न्यूरोड विवादः वडा नम्बर २२ का वडाध्यक्ष चिनकाजी श्रेष्ठले बालेनविरुद्ध आन्दोलनको नेतृत्व गर्ने
नेपालबहस संवाददाता
साउन ४, २०८१ शुक्रबार १५:१२:४८
साउन, काठमाडौं । न्युरोड क्षेत्रको फुटपाथ विस्तारको विरोधमा स्थानीय उत्रिएका छन् । काठमाडौं महानगरका मेयर बालेन शाहविरुद्ध नाराबाजीमा उत्रिएका स्थानीयको नेतृत्व भने २२ नम्बर वडाका वडाअध्यक्ष चीनकाजी श्रेष्ठले गरेका छन् । उनले यो काम रोकाएर मेयर बालेनलाई झुकाई छाड्ने बताएका छन् । उनले मेयर बालेन विरुद्ध नाराबाजी गर्न स्थानीयलाई उक्साएका छन् ।
श्रेष्ठ नेतृत्वमा आएका स्थानीय र महानगर प्रहरीबीच झडप पनि भएको छ । महानगर प्रतिनिधिहरू रहेको ठाउँमा स्थानीय नाराबाजी गर्दै छिर्न खोजेपछि महानगर प्रहरीले रोक्ने क्रममा दुवै पक्षबीच धकेलाधकेल भएको थियो । सडक साँघुरो बनाएर फुटपाथ फराकिलो बनाउन नहुने माग स्थानीयको छ । उनीहरूको नेतृत्व महानगरको २२ नम्बर वडाध्यक्ष चीनकाजी श्रेष्ठले नेतृत्व गरिरहेका छन् ।
विरोध प्रदर्शनको क्रममा अप्रिय घटना हुन सक्ने भन्दै ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । नगर प्रहरी पनि उल्लेख्य संख्यामा खटिएका छन् । उच्च अदालत पाटनले फुटपाथ विस्तार नरोक्न सडक विभागका नाममा अन्तरिम आदेश दिएपछि महानगरले बुधबारदेखि पुनः फुटपाथ विस्तारको काम सुरु गरेको थियो ।
बिहीबार बिहानैदेखि स्थानीयको भीड न्युरोड क्षेत्रमा ओर्लिएको थियो । उनीहरूले मेयर बालेन शाह र नगर प्रहरी विरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरिरहेका छन् । यसअघि पनि न्युरोडमा फुटपाथ विस्तारका लागि सडकको कालोपत्रे समेत भत्काइसकेको अवस्थामा सडक डिभिजन कार्यालयले हस्तक्षेप गरेर सामान जफत गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआलोचना नै आलोचनाका बीचमा सबैको मन जितेकी लुम्बिनीकी सांसद गिरी
माघ १५, २०८१ मंगलबार
सूर्यविनायक नगरपालिकाले बनायो सुविधासम्पन्न भवन
माघ ११, २०८१ शुक्रबार
६ करोड १० लाख लागतमा बन्यो बराहपोखरी गाउँपालिकाको प्रशासनिक भवन
माघ ११, २०८१ शुक्रबार
काठेखोला गाउँपालिकाद्वारा निःशुल्क स्वास्थ्य बिमा
माघ १८, २०८१ शुक्रबार
मकवानपुरमा रुखले च्यापिँदा बालकको मृत्यु
माघ १८, २०८१ शुक्रबार
आयल निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य
माघ १८, २०८१ शुक्रबार
लेबनानको आर्थिक सुधारमा विश्व बैंकको प्रतिबद्धता
माघ १८, २०८१ शुक्रबार
मुक्कुम्लुङका अभियन्ता भन्छन् : विकासका अवधारणा परिवर्तन गरौँ
माघ १८, २०८१ शुक्रबार
एलिना चौहानले हालिन् सम्बन्धविच्छेदको मुद्दा, पतिसँग अंश र माना चामल नलिने
माघ १८, २०८१ शुक्रबार