भएको छ । सिंहदरबारमा रहेका आइजीपी कुँवर थापालाई भेट्न बरफबाग पुगेका थिए । १ः३० प्रधानमन्त्री र गृहमन्त्रीको विफ्रिङ सकेर त्यहाँ पुगेका आईजीपी कुँवर र थापाबीच एक घण्टा कुराकानी भएको बताइउकाे छ । उनीहरूबीच सूचना संयन्त्रको परिचालन र सूचना आदानप्रदान बारे छलफल भएको स्रोतले जनाएको छ । ‘उहाँहरूबीच एक घण्टा छलफल भएको हो, खास सूचना आदानप्रदानबारे छलफल भएको थियो’, राष्ट्रिय अनुसन्धान विभागका एक उच्च अधिकारीले भने । तर अधिकारीहरू भने माओवादी निकट गुप्तचर प्रमुख थापा र आईजीपी कुँवर बीचको भेटघाटलाई लिएर अनेक लख काटन थालेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
एमालेको शक्ति प्रदर्शन सरकारविरुद्ध हो कि जनताविरुद्ध ?
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
मंसिर ९, २०८१ आइतबार
दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न प्रहरीलाई अदालतले दियो अनुमति
मंसिर ९, २०८१ आइतबार
महानिर्देशक अधिकारीलाई भ्रष्टाचारी भन्दै विरोध प्रदर्शन ( फोटो फिचर )
मंसिर ९, २०८१ आइतबार
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान भोलिदेखि
मंसिर ९, २०८१ आइतबार