पर्सा प्रहरीद्वारा साढे ५३ करोडको अवैध सामान बरामद
नेपालबहस संवाददाता
साउन ४, २०८१ शुक्रबार १९:५५:४१
४ साउन, वीरगञ्ज । पर्सा प्रहरीले गत आर्थिक वर्षमा बिलबीजक नभएका करिब रु साढे ५३ करोड मूल्य बराबरको सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख कुमोध ढुङ्गेलले प्रहरीको सक्रियताकै कारणले अघिल्लो आवको तुलनामा गत आवमा अवैध रुपमा भन्सार छली तथा बिलबीजक नभएका रु पाँच करोड ३६ लाख ९५ हजार दुई सय २७ ले बढी बरामत भएको बताए ।
“प्रहरीले भन्सार छली तथा चोरी-पैठारी र बिलबीजकभन्दा धेरै सामान ल्याउनेमाथि निगरानी बढाएकै कारणले बरामद हुने समान बढेको हो”, उनले भने, “चोरी–तस्करी गरेर भित्र्याएको सामानलाई पक्राउ गरेर वीरगञ्ज भन्सार कार्यालयलाई बुझाउँदै आइरहेका छौँ । बिलबीजक अनुसार नभएको सामान भने राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाउँदै आइरहेका छौँ ।”
पर्सा प्रहरीका अनुसार आव २०७९/८० मा अवैध चोरी–तस्करी गरेर तथा बिलबीजक नभएका गरी कूल रु ४८ करोड नौ लाख ६४ हजार ६ सय ४६ मूल्य पर्ने सामान वीरगञ्ज भन्सार कार्यालय र राजस्व अनुसन्धान कार्यालय पथलैया बुझाएको थियो । त्यस्तै, आव २०७८/७९ मा भने रु २३ करोड ९४ लाख ४६ हजार आठ सय २५ मूल्य पर्ने सामान बरामद गरेको थियो ।
हुन्डी कारोबारमा संलग्नबाट ६१ लाख बरामद
पर्सा प्रहरीले गत आर्थिक वर्षमा हुन्डी कारोबारमा संलग्न १७ जना कारोबारीबाट रु ६१ लाख २४ हजार सात सय जफत गरेको छ । पर्साका प्रहरी नायब उपरीक्षक दीपक भारतीले अघिल्लो आवभन्दा गत आवमा हुन्डी कारोबारमा पक्राउ पर्ने सङ्ख्यामा कमी आएको बताए । पर्सा प्रहरीले आव २०७९/८० मा हुन्डी कारोबारमा संलग्न रहेको भन्दै १७ जनाबाट रु एक करोड ९३ लाख ६६ हजार तीन सय रकम बरामद गरेको थियो ।
त्यस्तै, आव २०७८/७९ मा हुन्डी कारोबारमा संलग्न १४ जनाबाट रु एक करोड ६५ लाख १३ हजार ६ सय २० सहित पक्राउ गरेको थियो । पर्सा जिल्लामा एक सय सात किलोमिटर क्षेत्रफल भारतसँग सीमा जोडिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्याङ्जाका स्कूले पढ्दै, कुखुरापालनमा रमाउँदै
मंसिर १२, २०८१ बुधबार
स्वयंसेवा तालिमले सहज बन्दै हात्तीपाइलेपीडितको दैनिकी
मंसिर १२, २०८१ बुधबार
गढीमाई मेला भब्य र सभ्य बनाउन मास्टर प्लान बनाईएको छ: नगरप्रमुख उपेन्द्र यादव
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
सामाजिक सुरक्षा कोष: १८ लाख नजिक श्रमिक, ९९ अर्ब १८ करोड लगानी
मंसिर १२, २०८१ बुधबार
'पुष्पा-२' का कलाकार माथि शारीरिक तथा आर्थिक शोषण आरोप
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्रीको भ्रमण र बीआरआईबारे कांग्रेसमा छलफल
मंसिर १२, २०८१ बुधबार
झापामा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु
मंसिर १२, २०८१ बुधबार
स्याङ्जाका स्कूले पढ्दै, कुखुरापालनमा रमाउँदै
मंसिर १२, २०८१ बुधबार
स्वयंसेवा तालिमले सहज बन्दै हात्तीपाइलेपीडितको दैनिकी
मंसिर १२, २०८१ बुधबार