भैरहवा विमानस्थलः उडान आन्तरिक, शुल्क अन्तराष्ट्रिय हुँदा सर्वसाधारण मर्कामा
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
साउन ५, २०८१ शनिबार १५:३२:४७
![](https://nepalbahas.prixacdn.net/media/albums/gautam_budda_yzLOoMfwlu_RvaeTksauj.jpg)
५ साउन, भैरहवा । भैरहवा स्थित गौतमबुद्ध विमानस्थलमा आउने सर्वसाधरणले मोटरसाइकल पार्किङ गरेवापत अहिले ३० रुपैया प्रति घण्टा तिर्नुपर्छ । यस्तै कारले ६०, मिनि बसले ८० र बस ट्रकले १२० तिर्नुपर्छ । यो दर लागु भएको केही महिना मात्रै हुँदा अत्यधिक भएको भनि सर्वत्र आलोचना भइरहेको छ ।
यस अघि २०८० जेठ १० गतेदेखि फागुन ३० गते सम्म भने यहाँ पार्किङको शुल्क लाग्दैन थियो । पुरानो ठेक्का रद्द भई विमानस्थल कार्यालयले नयाँ ठेक्काको टेण्डर नभएकोले सर्वसाधरणले निःशुल्क पार्किङ गरिरहेका थिए । २०८० जेठ अगाडि भने मोटरसाइकलको पार्किङ शुल्क ५, कारको १०, मिनि बसको २० र बस÷ट्रकको ४० रुपैया लिने गरिन्थ्यो ।
केही महिना देखि साप्ताहिक एउटा मात्रै उडान गरिरहेको विमानस्थलमा अहिले भने एक महिना यता कुनै उडान भएको छैन । आन्तरिक उडानमा सिमित भएको यो विमानस्थलको स्तरोन्नतीसंगै अन्तराष्ट्रिय निर्देशिका अनुसार पार्किङ शुल्क र बहाल शुल्कमा भारी वृद्धि गरेको छ । जसको कारण सर्वसाधारण मर्कामा परेका छन ।
विमानस्थल प्रशासनलाई समेत विगतको तुलनामा पार्किङ अप्रत्यासित वृद्धि भएको महशुश भएपनि यसबारे सुनुवाइ गर्न सकेको छैन । नियावाली २०८० अनुसार आन्तरिक र अन्तराष्ट्रिय गरेर २ वटा वर्ग मात्रै छ । विमानस्थलको स्तरोन्नतीसंगै अन्तराष्ट्रिय विमानस्थल कायम भएकोले सोको निर्देशिका अनुसार पाकिङ सहित सबै शुल्कमा वृद्धि गर्न वाध्य भएको विमानस्थलका अधिकृत संजिव ज्ञवालीले बताए ।
उनका अनुसार विमानस्थल अन्तराष्ट्रिय भएसंगै विमानस्थलमा अन्तराष्ट्रिय उठान हुन नसकेपनि पार्किङ, विमानस्थलभित्रका पसलहरुको भाडा, विज्ञापनको शुल्क निकै बढेको छ ।
यसअघिको मापदण्ड अनुसार प्रतिवर्गमिटर विज्ञापनको लागि ५ सय रुपैंया शुल्क थियो भने अहिले वृद्धि भई ५ हजार रुपैंया बनाईएको छ । जसका कारण विज्ञापनदाता तथा पसल संचालक, सेवाग्राही सबैलाई गाह्रो भएको छ । विमानस्थलभित्र संचालनमा रहेका विभिन्न पसल स्थलको भाडा समेत निकै वृद्धि भएको छ । जसका कारण विमानस्थललाई आधार बनाएर लगानी गरेका लगानीकर्ता थप मारमा परेका छन् ।
“निर्देशिका अन्तराष्ट्रिय मापदण्ड अनुसार भयो तर विमान संचालन आन्तरिक मात्र हुँदा असजिलो भयो हामीले केही समयका लागि निर्देशिका शंसोधानका लागि माथि अनुरोध समेत गरेका छौं । ” अधिकृत ज्ञवालीले भने । उनले हालको ठेक्का अनुसार कम्पनी नियमित रुपमा नियमानुसार त्रैमासिक रुपमा भुक्तानी गरिरहेको बताए ।
उनका अनुसार विमानस्थल पार्किङ लागि भैरहवामा रहेको ईब्रहिम कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लिले वार्षिक २४ लाख ८२ हजार ५ सयमा सम्झौता गरिएको छ । जुन विगतको तुलनामा ३ गुणा बढी हो ।
“विमानस्थलको स्तरोन्नती अनुसार पार्किङ शुल्क निर्धारण गर्दा स्वभाविक रुपमा महंगो पर्न गयो यो हाम्रो वाक्यात्मक अवस्था हो । अधिकृत ज्ञवालीले भने । निर्देशिका अनुसार न्यूनतम् रकम २४ लाख ८२ हजार रहेको छ । “तिन पटक सम्म ठेक्का निकाल्दा पनि कसैको निवेदन नपरेपछि महँगो भयो भनेर सबै पछि हटे । अन्त्यमा एउटा कम्पनीले मात्रै टेण्डर दिएपछि सम्झौता गरेर काम अघि बढेको छ ।
विमानस्थलभित्र तोकिएको पार्किङ सवारी पार्क गर्ने सवारी धनीले मोटर साईकल स्कुटी लगायतका दुई पांग्रे सवारी साधन पार्कि¨ गर्दा प्रति घण्टाको ३० रुपैंया ठेकेदार कम्पनीलाई भुक्तानी गर्नुपर्छ । जुन यस अघि रु ५ रुपैंया प्रति घण्टा थियो । यस्तै कार भ्यान लगायतका साना चार पांग्रे सवारी साधनका लागि प्रतिघण्टा ६० रुपैंया, हल्का सवारी जस्तै मिनि ट्रक जस्ता लोडेड सवारीहरूले प्रतिघण्टा ८० रुपैंया शुल्क तिर्नुपर्छ भने ठूला सवारी वस लगायतले प्रतिघण्टा १ सय २० रुपैंया शुल्क तिर्नुपर्ने हुन्छ । जुन विगतको तुलनामा निकै महंगो हो ।
यसअघिको सम्झौता अनुसार ठेक्दार कम्पनीले वार्षिक ९ लाख विमानस्थललाई पार्किङ वापत बुझाउँदै आएको थियो । कम रकममा ठेक्का सम्झौता भएकै कारण साना दुई पांगे्र सवारीका लागि रु ५ रुपैयाँ, कार,जीपका लागि १० रुपैंया, हल्का सवारी २० रुपैंया र ठुला सवारीका लागी ४० रुपैंया प्रतिघण्टा तोकिएको थियो ।
२०८० चैतमा एक वर्षको लागि ठेक्का सम्झौता गरिएको छ । सम्झौता अनुसार सरकारी, प्राधिकरण, एम्बुलेन्स, सव वाहन, फायर जस्ता आकस्मिक सवारीहरुलाई पुर्णत निःशुल्क पार्किङको सुविधा रहेको छ । शुल्क अत्यधिक वृद्धि हुँदा ठेकेदार कम्पनीलाई समेत केही समय निकै कठिन भएको ठेक्का कम्पनीका संचालक मुस्तफाले गुनासो गरे ।
उनले भने “हामीले तोकेको शुल्क होईन् विमानस्थलले तोकेको शुल्क उठाउन पनि केही समय गाह्रो भयो जिल्ला प्रशासनसम्म जानुपर्यौ तर अब भने सबैले बुझिसक्नुभयो । ” ठेक्का नै महँगो भएको उनले बताए । आन्तरिक उठान नियमित हुँदा राम्रै शुल्क उठेपनि जाडो महिनामा विमान आउन नसक्दा आम्दानी नहुने संचालक मुस्तफाले बताए । उनका अनुसार अहिले दैनिक दुई सय दुई पांग्रे सवारी मोटरसाईकल, स्कुटरले पार्किङ गर्ने गरेका छन् । यस्तै सय बढी कार पार्किङका लागि आउने गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआयल निगमद्वारा इन्धनको मूल्य समायोजनः पेट्रोलको बढ्यो, डिजेल र मट्टीतेलको घट्यो
फागुन ३, २०८१ शनिबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले लिए अर्थमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य अवस्थाको जानकारी
फागुन ४, २०८१ आइतबार
सांसद ज्ञानेन्द्र शाहीको अभिव्यक्तिप्रति राष्ट्रिय सभाबाट खेद प्रस्ताव पारित
फागुन ४, २०८१ आइतबार
स्काभेटरले पल्टाएको ढुंगा लागेर विद्यार्थीको मृत्यु
फागुन ४, २०८१ आइतबार
बढ्दो भ्रष्टाचारले नेपाल अन्तर्राष्ट्रियस्तरमा बदनाम भयो : शेखर कोइराला
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
प्रश्नको उत्तरमै प्रधानमन्त्रीको कन्जुस्याई (पूर्णपाठसहित)
फागुन ४, २०८१ आइतबार