एयर इन्डियाको विमान रुसमा आकस्मिक अवतरण
नेपालबहस संवाददाता
साउन ४, २०८१ शुक्रबार १५:५२:४८
४ साउन, नयाँदिल्ली । एयर इन्डियाको एआई–१८३ विमान प्राविधिक समस्यामा कारण रुसको क्रास्नोयास्र्क अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ । विमान नयाँ दिल्लीबाट सान फ्रान्सिस्को जाँदै थियो । विमानमा सवार सबै यात्रु तथा चालक दलका सदस्य सुरक्षित रहेको एयर इन्डियाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिअनुसार विमानमा ‘ककपिट क्रू’ ले सामान राख्ने भागमा सम्भावित समस्या पत्ता लगाएपछि सावधानीपूर्वक अवतरण गरेको थियो । विमानमा सवार २२५ यात्रु तथा चालक दलका १९ सदस्यलाई थप अनुसन्धान र आगामी प्रक्रियाका लागि टर्मिनल भवनमा लगिएको विज्ञप्तिमा जनाइएको छ ।
उक्त रुसी विमानस्थलमा एयर इन्डियाको आफ्नै कर्मचारी नभएको कारण यात्रुलाई आवश्यक सहयोग प्रदान गर्न तेस्रो–पक्ष सहयोगको व्यवस्था गरी सरकारी निकाय र नियामक अधिकारीको सम्पर्कमा यात्रुलाई चाँडै सान फ्रान्सिस्को लैजान क्रास्नोयास्र्क अन्तर्राष्ट्रिय विमानस्थलमा पुनः उडानको व्यवस्था गरिरहेको विज्ञप्तिमा उल्लेख छ ।
एयर इन्डियाका प्रवक्ताले एयर इन्डिया यात्रु र कर्मचारीको बारेमा चिन्तित रहेको बताउँदै सकेसम्म छिटो उडान सञ्चालनका लागि सबैको स्वास्थ्य र सुरक्षा सुनिश्चित गर्न हर सम्भव प्रयास गरिरहेको जनाएको छ ।
उनले एयर इन्डियामा यात्रु र चालक दलका सदस्यको सुरक्षा प्राथमिकतामा रहेको उल्लेख गर्दै अवस्थाको मूल्याङ्कन गरी यात्रुलाई जति सक्दो छिटो गन्तव्यमा पु¥याउने व्यवस्था गर्ने बताएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबङ्गलादेशमा व्यापक मानव अधिकार उल्लङ्घनको आरोप लागेको एउटा प्रहरी एकाइ बन्द गर्न सिफारिस
मंसिर ३०, २०८१ आइतबार
बुर्किना फासोनजिकै भएको आक्रमणमा ३९ जनाको मृत्यु
मंसिर ३०, २०८१ आइतबार
ट्रम्पको गुप्तचर सल्लाहकार समितिमा नुन्स नियुक्त
मंसिर ३०, २०८१ आइतबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
पोखराविरुद्ध ५ रनको जित निकाल्दै सुदूरपश्चिम रोयल्सले सुनिश्चित गर्यो प्लेअफमा स्थान
मंसिर ३०, २०८१ आइतबार
बङ्गलादेशमा व्यापक मानव अधिकार उल्लङ्घनको आरोप लागेको एउटा प्रहरी एकाइ बन्द गर्न सिफारिस
मंसिर ३०, २०८१ आइतबार
बुर्किना फासोनजिकै भएको आक्रमणमा ३९ जनाको मृत्यु
मंसिर ३०, २०८१ आइतबार
कर्णाली समृद्धिको आधार बन्दै सडक, स्याउ र जडीबुटीले पाउन थाल्यो बजार
मंसिर ३०, २०८१ आइतबार
उद्योगमन्त्री भण्डारी दक्षिण कोरिया प्रस्थान
मंसिर ३०, २०८१ आइतबार