कानुन सचिव बन्ने दौडमा थिए अधिकारी, मौका नपाउने देखेर न्याय सेवाबाटै दिए राजीनामा
नेपालबहस संवाददाता
साउन ५, २०८१ शनिबार १२:५४:५३
५ साउन, काठमाडौं । तीन वर्षसम्म राजनीतिक कोपभाजनमा परेर अन्यत्र सरुवा नपाएपछि नेपाल न्याय सेवाका सचिव तोयानाथ अधिकारीले पदबाट राजीनामा दिएका छन् । उनको राजीनामा स्वीकृत भइसकेको र उनको ठाउँमा रक्षा मन्त्रालयका एक जना सहसचिवलाई बढुवा गरेर पठाउने तयारी गरेको प्रधानमन्त्री कार्यालय निकट स्रोतले जानकारी दिएको छ ।
मन्त्रिपरिषदले उनको राजीनामा स्वीकृत गरेको कुरा सार्वजनिक गरेको छैन् । सचिवमा बढुवा भएको साढे तीन वर्षसम्म पनि सरकारले आयोगहरूमै थन्क्याएपछि उनले समय अगावै राजीनामा दिए । आगामी आगामी २८ मंसिरमा ५८ वर्षीय उमेर हदका कारण अवकाश जानुपर्ने अधिकारीले पाँच महिना अगाडी नै राजीनामा बुझाए ।
अधिकारीले मुख्यसचिव बैकुण्ठ अर्यालकै समयमा राजीनामा दिए पनि रोकेर राखिएको थियो । २०७७ चैत ५ गते सचिवमा बढुवा भएका अधिकारीले झन्डै ३ वर्ष ४ महिना सचिव भएर काम गरे । यसअघि सत्य निरुपण तथा मेलमिलाप आयोग र नेपाल कानुन आयोगमा सचिवको भूमिकामा निभाएका थिए । अधिकारी कानुन सचिव बन्ने दौडमा थिए । तर, पाएनन् ।
नेपाल कानुन समूहका ४ जना सचिव रहेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उक्त समूहकी गड्तौला सचिव थिइन् । उनले कायममुकायम मुख्यसचिव बन्ने सौभाग्य प्राप्त गरिन् ।
कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्रालयमा फणीन्द्र गौतम र सत्य निरुपण तथा मेलमिलाप आयोगमा उदयराज सापकोटा सचिव रहेका छन् । नेपाल कानुन आयोगमा भने कानुन समूहका तोयानाथ अधिकारी सचिव थिए । २०५० सालमा निजामती सेवा प्रवेश गरेका अधिकारीले ३१ वर्षको कार्यकाल सकाएर आइतबार बिदा हुँदैछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविदेश भ्रमणमा कडाई, व्यक्तिगत कामका लागि विशेष तथा कूटनीतिक राहदानी प्रयोग गर्न नपाइने
मंसिर ११, २०८१ मंगलबार
चित्रलेखा यादव अस्ट्रेलियाको राजदूतमा नियुक्त
मंसिर ९, २०८१ आइतबार
विद्युतीय प्रणालीको समस्याले गर्दा तत्काल नेपाल र विदेशस्थित नियोगबाट पनि राहदानी वितरण बन्द
मंसिर ७, २०८१ शुक्रबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
स्याङ्जाका स्कूले पढ्दै, कुखुरापालनमा रमाउँदै
मंसिर १२, २०८१ बुधबार
स्वयंसेवा तालिमले सहज बन्दै हात्तीपाइलेपीडितको दैनिकी
मंसिर १२, २०८१ बुधबार
अमेरिकामा ‘पुष्पा–२’ काे बम्पर ओपनिङ, हालसम्मकाे सबै रेकर्ड ताेडिने
मंसिर १२, २०८१ बुधबार
गढीमाई मेला भब्य र सभ्य बनाउन मास्टर प्लान बनाईएको छ: नगरप्रमुख उपेन्द्र यादव
मंसिर १२, २०८१ बुधबार
एलआइसी नेपालको हकप्रद सेयरमा आजबाट आवेदन दिन मिल्ने
मंसिर १२, २०८१ बुधबार
पूर्वराजा शाह अर्को साता नेपालगञ्ज भ्रमणमा
मंसिर १२, २०८१ बुधबार