त्रिशूली नदीमा बेपत्ताको खोजीका लागि भारतबाट विशेष उपकरणसहितको टोली आउँदै
नेपालबहस संवाददाता
साउन ५, २०८१ शनिबार ८:५४:५८
५ साउन, काठमाडौं । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालस्थित त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बस र यात्रुको खोजीका लागि भारतीय उद्धार टोली आउने भएको छ ।
आज भारतबाट विशेष उपकरणसहित १० जनाको टोली बस र यात्रुको खोजीका लागि आउने भएको हो। भारतबाट खटिएको उद्धार टोली शुक्रबार राति नै हिँडेको र आज घटनास्थल पुग्ने गृहमन्त्रलाय विपद् महाशाखा प्रमुख भीष्मकुमार भूसालले जानकारी दिए ।
गत असार २८ गते शुक्रबार बिहान सिमलतालमा पहिरोसँगै खसेका दुई बसमा ६५ यात्रु रहेकोमा तीनजनाले पौडिएर ज्यान जोगाएका थिए । ६२ यात्रु बेपत्ता भएकोमा हालसम्म २३ जनाको शव फेला परेको छ । मृतकमध्ये १५ जनाको सनाखत भएको छ । आठ पुरुष र एक महिला गरी नौ शवको सनाखत हुन सकेको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआइतबारदेखि मौसम सुधार हुने
पुष १३, २०८१ शनिबार
महिला कानुन व्यवसायीहरूको राष्ट्रिय सम्मेलन विराटनगरमा
पुष १३, २०८१ शनिबार
सामुदायिक वनको आम्दानीको प्रमुख स्रोत बन्दै बेत
पुष १३, २०८१ शनिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
आबिद हुसेन
पुष ११, २०८१ बिहिबार
आइतबारदेखि मौसम सुधार हुने
पुष १३, २०८१ शनिबार
अबको लडाइँ भ्रष्टाचार र वैज्ञानिक शिक्षाका लागि गरिनुपर्छः नेता डा कोइराला
पुष १३, २०८१ शनिबार
सुशासनका लागि भ्रष्ट्राचारविरुद्ध निरन्तर आन्दोलन: अध्यक्ष प्रचण्ड
पुष १३, २०८१ शनिबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
पुष १३, २०८१ शनिबार
क्यानाडामा लहरे खोकीका बिरामीको सङ्ख्या निरन्तर वृद्धि
पुष १३, २०८१ शनिबार