बंगलादेशमा आरक्षण विरोधी आन्दोलन : ३५ जनाको मृत्यु, देशभर कर्फ्यू
नेपालबहस संवाददाता
साउन ५, २०८१ शनिबार १५:१४:३६
५ साउन, काठमाडौं । बंगलादेशमा आरक्षण विरोधी आन्दोलनका क्रममा भड्किएको हिंसालाई नियन्त्रण गर्न सरकारले राष्ट्रव्यापी कर्फ्यू घोषणा गरेको छ । बंगलादेशमा आरक्षण विरोधी आन्दोलनका क्रममा भएको हिंसामा अहिलेसम्म ३५ जनाको मृत्यु भइसकेको छ ।
बंगलादेशमा सन् १९७१ को स्वतन्त्रता संग्राममा भाग लिने स्वतन्त्रता सेनानीका परिवारलाई सरकारी जागिरमा दिएको आरक्षणको विरोधमा विद्यार्थी र युवाहरूको आन्दोलन चलिरहेको छ । तर यो आन्दोलनले अहिले हिंसात्मक अडान लिएको छ ।
राजधानी ढाकालगायत धेरै सहरमा विगत केही दिनदेखि जारी हिंसालाई ध्यानमा राख्दै ठूलो मात्रामा सुरक्षा बल तैनाथ गरिएको छ ।
प्रहरी र आन्दोलनकारीबीच धेरै ठाउँमा झडप भएको छ । तर शुक्रबार नरसिङदीको कारागारमा आक्रमण गरी सयौं कैदी रिहा भएपछि प्रधानमन्त्री कार्यालयले देशव्यापी कर्फ्यु घोषणा गरेको छ ।
सरकारका प्रेस सेक्रेटरी नइमुल इस्लाम खानले अब शान्ति सुरक्षा कायम गर्न सेना परिचालन गरिने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबङ्गलादेशमा व्यापक मानव अधिकार उल्लङ्घनको आरोप लागेको एउटा प्रहरी एकाइ बन्द गर्न सिफारिस
मंसिर ३०, २०८१ आइतबार
बुर्किना फासोनजिकै भएको आक्रमणमा ३९ जनाको मृत्यु
मंसिर ३०, २०८१ आइतबार
ट्रम्पको गुप्तचर सल्लाहकार समितिमा नुन्स नियुक्त
मंसिर ३०, २०८१ आइतबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
बङ्गलादेशमा व्यापक मानव अधिकार उल्लङ्घनको आरोप लागेको एउटा प्रहरी एकाइ बन्द गर्न सिफारिस
मंसिर ३०, २०८१ आइतबार
बुर्किना फासोनजिकै भएको आक्रमणमा ३९ जनाको मृत्यु
मंसिर ३०, २०८१ आइतबार
कर्णाली समृद्धिको आधार बन्दै सडक, स्याउ र जडीबुटीले पाउन थाल्यो बजार
मंसिर ३०, २०८१ आइतबार
उद्योगमन्त्री भण्डारी दक्षिण कोरिया प्रस्थान
मंसिर ३०, २०८१ आइतबार
ज्यापू अक्षय कोषमा अहिले १० लाख दिइयो, अझ थपिन्छ : प्रधानमन्त्री
मंसिर ३०, २०८१ आइतबार