ओली प्रधानमन्त्री भएपछि दोहोरिएर गभर्नर बन्ने रणनीतिमा अधिकारी
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
साउन ५, २०८१ शनिबार १७:४७:५५
![](https://nepalbahas.prixacdn.net/media/albums/gavarnar_bL9dsjBPlG_muqYOZujEn.jpg)
५ साउन, काठमाडौं । कार्यकाल सकिन लागेका राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी फेरी दोहरिएर गभर्नर बन्ने रणनीतिमा लागेका छन् । उनले आफू फेरी गभर्नर बनेर आउने संकेत सार्वजनिक कार्यक्रमहरूमा पनि दिन थालेका छन् । उनले हालै बैंकर र शेयरबजारका लगानीकर्ता भएको एक कार्यक्रममा कार्यकालको अन्तिम मौद्रिक नीति भएपनि पहिलो बन्न सक्ने बताएका छन् ।
गभर्नर अधिकारीको कार्यकाल सकिन अब धेरै समय छैन । अधिकारी २०७६ चैत २४ गते गभर्नरमा नियुक्त भएका थिए । तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा रहेको सिफारिस समितिले नयाँ गभर्नरका लागि अधिकारीसहित डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी र पूर्वसचिव केशव भट्टराईको नाम सिफारिस गरेको थियो । तर अधिकारीले बाजी मारेका थिए ।
त्यसअघि राष्ट्र बैंकमा गभर्नर पद खाली हुनै लाग्दा तत्कालीन डेपुटी गभर्नर महाप्रसाद अधिकारीसहित तीन जनाको नाम गभर्नरको लागि सिफारिस भएको थियो । सिफारिस कर्ता थिए, तत्कालीन अर्थमन्त्री डा. रामशरण महत । एक डेपुटी गभर्नरसहित कम्तीमा तीन जनाको नाम सिफारिस गर्नै पर्ने प्रावधान अन्तर्गत उनको पनि नाम सिफारिस भएको थियो ।
तर, त्यतिबेला डा. चिरञ्जीवी नेपालले गभर्नरको बाजी मारेका थिए । त्यतिबेला डा. नेपाल तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाका आर्थिक सल्लाहकार थिए । प्रधानमन्त्री हाबी हुने गभर्नरको नियुक्ति प्रकृयामा त्यतिबेला नेपालले नै बाजी मारेपछि अधिकारीको गभर्नरको दौड रोकिएको थियो । चिरञ्जीवी नेपालसँग दुई वर्ष काम गरेर अधिकारी ०७३ सालमा डेपुटी गभर्नरको कार्यकाल पूरा गरी राष्ट्र बैंकबाट बाहिरिएका थिए ।
तिनै अधिकारीले त्यसको पाँच वर्षपछि गभर्नरमा बाजी मारेका थिए । अहिले पनि ओली प्रधानमन्त्री र उनको हर्ताकर्तामा डा. युवराज खतिवडा आएका छन् । यी दुवै शक्तिको भरमा उनी राष्ट्र बैंकमा फेरी दोहरिने मनस्थिति बनाएर लविङमा लागेका छन् । उनले फेरी गभर्नर बन्ने मौका पाए राष्ट्र बैंकमा गभर्नर बन्ने सपना बोकेका डेपुटी गभर्नरहरूको पालो नआउने सम्भावना बढेको छ । अधिकारी एमालेको तर्फबाट गभर्नर भएकाले यो पटक कांग्रेसले दावी गर्ने सम्भावना पनि छ ।
सहमति सरकार भएकाले सरकारको सन्तुलन मिलाउन पनि कांग्रेसले राष्ट्र बैंक माग्न सक्छ । तर, ओली ट्युन मिलाउने पक्षमा छन् । अर्थ मन्त्रालय र राष्ट्र बैंक प्रधानमन्त्रीकै दलको हुनुपर्छ भन्ने ओलीको दावी रहनसक्छ । यसले अर्थमन्त्री एमालेको र राष्ट्र बैंकमा पनि एमालेकै गभर्नर बन्नुपर्छ भन्ने ओलीको अडान रहन सक्छ । तर, ओलीले महाप्रसाद अधिकारीलाई नै गभर्नर दोहोर्याएर बनाउने सम्भावना भएपनि खतिवडाकाे उम्मेदवार अर्कै हुनसक्ने अनुमान गर्न थालिएकाे छ । राष्ट्र बैंक भित्रै पनि एमाले निकट डेपुटी गभर्नर छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
वित्तीय सुशासन जोखिम मूल्यांकन : दोधारा चाँदनी नगरपालिका नतिजाविहीन
फागुन ५, २०८१ सोमबार
आज कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना
फागुन ५, २०८१ सोमबार
खाना पकाउने ग्यासबाट सल्किएको आगोले हलेसीका तीन घरमा क्षति
फागुन ५, २०८१ सोमबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
फागुन ५, २०८१ सोमबार
इजरायली हवाई आक्रमणमा गाजामा तीन प्रहरी अधिकारीको मृत्यु
फागुन ४, २०८१ आइतबार
परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्री डा जयशंकरबीच भेटवार्ता
फागुन ४, २०८१ आइतबार