आर्थिक अनुशासन र जवाफदेहिता कायम गर्नु सरकारको महत्त्वपूर्ण जिम्मेवारी : अर्थमन्त्री
नेपालबहस संवाददाता
साउन ५, २०८१ शनिबार २२:९:१८
५ साउन, काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले आर्थिक अनुशासन, पारदर्शिता र जवाफदेहिता कायम गर्नु सरकारको सबैभन्दा महत्त्वपूर्ण जिम्मेवारी भएको बताएका छन् । नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाले आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्षसमेत रहेका पौडेलले राज्यका निकायमा चार्टर्ड एकाउन्टेन्ट नियुक्ति गरी लेखा परीक्षणको व्यवस्था मिलाउनुपर्नेमा जोड दिए ।
अर्थमन्त्री पौडेलले देशमा देखिएको आर्थिक समस्या क्रमशः समाधान हुने विश्वास व्यक्त गर्दै भने, “देशमा जे–जस्ता आर्थिक समस्या देखिएका छन्, ती समस्या समाधान गर्दै आर्थिक शिथिलताको अवस्थाबाट मुलुकलाई बाहिर निकाल्न हामी लागिपर्छौँ ।”
आर्थिक क्षेत्रमा देखिएका समस्याहरूको समाधानका लागि सरकारले सार्थक प्रयास गर्ने विश्वास दिलाउँदै अर्थमन्त्री पौडेलले आगामी दिनमा आर्थिक क्षेत्र सकारात्मक दिशामा आगाडि बढ्ने बताए । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलगायतले मुलुकको पछिल्लो आर्थिक अवस्था र चार्टर्ड एकाउन्टेन्टहरूले आफ्ना जिम्मेवारी व्यावसायिक तवरले निर्वाह गर्नुपर्नेमा जोड दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपिएल प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा हुनुहुन्थ्यो : सभापति देउवा
पुष १३, २०८१ शनिबार
प्रजातान्त्रिक आन्दोलनमा पिएल सिंहको भूमिका महत्त्वपूर्ण : उपप्रधानमन्त्री सिंह
पुष १३, २०८१ शनिबार
सहकारी ऐन, कानुनमा नमिलेका विषय मिलाउन अध्यादेश: मन्त्री अधिकारी
पुष १२, २०८१ शुक्रबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
नेपालबहस संवाददाता
पुष १०, २०८१ बुधबार
न्याय परिषदद्वारा उच्च अदालतका ९ र जिल्लाका १६ जना न्यायाधीशलाई सरुवा गर्न सिफारिस
पुष १२, २०८१ शुक्रबार
सहकारी ठगी प्रकरणः दुई दिन लगाएर सकियो लामिछानेको बयान, अरुको आइतबारदेखि सुरु हुने
पुष १२, २०८१ शुक्रबार
पिएल प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा हुनुहुन्थ्यो : सभापति देउवा
पुष १३, २०८१ शनिबार
एनपिएल विजेता जनकपुर बोल्ट्सको महोत्तरीमा ‘ट्रफी परेड’
पुष १३, २०८१ शनिबार
वेगवान सुन्दरताले भरिएको बेगनास ताल ( फोटो फिचर )
पुष १३, २०८१ शनिबार
मानुङकोट सूर्योदय र कुहिरो अवलोकन गर्ने आन्तरिक पर्यटकले भरिभराउ
पुष १३, २०८१ शनिबार
प्रजातान्त्रिक आन्दोलनमा पिएल सिंहको भूमिका महत्त्वपूर्ण : उपप्रधानमन्त्री सिंह
पुष १३, २०८१ शनिबार
रुसमा नौठो अफर, ‘४ सन्तान जन्माउनुहोस्, झोलाभरी पैसा लैजानुहोस् ’
पुष १३, २०८१ शनिबार