आज देशका विभिन्न क्षेत्रबाट बेपत्ता चार जनाको शव फेला, बाढीमा फसेका ५ जनाको उद्धार
नेपालबहस संवाददाता
साउन ४, २०८१ शुक्रबार २०:२७:२०
४ साउन, काठमाडौं । विपद् उद्धारमा खटिएको सशस्त्र प्रहरी बल नेपालको टोलीले आज देशका विभिन्न क्षेत्रबाट बेपत्ता भएका चार जनाको शव निकालेको छ भने बाढीमा फसेका पाँचको उद्धार गरेको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय काठमाडौँका अनुसार कास्की, मुस्ताङबाट बेपत्ता चार जनाको शव निकालेको हो भने कैलालीबाट पाँच जनाको सकुशल उद्धार गरेको हो ।
सशस्त्रका केन्द्रीय प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले अहिले पनि देशका विभिन्न जिल्लामा गोताखोरसहितका विपद उद्धार टोली परिचालन गरी आवश्यक उद्धार तथा खोजी जारी राखेको जानकारी दिए । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक काठमाडौँका अनुसार कास्कीको पोखरा महानगरपालिका–२३ घाँटीछिनास्थित हर्पन खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका दुई जना र मुस्ताङमा माटोको ढिस्कोमा पुरिएका दुई गरी चार जनाको शव आज निकालिएको हो ।
घटनाबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं २४ कालिका गणबाट गएको गोताखोरसहितको टोलीले शव फेला पारेको हो । यसैगरी मुस्ताङ जिल्लाको घरपझोङ गाउँपालिका–५ धुम्वा तालस्थित नाली बनाउने ट्रयाक खन्ने क्रममा माटोको ढिस्कोले पुरिएका दुई जनाको आजै नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा शव निकालिएको छ । उक्त घटानबारे जानकारी पाएलगत्तै सशस्त्र प्रहरी बल नेपाल नं ३३ गुल्मबाट खटिएको सुरक्षा फौज खोजी कार्यमा जुटेको थियो ।
आजै वर्षासँगै मोहना नदीमा आएको बाढीमा फसेका पाँच जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । कैलालीको धनगढी उपमहानगरपालिका–१८ नोक्लिपुरबाट नदी पार गरी घाँस काट्न गएका उनीहरू सो नदीमा पानीको बहाव बढेपछि अलपत्र परेका थिए । उनीहरु नदीपारी अलपत्र परेको भन्ने जानकारी प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट फूलवारीबाट खटिएको सुरक्षा फौजले ¥याफ्ट बोटको प्रयोग गरी सकुशल उद्धार गरेको हो ।
यसैगरी सोही उपमहानगरपालिका–१५ स्थित कनरी गाउँमा खटिया नदीमा पानीको बहाव बढ्न गई डुबानमा परेका ७ परिवारलाई सोही बिओपीबाट खटिएको सुरक्षा फौजले सुरक्षित स्थानमा सारेको सशस्त्र प्रहरी बल प्रधान कार्यालयले आज साँझ एक सूचना जारी गरी जानकारी दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआँधीखोला तर्न फट्केको भर !
पुष ३, २०८१ बुधबार
‘मेयर सम्मेलन’ गर्दै परशुरामधाम नगर
पुष २, २०८१ मंगलबार
भारतको सहयोगमा राप्ती नगरमा अस्पताल भवन निर्माण हुने
पुष २, २०८१ मंगलबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
संघीय संसदका ४ वटा समितिको बैठक बस्दै
पुष ३, २०८१ बुधबार
आँधीखोला तर्न फट्केको भर !
पुष ३, २०८१ बुधबार
सुक्खाबन्दरगाह भन्सार: राजस्व संकलनमा कमी
पुष ३, २०८१ बुधबार
एनपीएलमा प्लेअफका २ खेल हुँदै, सुदूरपश्चिम र जनकपुरबीच महाभीडन्त !
पुष ३, २०८१ बुधबार
किसानलाई किबीभन्दा अलैँचीबाट अधिक फाइदा
पुष ३, २०८१ बुधबार