पहिरोले साँफे–मार्तडी राजमार्ग अवरुद्ध
नेपालबहस संवाददाता
साउन ४, २०८१ शुक्रबार ११:३१:४९
४ साउन, बाजुरा । अविरल वर्षापछि आएको पहिरोले साँफे–मार्तडी राजमार्ग अवरुद्ध भएको छ । राजमार्गको ताप्रीसेरा, रिला र मार्तडीको कारागार नजिकै पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्रसिं कार्कीले जानकारी दिएको छ ।
उनका अनुसार राजमार्गको बुढीगङ्गा नगरपालिका–३ ताप्रीसेरा, बडीमालिका नगरपालिका–४ रिला र बडिमालिका–९ कारागार नजिकै पहिरो गएकोे बताए । राजमार्गमा पहिरो गएपछि लामो तथा छोटो दूरीका सवारीसाधन आवतजावत ठप्प भएका छन् । सवारीसाधन नचल्दा यात्रु अलपत्र परेका छन् ।
अवरुद्ध राजमार्ग खुलाउन पहल भइरहेको प्रहरीले जनाएको छ । जिल्लामा वर्षा भइरहेको छ । यस्तै जिल्लाको पूर्वी उत्तरी भेग जोड्ने मार्तडी कोल्टी सडक दुई सातादेखि अवरुद्ध भएको छ ।
बडीमालिका नगरपालिका–७ जिल्लीमा पहिरो गएपछि सडक अवरुद्ध भएको हो । मार्तडी–कोल्टी जोड्ने बाउली, अनाई र दानसागु खोलामा जलसतह बढेपछि ठाउँठाउँमा सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध भएपछि सदरमुकाम मार्तडीबाट पूर्वी उत्तरी भेगका पालिकासम्म चल्ने जीप तथा मालवाहक सवारीसाधन ठप्प छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपोखरा–मुग्लिन सडक निर्माण कछुवा गतिमा
मंसिर ९, २०८१ आइतबार
कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
मंसिर ९, २०८१ आइतबार
विश्व बैंकको सहयोगमा प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम सुरु, सवा १७ अर्ब लगानी
मंसिर ६, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार