रौतहटमा मुस्लिम समुदायको मेलामा झडप, सम्झाउन गएका १९ प्रहरी घाइते
नेपालबहस संवाददाता
साउन ४, २०८१ शुक्रबार १३:३७:१६
४ साउन, रौतहट । रौतहटको राजपुरमा मुस्लिम धर्मावलम्बीहरूले पर्व मनाइरहेको एक मेलामा झडप हुँदा सुरक्षाकर्मी घाइते भएका छन् । मुस्लिम समुदायले मोहरम ताजिया (दाहा) मेला भनाइरहेका बेला एक्कासी झडप भएको हो । झडपमा १९ जना सुरक्षाकर्मी घाइते भएको बताइएको छ ।
उश्रृखल समूहबाट भएको ढुंगामुढा प्रहारबाट नेपाल प्रहरीका १७ र सशस्त्र प्रहरीको २ जना गरेर १९ जना सुरक्षाकर्मी घाइते भएको सशस्त्र प्रहरी बल नेपाल नं. ११ गणका एसपी विक्रम हुमागाईंले जानकारी दिए । उनीहरूको अवस्था सामान्य रहेको छ ।
अहिले मेलामा नेपाल प्रहरीका एसपी दिलिप घिमिरे र सशस्त्र प्रहरीका एसपी विक्रम हुमागाईंको कमान्डमा प्रहरी टोली परिचालन गरिएको छ । राजपुर नगरपालिका वडा नम्बर ६ कुडियामा मुस्लिम समुदाय मेला मनाउन घरेलु हतियारसहित उपस्थित भएका थिए ।
दाहाको झण्डा गाड्ने क्रममा होहल्ला भएपछि उनीहरूले सुरक्षाकर्मीमाथि ढुंगामुढा गरेका थिए । प्रहरीले स्थिति नियन्त्रणमा लिन केही सेल अश्रु ग्यास प्रहार गरेको छ । दाहा नचाउने र झन्डा गाड्ने क्रममा धकेलाधकेल भएको र सहभागी ढुंगामुढामा उत्रिएको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार
स्वास्थ्य बीमाको कभरेज बढाउन मुख्यमन्त्री सिंहको निर्देशन
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
वैदेशिक रोजगारी: १५ वर्षमा १४ हजार बढीको मृत्यु
पुष ५, २०८१ शुक्रबार
यस्तो छआजका लागि विदेशी मुद्राको विनिमय दर
पुष ५, २०८१ शुक्रबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार