नगरपालिकाद्वारा हलगोरु पाल्ने किसानलाई अनुदान
नेपालबहस संवाददाता
साउन ४, २०८१ शुक्रबार १६:५५:१४
४ साउन, बागलुङ । बागलुङ नगरपालिकाभित्रका गोरु पाल्ने ८१ किसानले प्रोत्साहन रकम प्राप्त गरेका छन् । बागलुङ नगरपालिकाले गोरु पाल्ने किसानलाई प्रोत्साहन गर्ने कार्यक्रम अन्तर्गत रु पाँच हजारका दरले रक वितरण गरेको हो ।
नगरपालिकाले पशुपन्छी तथा मस्यपालन कार्यविधि २०७९ निर्माण पश्चात् आर्थिक वर्ष २०८०/८१ बाट गोरु पाल्ने किसानलाई प्रोत्साहनको कार्यक्रम ल्याएको हो । नगरपालिकाले पहिलो पटक गोरु पाल्ने किसानलाई प्रोत्साहन गर्नका लागि रु चार लाख बजेट विनियोजन गरेको थियो । उक्त बजेटबाट ८१ हल गोरु पाल्ने किसानले रु पाँच हजारका दरले अनुदान रकम लिएको नगरपालिकाले जनाएको छ ।
बढ्दो यान्त्रिकीकरणसँगै गोरु पाल्ने चलन हराउँदै गएकाले ‘हल गोरु पाल्न प्रोत्साहन एवं प्रवद्र्धनात्मक’ कार्यक्रमअन्तर्गत किसानलाई अनुदान दिइएको बागलुङ नगरपालिका पशु शाखा प्रमुख मित्रलाल सापकोटाले बताए ।
उनका अनुसार बागलुङ नगरपालिकाभित्रका हल गोरु पाल्ने किसानबाट १०० निवेदन सङ्कलन भएको थियो । प्राप्त निवेदनका आधारमा अनुगमन गर्दा ८१ किसानले हलगोरु पालेको पाइएपछि रु पाँच हजारका दरले प्रोत्साहन रकम प्रदान गरेको नगर उपप्रमुख राजु खड्काको भनाइ छ ।
“एक हल गोरु पाल्ने किसानलाई पहिलोपटक नगरपालिकाले प्रोत्साहन गरेको हो, हल गोरु लोप हुन थालेपछि नगरपालिकाले संरक्षण गर्ने अभियान चालेको हो” उपप्रमुख खड्काले भने “यो कार्यक्रम निरन्तर सञ्चालन गर्ने नगरपालिकाको योजना छ, कम्तीमा एक किसान रु १० हजारका दरले अनुदान दिने कार्यविधि मै उल्लेख छ, आगामी वर्ष हल गोरु पाल्ने प्रत्येक किसानलाई रु १० हजार दिनेगरी रु १० लाख बजेट विनियोजन गर्ने योजना छ ।”
नगरपालिकाले पहिलोपटक गोरु पाल्ने किसानलाई अनुदान दिन थालेपनि अनुदानका हामीजस्ता किसान उत्साहित बनेको बागलुङ नगरपालिका–१३ का टेके सार्कीले बताए । आगमी वर्ष प्रोत्साहनको रकम अझै बढ्न सके हलगोरु पाल्नेको सङ्ख्यामा वृद्धि हुने सार्कीको अपेक्षा रहेको छ ।
हाते ट्याक्टर तथा प्रविधिको बढ्दो प्रयोगका कारण पुस्तौँदेखि चल्दै आएको गोरुले जोत्ने परम्परा पनि हराउँदै गएकाले त्यसको संरक्षणका लागि नगरपालिकाले अभियानका रूपमा हल गोरु पाल्ने किसानलाई प्रोत्साहन गरिएको नगरप्रमुख बसन्तकुमार श्रेष्ठले जानकारी दिए ।
उनले मिनि टेलर हलो वितरणकार्यले गोरु पाल्ने किसानलाई निरुत्साहित भयो कि भन्ने नगरपालिकाले महसुस गरेर गरेको बताए । “स्थानीय तहले कृषिमा आधुनिकरणको नाममा मिनि टेलर हलो वितरण गर्ने लह्डै चलेको छ, आवश्यकताको आधारमा हेरेर आधुनिकरण पनि गर्ने हो, व्यावसायिक खेती गर्न, शहर बजार नजिकै मिनि टेलर हलो उपयुक्त भएपनि गाउँ–गाउँमा परम्परागत खेती गर्नका लागि हल गोरु नै राम्रो छ, मल मुत्रको प्रयोगसमेत कृषिमा अपरिहार्य छ भन्ने किसानले महशुस गरेका छन्” । नगरप्रमुख श्रेष्ठले भने “अब मिनिटेलर हलो वितरण गर्ने हैन हल गोरु पाल्ने किसानलाई पोषण खर्चनै दिइन्छ, गोरु पाल्दा बातावरणसमेतमा सकरात्मक असर देखिने रहेछ ।”
नयाँ पुस्ता प्रविधितर्फ आकर्षित हुँदै गर्दा गोरुपालनका लागि नगरपालिकाले बजेट विनियोजन गरेर कार्यान्वयनमा लगेको छ । गोरु नपाल्दा गाई संरक्षणमा समेत चुनौती देखिएकाले गोरुसँगै गाई संरक्षण गर्ने नगरपालिकाको योजना हो ।
कृषि प्रयोजन तथा प्राङ्गारिक मलका लागि गोरु पाल्दै आउनुभएका किसानलाई गोरुको संरक्षण तथा प्रोत्साहनस्वरूप अनुदान दिइने र अनुदानले गोरु पालक किसानले गोरु पाल्ने कामलाई निरनतरता दिने नगरपालिकाको योजना रहेको छ ।
नगरपालिकाको पशु शाखाले किसानको गोठमा हल गोरुपालन गरे÷नगरेको, स्थानीय टोलबासी तथा जनप्रतिनिधिको स्थलगत अनुगमनपछि मात्रै अनुदान दिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसावित्री र सावा मनसुली जातका धानमा ‘डटी पेनिकल’ समस्या
कात्तिक १, २०८१ बिहिबार
खरबारी फाँडेर केराखेती, वार्षिक दुई करोड आम्दानी
असोज २९, २०८१ मंगलबार
भेडेटारको कोसेली हरियो सागसब्जी, व्यापारीलाई बिक्री गर्न भ्याइनभ्याइ
असोज २८, २०८१ सोमबार
इन्सपेक्टर शाही पक्राउ प्रकरणमा किन जोडिदैछन् एसपी थापा ?
नेपालबहस संवाददाता
कात्तिक १, २०८१ बिहिबार
भारतीय फिल्मी शैलीमा आए, गिरीमाथि आक्रमण गरे
नेपालबहस संवाददाता
असोज ३०, २०८१ बुधबार
इन्सपेक्टर शाही पक्राउ प्रकरणमा किन जोडिदैछन् एसपी थापा ?
कात्तिक १, २०८१ बिहिबार
चिन्तामा प्रधानमन्त्री ओली, तीन महिना नपुग्दै कसले चलायो दुई तिहाइको सरकार ढल्ने हल्ला ?
कात्तिक १, २०८१ बिहिबार
भ्रष्टाचारी ठहर भएकाले दिएको दान लिनु पनि भ्रष्टाचार हो भन्दै ओलीविरुद्ध अख्तियारमा पर्यो मुद्दा
कात्तिक १, २०८१ बिहिबार
‘पुष्पा २ : द रुल’ रिलिज हुनुअघि नै उत्कृष्ट प्रि कलेक्शन
कात्तिक २, २०८१ शुक्रबार
कोलम्बियामा तस्करी रोक्न दुर्लभ भ्यागुताको कानुनी व्यापार
कात्तिक २, २०८१ शुक्रबार
सुन तोलाकै एक लाख ६४ हजार !
कात्तिक २, २०८१ शुक्रबार
आज मन्त्रिपरिषद्को बैठक, सत्यनरिुपण तथा मेलमिलाप आयोग गठनबारे निर्णय हुने
कात्तिक २, २०८१ शुक्रबार
तीन महिनाको खर्च र आम्दानी: निर्माण व्यवसायी र दुग्ध किसानको रकम भुक्तानी गर्दा खर्चमा देखियो सुधार
कात्तिक २, २०८१ शुक्रबार
१०० दिन नपुग्दै प्रतिपक्षी दलहरूको सरकारविरुद्ध मोर्चाबन्दी, प्रचण्डको अग्रसरतामा बैठक
कात्तिक २, २०८१ शुक्रबार