त्रिशूलीमा वेपत्ता बस र यात्रुको खोजीका लागि भारतीय उद्धार टोली आइपुग्यो नेपाल
नेपालबहस संवाददाता
साउन ५, २०८१ शनिबार १०:९:१५
५ साउन, भैरहवा । गत शुक्रवार चितवनको सिमलतालमा गएको पहिरोबाट वेपत्ता भएको दुई वटा बस र यात्रुको खोजीका लागि १२ जनाको टोली शुक्रबार मध्यरातमा नेपाल आएको छ ।रुपन्देहीको बेलहिया नाका हुदै राती १२ बजे ४ वटा गाडी सहित राष्ट्रिय विपद प्रतिकार्य फोर्स भारतका विज्ञ सहितको टोली नेपाल आएको हो । त्रिशूली नदीमा खसेका बस र यात्रुको खोजीका भारतीय उद्धार टोली ४ वटा गाडी सहित नेपाल आएको छ ।
टोलीले उद्वारमा चाहिने उपकरण समेत लिएर आएका छन । गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयको समन्वयमा भारतका ती टोली राती १२ बजे बेलहिया नाका हुँदै नेपाल आएको हो,सशस्त्र प्रहरी बल, २७ नम्बर गण हेडक्वार्टरले उनीहरुलाई स्वागत गरी भैरहवामा राखेको थियो । उनीहरू राती भैरहवामा बास बसी बिहानै चितवन तर्फ प्रस्थान गरेका छन ।
चितवनमा उद्धार गर्नका लागि नै ती टोली नेपाल आएका हुन । सशस्त्र प्रहरी, इलाका प्रहरी कार्यालय बेलहिया, भन्सार कार्यालय, अध्यागमन कार्यालयको समन्वयमा मध्यरातमै ती गाडी सहितको टोलीलाई स्वागत गरिएको थियो ।
खोजीका लागि नेपालले भारतको सहयोग मागेको थियो । गृहमन्त्रालयको विपद् महाशाखा प्रमुख डा.भीष्मकुमार भुसालका अनुसार ती टोली आजै घटनास्थल पुगी खोजीकार्य गर्नेछन । राष्ट्रिय विपद प्रतिकार्य फोर्स भारतका एक जना विज्ञ सहित १२ जना रहेका छन ।
उनीहरुले उद्वारकका लागि चाहिने डोरी, पानी भित्र प्रयोग हुने संचार यन्त्र, कम्प्रेसर मेसिन सेट, लाइफ ज्याकेट, टेन्ट, पानी भित्रको डिभाइडर, रेन कोट लगायतका आवश्यक सामाग्री र उपकरण लिएर आएको भैरहवा भन्सार कार्यालयका प्रमुख नारद गौतमले जानकारी दिए ।
सिमलताल दुर्घटनाको आज आठौँ दिन भएको छ । अहिलेसम्म विभिन्न ठाउँमा गरी २३ वटा शव भेटिएको छ । दुई बसमा गरी ६५ जना सवार रहेकोमा तीन जना सकुशल फेला परेका थिए । अझै ३९ जना यात्रु र बसको अवस्था थाहा हुन सकेको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफास्ट ट्र्याक निर्माणमा वैकल्पिक व्यवस्थामार्फत बिजुली दिइने
पुष १६, २०८१ मंगलबार
पेट्रोल र डिजेलको मूल्य बढ्यो
पुष १६, २०८१ मंगलबार
गुलरियामा सिँचाइ सुविधा पुर्याउन नहर निर्माण गरिँदै
पुष १६, २०८१ मंगलबार
एकीकृत समाजवादीले देशभर जागरण अभियान सञ्चालन गर्ने
पुष १६, २०८१ मंगलबार
फास्ट ट्र्याक निर्माणमा वैकल्पिक व्यवस्थामार्फत बिजुली दिइने
पुष १६, २०८१ मंगलबार
पेट्रोल र डिजेलको मूल्य बढ्यो
पुष १६, २०८१ मंगलबार
‘कानुन निर्माणले मात्रै बालविवाह अन्त्य नहुने’
पुष १६, २०८१ मंगलबार