कालीगण्डकीमा गर्भवती तथा सुत्केरीलाई निःशुल्क एम्बुलेन्सको व्यवस्था
नेपालबहस संवाददाता
साउन ४, २०८१ शुक्रबार १४:२०:३९
४ साउन, वालिङ 'स्याङ्जा' । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले गर्भवती तथा सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको छ । घरमा हुने सुत्केरीलाई शून्यमा झार्ने र अस्पतालमा सुरक्षित रूपमा सुत्केरी गराउन अभिप्रेरित गर्ने उद्देश्यले गत आर्थिक वर्ष २०८०-८१ को देखि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउन थालिएको हो ।
गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले घरमै सुत्केरी हुने दरलाई शून्यमा झार्न एम्बुलेन्स सेवा उपलब्ध गराउन गालिएको बताए । “गाउँपालिकावासी सबै गर्भवती तथा सुत्केरी महिलालाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइरहेका छौँ । यसले गर्भवती महिला तथा सुत्केरी भइसकेपछि आमा र शिशुको स्वास्थ्यका बारेमा रेखदेख र आवश्यक परामर्श दिन पनि सहज भएको छ”, उनले भने ।
गत आर्थिक वर्षबाट सेवा उपलब्ध गराउने कार्यविधि बनाएर कार्यान्वयनमा लगिएको अध्यक्ष थापाले जानकारी दिए । यहाँ रहेका बर्थिङ सेन्टर तथा गाउँपालिकाद्वारा सञ्चालित कालीगण्डकी अस्पताल मिर्मीमा गर्भवती तथा सुत्केरी महिलालाई आउन जान निःशुल्क एम्बुलेन्सको व्यवस्था गरिएको हो ।
वडा नं ७ मिर्मीमा रहेको अस्पताल, वडा नं १ मा रहेको चण्डीभञ्ज्याङ बर्थिङ सेन्टर, वडा नं २ को आलमदेवी बर्थिङ सेन्टर र वडा नं ४ को विर्घा बर्थिङ सेन्टरगरी चार ठाउँमा आउन जान सेवा उपलब्ध गराइएको स्वास्थ्य शाखा प्रमुख एकबहादुर थापाले बताए । पालिकासँग चारवटा एम्बुलेन्स रहेका छन् । “गत आवको अन्तिममा भए पनि कार्यविधि बनाएर निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरेका छौँ, हालसम्म नौ जनाले सेवा लिनुभएको छ । यसको प्रचारप्रसार र सेवाका बारेमा टोलटोलमा जानकारी दिएर अझै प्रभावकारी ढङ्गले अगाडि बढाउने योजनामा छौँ”, स्वास्थ्य शाखा प्रमुख थापाले भने ।
कालीगण्डकी पालिकावासीलाई रु एक लाखसम्मको निःशुल्क स्वास्थ्य बीमासमेत सञ्चालनमा छ । यहाँ सञ्चालित कालीगण्डकी अस्पतालका सेवामा पनि गाउँपालिकावासी निकै सहयुलियत दिइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपक्यान्सरविरुद्धको ‘एचपिभी’ खोप ल्याइयो
पुष ४, २०८१ बिहिबार
बाल अस्पताल निर्माणमा सघाउन कतारसँग आग्रह
पुष ३, २०८१ बुधबार
स्वास्थ्य विज्ञान प्रतिष्ठान मधेसमा एमबीबीएस अध्यापन सुरु
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
राप्ती नदीमा निर्माणाधीन पुल
पुष ४, २०८१ बिहिबार
अस्पष्ट तस्वीरमा रास्वपाको प्रोपोगान्डा, के हो वास्तविकता ?
पुष ४, २०८१ बिहिबार
नृत्य प्रस्तुत गर्दै चिनियाँ कलाकार
पुष ४, २०८१ बिहिबार
मेलम्चीको पानी आपूर्तिः ‘पाइप लाइन’को काम शीघ्र पूरा गर्न निर्देशन
पुष ४, २०८१ बिहिबार
मुख्यमन्त्री लामाद्वारा चन्द्रागिरि नगर अस्पताललाई ‘भेन्टिलेटर’ हस्तान्तरण
पुष ४, २०८१ बिहिबार
बिहीबार तोलामा १७ सयले घटेर १ लाख ४९ हजारमा कारोबार भइरहेको छ सुन
पुष ४, २०८१ बिहिबार