अस्पतालको लापरबाहीले बिरामीको ज्यान गएको खुलासा
नेपालबहस संवाददाता
साउन ४, २०८१ शुक्रबार १६:४१:५२
४ साउन, भक्तपुर । भक्तपुरको सल्लाघारीस्थित डा. इवामुरा मेमोरियल अस्पतालको लापरबाहीले एक जना बिरामीको ज्यान गएको विषय खुलेको छ । मुटु सम्बन्धी समस्याको उपचार गर्न गएकी एक महिलाको ज्यान तथ्य खुलेको हो ।
जनाइए अनुसार भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका वडा नं. ५ खरिपाटीमा क्यान्टिन संचालन गर्दै आएकी वर्ष ३६ की कविता सुनारको उपचार अस्पतालमा भएको थियो । असार २५ गतेबाट अस्पतालमा उपचार सुरु गरिएकी विरामीलाई पछि काठमाडौंको एक निजी अस्पतालमा रिफर गरिएको थियो । त्यहाँबाट पुनः इवामुरामै फर्काएर उपचार गरिएको थियो ।
इवामुराले गलत उपचार गरेको र नेपालको एकमात्र सरकारी मुटुरोग अस्पताल शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा रिफर नगरी निजी अस्पतालमा पुर्याई फेरि इवामुरामै बिरामी फर्काउन लगाई उपचार गरेकाले बिरामीको ज्यान गएको आरोप आफन्तको छ ।
दुई बच्चाकी आमा सुनारको मृत्यु भए पश्चात् मृतकका आफन्तले डाक्टरको लापरबाहीका कारण मृत्यु भएको भनी शव बुझ्न नमान्दा अस्पताल प्रशासन र आफन्तबीच प्रहरी प्रशासनको रोहबरमा वार्ता भएको थियो । जिल्ला प्रशासन कार्यालयमा भएको वार्तामा पीडित परिवारलाई ६ लाख रुपैया दिन र मृतकका २ बच्चालाई उच्च शिक्षासम्म पढाइको व्यवस्था गरिदिन अस्पताल मन्जुर भएको थियो । गल्ती स्वीकार गरी सहमति भएको भनिए पनि त्यो विषय अहिले मात्रै खुलेको हो । सहमतिपछि परिवारले शव बुझेको थियो ।
अस्पताल व्यवस्थापक राजुमृगेन्द्र जोशीले डाक्टरको लापरबाहीले मृत्यु नभएको स्पष्ट पारे । उपचारका लागि अर्को अस्पतालमा रिफर गरिएको तर खर्च अभावमा आफ्नै अस्पतालमा ल्याएर उपचार भइरहेको उनले जनाए ।
केही समय अघि पनि आफै हिडेर सोही अस्पताल पुगेका भक्तपुर नगरपालिका वडा नं ७ की ४७ वर्षीय लक्ष्मीकुमार लाखाजुको पनि अस्पतालको लापरबाहीले मृत्यु भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचालु आर्थिक वर्षमा दुई लाखलाई सेवा दिने आँखा अस्पतालको लक्ष्य
मंसिर २२, २०८१ शनिबार
राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट 'डिस्चार्ज'
मंसिर २२, २०८१ शनिबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
संघीय निजामती विधेयकका संशोधनकर्तासँग छलफल सुरु
मंसिर २७, २०८१ बिहिबार
बाइडेनले दिए करिब १५०० अपराधीलाई क्षमादान
मंसिर २७, २०८१ बिहिबार
औषधि विधेयक अन्तिम चरणमा छ: स्वास्थ्यमन्त्री पौडेल
मंसिर २७, २०८१ बिहिबार
अदालत परिसरबाट फेरि पक्राउ परे दुर्गा प्रसाईं, समर्थकबाट सरकार विरुद्ध नाराबाजी
मंसिर २७, २०८१ बिहिबार
मन्त्रालयले भन्यो:- कोही कसैबाट एम्बुलेन्सको दुरुपयोग भएमा खबर गर्नु
मंसिर २७, २०८१ बिहिबार