वर्षमा १ खर्ब ३४ अर्ब थपिएर २४ खर्ब ३३ अर्ब नाघ्यो नेपालको सार्वजनिक ऋण
नेपालबहस संवाददाता
साउन ४, २०८१ शुक्रबार १६:४५:१६
४ साउन, काठमाडौं । एक वर्षमा १ खर्ब ३४ अर्ब ६८ करोड बढेर नेपालको सार्वजनिक ऋण २४ खर्ब ३३ अर्बभन्दा माथि पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत वर्ष ऋणको साँवा र ब्याज गरेर ३ खर्ब तिरिसकेको अवस्थामा २४ खर्ब ३३ अर्ब पुगेको हो । तथ्याङ्कअनुसार अघिल्लो आर्थिक वर्ष २०७९/८० मा सरकारको ऋण २२ खर्ब ९९ अर्ब थियो ।
सरकारले एक वर्षको अवधिमा सार्वजनिक ऋणको सावाँ–ब्याज भुक्तानीमा ३ खर्ब ५ अर्ब ७१ लाख खर्च गरेको छ । यस आवमा सावाँ ब्याज भुक्तानीमा ३ खर्ब ३० अर्ब खर्च हुने अनुमान गरिएको थियो । असारसम्म लक्ष्यको ९२.५४ प्रतिशत खर्च भएको छ । एक वर्षमा कुल गार्हस्थ उत्पादनको ५.३५ प्रतिशत रकम ऋण तिर्न खर्च भइरहेको तथ्याङ्कमा देखिन्छ ।
आन्तरिक ऋणको सावाँ भुक्तानीमा १ खर्ब ८२ अर्ब ६२ करोड खर्च गरेको छ । आन्तरिक ऋणको ब्याज भुक्तानीमा ४९ अर्ब ९८ करोड खर्च भएको छ भने बाह्य ऋणको सावाँ भुक्तानीमा ४० अर्ब ७२ करोड र ब्याज भुक्तानीमा ९ अर्ब २६ करोड भएको छ । यसप्रकार एक वर्षमा कुल सावाँ भुक्तानी २ खर्ब २३ अर्ब र ब्याज भुक्तानी ८२ अर्ब ३ करोड रुपैयाँ बराबर भएको छ ।
२०७९/८० सम्म प्रतिव्यक्ति ऋण दायित्व ७८ हजार ८४० रहेको थियो । एक वर्षको अवधिमा प्रतिव्यक्ति ऋण भार नै ४ हजार ५९१ बढ्न पुगेको छ । पछिल्लो एक वर्षमा सरकारले कुल ३ खर्ब ५८ अर्ब ऋण लिएको छ । आर्थिक वर्ष २०८०/८१ मा यस्तो ऋणमा सरकारले आन्तरिक र बाह्य गरी कुल ३ खर्ब ५८ अर्ब उठाएको थियो । यस्तो ऋणमा २ खर्ब ३४ अर्ब आन्तरिक ऋण र १ खर्ब २३ अर्ब बाह्य ऋण रहेको छ ।
सरकारले लिएको यस्तो ऋणमा आन्तरिकको लागि मात्रै २ खर्ब ५५ अर्ब भुक्तानी गरेको छ । यस्तो ऋण भुक्तानीमा १ खर्ब ८२ अर्ब साँवा र ७२ अर्ब ब्याज भुक्तानी गरेको छ । सरकारले लिएको अहिलेसम्मको ऋण कुल ग्राहस्थ्य उत्पादन (जीडीपी)का ४२.६५ प्रतिशत पुगेको छ । यो ऋण रकममा आन्तरिक ऋण जीडीपीको २०.४७ र बाह्य ऋण २१.९५ प्रतिशत पुगेको छ ।
सरकारले गत वर्ष सार्वजनिक ऋण भुक्तानी गर्न मात्रै ३ खर्ब ३० अर्ब वार्षिक बजेट विनियोजन गरेको थियो । यस्तो रकमबाट सरकारले ३ खर्ब ५ अर्ब ऋण तिर्न मै खर्च गरेको छ । सरकारले विकास खर्च लक्ष्य अनुसार गर्न नसक्ने भएपनि वार्षिक बजेट विनियोजन गरेकै हाराहारीमा ऋणको रकम भने तिरेको छ । सरकारले गत वर्ष लिएको ऋण जीडीपीको ५.३५ प्रतिशत हो । कुल गार्हस्थ उत्पादनमा सार्वजनिक ऋणको अनुपात पछिल्लो १० वर्षमा उतारचढाव पूर्ण हुँदै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश
मंसिर ७, २०८१ शुक्रबार
नेपालको क्रेडिट रेटिङ सन्तोषजनक, लगानीका दृष्टिकोणले अनुकूल रहेको सरकारी दावी
मंसिर ७, २०८१ शुक्रबार
चार महिनामा ८४ अर्ब थपिएर जीडीपीको ४४ प्रतिशत पुग्यो सरकारी ऋण
मंसिर ५, २०८१ बुधबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
नेपालबहस संवाददाता
मंसिर ५, २०८१ बुधबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
एमालेको शक्ति प्रदर्शन सरकारविरुद्ध हो कि जनताविरुद्ध ?
मंसिर ७, २०८१ शुक्रबार
दरबार स्क्वायर परिसरमा विदेशी पर्यटकको घुइँचो
मंसिर ८, २०८१ शनिबार
‘ङत भुलु’ अर्थात् स्वेतकाली अजिमा बाह्रवर्षे जात्रा
मंसिर ८, २०८१ शनिबार
दुर्गा प्रसाईंको गाडीकोे ठक्करबाट घाइते मेहताको मृत्यु
मंसिर ८, २०८१ शनिबार
प्रधानमन्त्रीले भने, बुबा विरामी हुनुहन्छ
मंसिर ८, २०८१ शनिबार