तपाईको आजको राशीफल कस्तो छ ?
नेपालबहस संवाददाता
साउन ४, २०८१ शुक्रबार ६:४७:२६
४ साउन, काठमाडौं । आजमिति २०८० साल श्रावन ४ गते शुक्रबार तदअनुसार जुलाई १९ तारिख, नेपाल संवत ११४४, दक्षीणयन वर्षा ऋतु शुक्ल पक्षको त्रयोदशी तिथी, मुल नक्षत्र, ईन्द्र योग छ । आज चन्द्रमा धनु राशिमा अवस्थित छन् , तपाईँको आजको राशिफल यसप्रकार रहनेछ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज समय मध्यम छ । नयाँ ठाउँमा आर्थिक लगानी गर्दा ध्यान दिनुहोला । काममा ढिलाई हुनसक्छ । प्रेममा अनावश्यक मनमुटावबाट बच्नुहोला । पारिवारलाई समय दिनुहोला । दिँउसोबाट तपाइमा उर्जा थपिनेछ । हतारमा निर्णय नगर्नुहोला ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आज समय ठिकै छ । शरीरमा आलस्यता आउनसक्छ । सङ्कटको सामना गर्दै उपलब्धी हासिल गर्नु पर्नेछ । कडा मिहिनेतपछि गरिएको कामबाट लाभ हुने सम्भावना छ । शत्रुपक्ष सकृय हुनेछन् । प्रेम तथा परिवारमा अनावश्यक जिद्धी नगर्नुहोला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आज समय शुभ छ । पारिवारिक सम्बन्ध सुदृढ बन्नेछ । व्यापार र व्यवसायका क्षेत्रमा उन्नती प्रगतिको वातावरण बन्नेछ । जग्गा जमिनको कारोबार गर्दा राम्रो प्रतिफल आउन सक्छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । विदेशको काममा सफलता मिल्नसक्छ । खर्च भने बढ्न सक्छ । समय शुभ छ उपयोग गर्नुहोला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज समय ठीकै छ । मनमा उत्साह र उमङ्गको कमी देखिन सक्छ । सवारी चलाउँदा ध्यान दिनुहोला । राज्यपक्ष र सरकारी काममा विलम्ब हुनेछ । सामाजिक प्रतिष्ठा कायम राख्न थोरै बोलेको राम्रो हुन्छ । प्रेम तथा परिवारमा विवादबाट बच्नुहोला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज समय शुभ छ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । प्रेम तथा दाम्पत्य सुखमा रमाउने समय छ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नसक्छ । खुशी मिल्नसक्ने समय छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आज समय राम्रो छ । मनमा सामान्य चिन्ता भएतापनि दाम्पत्य जीवन सुखद् तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नसक्छ । सन्तानबाट सुख प्राप्त हुनसक्छ । विपरीत लिङ्गी मित्रसँग मन फुकाएर आफ्ना कुरा राख्न सकिने समय छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
लागि आज समय राम्रो छ । पराक्रम बढ्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । पढाइमा प्रगति हुनेछ । मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । प्रेममा सफलता हुनेछ । समग्रमा दिन राम्रो छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज समय मध्यम छ । खर्च जोगाउने उपाय खोज्नुहोला । पारिवारिक माहोल राम्रो रहनेछ । प्रेममा अनावश्यक झगडा हुनसक्छ । शिक्षामा मन नजान सक्छ । स्वास्थ्यमा ध्यान दिनुहोला । वैदेशिक कामबाट लाभ हुनसक्ने समय रहेको छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आज समय राम्रो छ । प्रतिस्पर्धामा विजयी हुने योग छ । कार्यक्षेत्रमा अरुले गरे भनेका कुरामा चित्त नबुझ्न सक्छ, प्रेम तथा पढाईमा आज राम्रो छ । रमाइलो यात्राको छ । स्वास्थ्य सबल रहने छ । काममा संघर्ष हुनेछ । खर्च बढ्न सक्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आज समय मध्यम छ । खर्च बढ्नसक्छ । स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ । बोल्दा विचार पुर्याउनुहोला । मनमा चिन्ता रहनेछ । प्रेम तथा परिवारमा विवाद हुन सक्छ, सतर्क हुनुहोला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आज समय राम्रो छ । हिम्मत र साहसले गरेको काममा सफलता मिल्नसक्छ । मिहेनतको फल मिल्नेछ । पारिवारिक सुख मिल्नेछ । प्रेम तथा साथिभाईबाट सहयोग मिल्न सक्छ । स्वास्थ सुधार हुने छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आज समय ठिक छ । परिवारसँग मिलेर गरेको काममा सफलता आउसक्छ । आँट र साहस बढ्नेछ । कार्य पूर्ण हुनसक्छ । बौद्धिकताको प्रशंसा हुनेछ । प्रेम तथा परिवारमा शान्ति मिल्नेछ ।
पुनश्च : राशिफलमा जेजस्तो बताएतापनि चन्द्र राशि भनेको तपाँईको जन्म समयमा चन्द्रमा बसेको राशीको आधारमा हालका चन्द्र ग्रहगोचरले पार्नसक्ने प्रभावलाई वताईएको हो । जन्मकुण्डलीमा भाव तथा अन्य ग्रहहरुको प्रभावले गर्दा तपाँईको कुण्डली अनुसार मेल नखान पनि सक्छ । यसर्थ आफूले गर्ने नियमित कार्यलार्य राशिफलको आधारमा प्रभाव नपर्ने गरि हिम्मतका साथ गर्न नछोड्नुहोला तपाँईको दिन शुभ रहोस् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकस्तो छ तपाईको आजको राशीफल ?
भदौ २१, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
भदौ २०, २०८१ बिहिबार
कस्तो छ तपाईको आजको राशीफल ?
भदौ १९, २०८१ बुधबार
रास्वपाका सभापति रविविरुद्ध दोहोरो राहदानीको मुद्दा व्यूतिदैछ कि ?
नेपालबहस संवाददाता
भदौ १९, २०८१ बुधबार
प्रहरी अधिकारीले दिएको उमेरहद सम्बन्धी रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश
भदौ २०, २०८१ बिहिबार
पहिलो पटक नेपाल टेलिकमको नेतृत्वमा महिला, प्रबन्ध निर्देशकमा पहाडी नियुक्त
भदौ २१, २०८१ शुक्रबार
संविधान दिवसका दिन झण्डै १ हजार कैदी रिहा हुने
भदौ २०, २०८१ बिहिबार
अर्थ मन्त्रालयमा पठाइयो सशस्त्र प्रहरीसम्बन्धी विधेयक
भदौ २१, २०८१ शुक्रबार
गैँडाको आक्रमणबाट पथप्रर्दशकको मृत्यु, पर्यटक र चौकीदार घाइते
भदौ २१, २०८१ शुक्रबार
राजविराजको मुख्य सडकमै खाल्डाखुल्डी, दुर्घटनाको जोखिम
भदौ २१, २०८१ शुक्रबार
इन्टरनेट प्रदायक कम्पनीलाई टिकटक खोल्न दूरसञ्चार प्राधिकरणको निर्देशन
भदौ २१, २०८१ शुक्रबार
अगैया–नेपालगञ्ज हुलाकी सडकले आवतजावतमा सहज
भदौ २१, २०८१ शुक्रबार
विष्णु माझी र तीजका तरंगहरु !
भदौ २१, २०८१ शुक्रबार