झापामा गिरिजाप्रसाद कोइराला फाउण्डेशन गठन
नेपालबहस संवाददाता
साउन ६, २०८१ आइतबार ९:५६:४६
६ साउन, काठमाडौं । क्रान्ति नायक गिरिजाप्रसाद कोइरालाको नाममा स्थापना भएको गिरिजाप्रसाद कोईराला फाउण्डेशनको झापा जिल्ला समिति गठन भएको छ । फाउण्डेशनका झापा जिल्ला संयोजक यज्ञप्रसाद भट्टराईको अध्यक्षतामा आज झापाको दमकमा आयोजि कार्यक्रममा पदस्थापन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको फाउण्डेशन झापाले जनाएको छ ।
कार्यक्रममा नेपाली कांग्रेस झापाका जिल्ला उपसभापति शेरबहादुर भट्टराई, संविधानसभा सदस्य विश्वदिप लिङ्गदेन, कोईराला फाउण्डेशन सुनसरीका संयोजक केशव भट्टराई, महाधिबेशन प्रतिनिधि चन्द्रा खड्का भट्टराई, प्रजातन्त्री सेनानी गोपाल भण्डारी नेपाल किसान महासंघका कोशी प्रदेश अध्यक्ष राजेन्द्र भट्टराई, उपाध्यक्ष नवीन कुमार चौधरी लगायत फाउण्डेशनका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै फाउण्डेशन सुनसरीका संयोजक केशव भट्टराईले नेपाली राजनीतिका शिखर पुरुष, क्रान्ति तथा शान्ति नायक गिरिजाप्रसाद कोइराला सहमति, सहकार्य र एकताका शुत्रधार तथा शान्ति प्रकृयाका महानायक भएको बताएका थिए ।
राणा, पञ्चायत र निरंकुश राजतन्त्रका विरुद्धमा सात दशक लामो लडाई लडेका गिरिजाबाबु विश्वकै प्रजातान्त्रिक नेता भएको बताउदै उनले मुलुकलाई हिंसाबाट मुक्त गराई शान्ति स्थापना गर्न अथक प्रयास गरेको भन्दै गिरिजाबाबु प्रति उच्च सम्मान व्यक्त गरे ।
त्यसैगरी महाधिबेशन प्रतिनिधि चन्द्रा खड्का भट्टराईले गिरिजाप्रसाद कोईरालाको बहुआयामिक प्रतिभाका बिषयमा प्रकाश पार्दै जिपी फाउण्डेशन झापाका नवनियुक्त पदाधिकारी तथा सदस्यहरुलाई गिरिजाबाबुको नामलाई अझ बढी उज्वल बनाउन सकृय रहन सुझाव सहित बधाई तथा शुभकामना दिएकी थिईन ।
त्यसैगरी नेपाल किसान महासंघ कोशी प्रदेश अध्यक्ष राजेन्द्र भट्टराईले गिरिजाबाबुले नेपाली राजनीतिमा खेलेको भूमिका जति वर्णन गरे पनि कम हुने बताउदै फाउण्डेशनले झापा जिल्लामा सामाजिक सेवाका क्षेत्रमा काम गर्ने विश्वास व्यक्त गरे ।
त्यसैगरी संविधानसभा सदस्य विश्वदिप लिङ्गदेनले गिरिजाप्रसाद कोईराला फाउण्डेशन झापा जिल्ला समिति गठनले नेपाली कांग्रेसकै पार्टी संगठन बिस्तारमा सहयोग पुर्याउने भन्दै फाउण्डेशनले बाढी पहिरो, प्राकृतिक प्रकोप, बिपन्न बस्तीमा शिक्षाको कार्यक्रम, स्वास्थ्य सामाग्रि बितरण जस्ता सेवामुखी काम गर्न सुझाव दिए ।
यसैगरी कांग्रेस झापा जिल्ला उप–सभापति शेरबहादुर भट्टराईले कांग्रेस कार्यकर्ताहरुमा देखिएको निराशालाई चिर्दै बिपी, गणेशमान, किसुनजी र गणेशमानजीको त्याग र गिरिजाबाबुको संघर्षलाई आत्मसात गर्दै अगाडि बढन सबै पदाधिकारी तथा सदस्यहरुलाई अनुरोध गरेका थिए ।
नवगठित प्रतिष्ठानका पदाधिकारी तथा सदस्यहरुलाई शुभकामना दिदैं उपसभापति भट्टराईले पार्टीले पनि गिरिजाप्रसाद कोईराला फाउण्डे्शनलाई पूर्ण रुपमा सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।
यज्ञप्रसाद भट्टराईको संयोजकत्वमा उपसभापतिमा हरिप्रसाद अर्याल र शेखर ढकाल, सचिवमा विश्वबन्धु लिङ्गदेन र तेजप्रसाद आचार्य, सहसचिवमा मनिशा खत्री अधिकारी र चुडामणी भट्टराई, कोषाध्यक्षमा हेमकला न्यौपाने, सदस्यहरुमा क्रमशः लता चापागाई, कमल प्रसाद बोहोरा, पुजन चौधरी, दिपेश भट्टराई, छबिलाल न्यौपाने, कमला बाँस्कोटा दाहाल, कुमार कट्टेल, ठाकुरहरी पोखरेल, फणिन्द्र गड्तौला, कबिता उप्रेती, हुमेश खतिवडा, अर्जुन शाहलाई मनोनयन गरिएको फाउण्डेशनले जनाएको छ ।
साथै फाउण्डेशनको सल्लाहकार समितिमा कांग्रेस झापाका पूर्व जिल्ला कार्यसमिति सचिब दयानन्द गोश्वामीको संयोजकत्वमा नेपाल किसान महासंघका पूर्व केन्द्रीय सदस्य गोपाल भण्डारी र शिक्षाबिद् केशव भट्टराई सम्मिलित तीन सदस्यीय सल्लाहकार समिति समेत गठन गरिएको फाउण्डे्शन झापाले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीज पर्व सशक्तीकरणको प्रतीक : अध्यक्ष दाहाल
भदौ २१, २०८१ शुक्रबार
संघीय संसद् भवन निर्माणलाई गति दिन सभामुखको आग्रह
भदौ २०, २०८१ बिहिबार
प्रधानमन्त्री ओलीको अमेरिका भ्रमण स्वीकृत, पलेशालाई ६५ लाख पुरस्कार दिने निर्णय
भदौ २०, २०८१ बिहिबार
रास्वपाका सभापति रविविरुद्ध दोहोरो राहदानीको मुद्दा व्यूतिदैछ कि ?
नेपालबहस संवाददाता
भदौ १९, २०८१ बुधबार
प्रहरी अधिकारीले दिएको उमेरहद सम्बन्धी रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश
भदौ २०, २०८१ बिहिबार
पहिलो पटक नेपाल टेलिकमको नेतृत्वमा महिला, प्रबन्ध निर्देशकमा पहाडी नियुक्त
भदौ २१, २०८१ शुक्रबार
संविधान दिवसका दिन झण्डै १ हजार कैदी रिहा हुने
भदौ २०, २०८१ बिहिबार
अर्थ मन्त्रालयमा पठाइयो सशस्त्र प्रहरीसम्बन्धी विधेयक
भदौ २१, २०८१ शुक्रबार
गैँडाको आक्रमणबाट पथप्रर्दशकको मृत्यु, पर्यटक र चौकीदार घाइते
भदौ २१, २०८१ शुक्रबार
राजविराजको मुख्य सडकमै खाल्डाखुल्डी, दुर्घटनाको जोखिम
भदौ २१, २०८१ शुक्रबार
इन्टरनेट प्रदायक कम्पनीलाई टिकटक खोल्न दूरसञ्चार प्राधिकरणको निर्देशन
भदौ २१, २०८१ शुक्रबार
अगैया–नेपालगञ्ज हुलाकी सडकले आवतजावतमा सहज
भदौ २१, २०८१ शुक्रबार
विष्णु माझी र तीजका तरंगहरु !
भदौ २१, २०८१ शुक्रबार