सभापतिले समयभित्रै पार्टीको महाधिवेशन नगर्ने मनस्थिति बनाएको हो भने कांग्रेस धरासायी हुन्छः कोइराला
नेपालबहस संवाददाता
साउन ४, २०८१ शुक्रबार ११:४७:१
४ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता वरिष्ठ नेता डा. शेखर कोइरालाले पार्टीको १५ औँ महाधिवेशन तोकिएकै समयमा नहुने शंका बढेको बताएका छन् । उनले सभापति शेरबहादुर देउवाको चाहना महाधिवेशन नगरेर समय लम्ब्याउनेतिर गयो भने कांग्रेस पार्टी धराशायी बन्ने बताएका छन् । उनले देउवाको नाम नलिए पनि नेतृत्व चुक्य पार्टीमा फेरी अस्थिरता बढ्ने बताए ।
शुक्रबार महानगर समितिका सभापतिहरूसँग काठमाडौंमा भएको भेटमा कोइरालाले पार्टी नेतृत्व र पदाधिकारीहरूको कार्यशैली हेर्दा तोकिएको समयमा १५ औँ महाधिवेशन हुनेमा शंका उत्पन्न भएको बताए । सभापति देउवाले तोकिएको मितिमा महाधिवेशन नगराउने हो भने कांग्रेसभित्र आउने अस्थिरताले आगामी निर्वाचनलाई नराम्ररी प्रभावित बनाउने बताए ।
उनले भने, ‘तोकिएको समयमा महाधिवेशन नभए पार्टी धराशायी हुन्छ । र, त्यसको असर आगामी निर्वाचनहरूमा पर्छ । समयभित्र महाधिवेशन गराउन हामी चनाखो हुनुपर्छ । साथीहरू चनाखो भएर लाग्नुहोला । यसो भएमा कांग्रेस नराम्ररी बिग्रन्छ । पार्टीको तल्लो तहदेखि नै नेतृत्वलाई दवाव दिनुपर्छ । नेतृत्वको चाहना समय थपेर जाऊँ भन्नेतिर देखिन्छ । यो राम्रो कुरा होइन ।’
कोइरालासँगको भेटमा महानगरका सभापतिहरूले आफूहरूको पार्टी मर्यादाक्रम नमिलेको र विधानले कुनै अधिकार नदिएको गुनासो राखेका थिए । छलफलमा काठमाडौं महानगर सभापति नीलकाजी शाक्य‚ ललितपुर महानगर सभापति सुवानन्द धाख्वा‚ भरतपुर महानगर सभापति चित्रसेन अधिकारी विराटनगर सभापति दीपक चापागाईं र वीरगन्ज सभापति मनिन्द्र नेपाली सहभागी थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतबाट रित्तो हात फर्किइन आरजुः प्रधानमन्त्रीको भारत भ्रमण अनिश्चित
पुष ९, २०८१ मंगलबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
मौसममा बदली भएसँगै नेपालमा पुनःचिसो बढ्न सुरु
पुष ९, २०८१ मंगलबार
अब भेरी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु हुने
पुष ९, २०८१ मंगलबार
भारतबाट रित्तो हात फर्किइन आरजुः प्रधानमन्त्रीको भारत भ्रमण अनिश्चित
पुष ९, २०८१ मंगलबार
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
पुष ८, २०८१ सोमबार
बाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार