निर्धक्क ओली, आइतबार कांग्रेस र एमालेकै मत पर्याप्त
नेपालबहस संवाददाता
साउन ५, २०८१ शनिबार १२:१२:४१
५ साउन, काठमाडौं । सोमबार प्रधानमन्त्रीमा शपथ लिएका केपी शर्मा ओलीले आइतबार विश्वासको मत लिने भएका छन् । उनको मन्त्रिपरिषदमा १८४ मत छ । यो दुई तिहाई मत हो । विश्वासको मतबारे निर्णय लिन नेपाली कांग्रेसले भोली संसदीय दलको बैठक बोलाएको छ । आइतबार मध्याह्न १२ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बैठक बस्नेछ ।
नेकपा एमालेले भने प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत शनिवार नै ह्वीप लगाएको छ । एमालेका सबै प्रतिनिधि सभा सदस्यहरुलाई प्रधानमन्त्रीले राख्ने विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा मतदान गर्न ह्वीप जारी गरिएको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिएका छन् । सरकारमा नभएका दलबाट पनि उनलाई विश्वासको मत आउने सम्भावना छ ।
प्रतिनिधि सभामा कांग्रेसका ८८, एमालेका ७९, माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २१, राष्ट्रिय प्रजातन्त्र पार्टीका १४, नेकपा (एकीकृत समाजवादी)का १०, जसपाका ७, जनमतका ६, जसपा नेपालका ५, लोसपाका ४, नेमकिपा, जनमोर्चा र आम जनता पार्टीका १/१ जना र दुईजना स्वतन्त्र सांसद छन ।
यसमध्ये माओवादी केन्द्रको ३२, नेकपा एकीकृत समाजवादीको १०, राष्ट्रिय स्वतन्त्र पार्टीको २१, नेमकिपा, र जनमोर्चाले ओलीलाई मत नदिने निश्चित छ । यसमा १ मत कुनै पनि पक्षमा नखस्ने मत हो । राष्ट्रिय प्रजातन्त्र पार्टीसँग १४ मत छ भने उपेन्द्र यादव नेतृत्वको जसपा नेपालसँग ५ मत छ । उनीहरुले ओलीलाई विश्वासको मत दिने कि नदिने भन्ने निर्णय गरिसकेका छैनन् ।
२७५ सदस्यीय प्रतिनिधि सभाबाट विश्वास प्राप्त गर्न प्रधानमन्त्री ओलीले कम्तिमा १३८ सांसदको समर्थन पाउनुपर्छ । सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्री बनेका कारण ओलीलाई विश्वास प्राप्त गर्न कांग्रेसको ८८ र एमालेको ७९ सांसदकै मात्र समर्थन पनि पर्याप्त हुन्छ ।
अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा), महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि सरकारमा रहेका कारण ती दलहरूबाट पनि प्रधानमन्त्री ओलीले विश्वासको मत प्राप्त गर्नेछन् । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले पनि प्रधानमन्त्री ओलीलाई विश्वास मत दिने निर्णय गर्ने बुझिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसहकारी ठगीका सबै आरोपितलाई कानुनको दायरमा ल्याइन्छ : गृहमन्त्री
पुष ४, २०८१ बिहिबार
नेपाल र कोरियाबीच टीआईपीएफ सम्झौता
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
सञ्चारमन्त्री गुरुङद्वारा भवन उद्घाटन
पुष ४, २०८१ बिहिबार
सामान्य विषयको टिप्पणीलाई लिएर भारतीय संसदमा हंगामा, सांसदबीच धकेलाधकेल
पुष ४, २०८१ बिहिबार
रूसी तेल प्रशोधन केन्द्रमा युक्रेनी ड्रोन आक्रमणपछि आगलागी
पुष ४, २०८१ बिहिबार