जाजरकोटमा खोलाले बगाउँदा एक बालक बेपत्ता
नेपालबहस संवाददाता
साउन ३, २०८१ बिहिबार २२:२८:४७
३ साउन, सुर्खेत । जाजरकोटमा खोलाले बगाउँदा एक बालक बेपत्ता भएका छन् । स्याली खोलाले बगाउँदा बारेकोट गाउँपालिका–३ बुढागाउँका भक्तबहादुर बुढाका १३ वर्षीय छोरा महेन्द्र बुढा बेपत्ता भएका हुन् । आज दिउँसो गोठालो गएका बेला खोलाले बगाउँदा उनी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक (डिएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिए । बेपत्ता बालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
कर्णालीका चार जिल्लामा सडक अवरुद्ध
कर्णाली प्रदेशका चार जिल्लामा सडक अवरुद्ध भएका छन् । डोल्पा, हुम्ला, कालीकोट र रुकुमपश्चिममा भारी वर्षाका कारण सडक अवरुद्ध भएका हुन् । भेरी करिडोरअन्तर्गत डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ छलगाड ५ को साङ्लेखोलामा पानीको मात्रा बढेका कारण सडक अवरुद्ध भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ ।
कर्णाली करिडोरअन्तर्गत हुम्लाको सार्केगाड गाउँपालिका–१ खच्चा, तुम्च, वडा नं ४ का विभिन्न ठाउँमा, खार्पुनाथ गाउँपालिका–१ सुनाखडादेखि लालीबगरसम्म सुक्खा पहिरोका कारण सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक राजन पौडेलले जानकारी दिए ।
भेरी करिडोरमा पर्ने रुकुमपश्चिमको आठबीसकोट–६ रिजिगारमा सडक अवरुद्ध छ । कर्णाली करिडोरको कालीकोटको पचालझरना गाउँपालिका–८ लाफामा पहिरो जाँदा सडक अवरुद्ध भएको पौडेलले जानकारी दिए । अवरुद्ध सडक खुलाउन प्रयास जारी रहेको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहुम्लामा तेस्रो पटक हिमपात
पुष १३, २०८१ शनिबार
काठमाडौंसहित देशभर मौसम बदली, आज ठाउँठाउँमा वर्षा
पुष १३, २०८१ शनिबार
सरकारी स्वामित्वमा रहेका संस्थालाई कर तिर्न कामपाको पत्राचार
पुष १३, २०८१ शनिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
नेपालबहस संवाददाता
पुष १०, २०८१ बुधबार
न्याय परिषदद्वारा उच्च अदालतका ९ र जिल्लाका १६ जना न्यायाधीशलाई सरुवा गर्न सिफारिस
पुष १२, २०८१ शुक्रबार
सहकारी ठगी प्रकरणः दुई दिन लगाएर सकियो लामिछानेको बयान, अरुको आइतबारदेखि सुरु हुने
पुष १२, २०८१ शुक्रबार
एनपिएल विजेता जनकपुर बोल्ट्सको महोत्तरीमा ‘ट्रफी परेड’
पुष १३, २०८१ शनिबार
वेगवान सुन्दरताले भरिएको बेगनास ताल ( फोटो फिचर )
पुष १३, २०८१ शनिबार
मानुङकोट सूर्योदय र कुहिरो अवलोकन गर्ने आन्तरिक पर्यटकले भरिभराउ
पुष १३, २०८१ शनिबार
प्रजातान्त्रिक आन्दोलनमा पिएल सिंहको भूमिका महत्त्वपूर्ण : उपप्रधानमन्त्री सिंह
पुष १३, २०८१ शनिबार
रुसमा नौठो अफर, ‘४ सन्तान जन्माउनुहोस्, झोलाभरी पैसा लैजानुहोस् ’
पुष १३, २०८१ शनिबार