लेटाङमा ४२ औँ बीपी स्मृति दिवस मनाइयो
नेपालबहस संवाददाता
साउन ६, २०८१ आइतबार ११:८:३२
६ असार, लेटाङ । लेटाङको बीपी चौकमा ४२ औं बीपी स्मृति दिवस भव्य रुपमा मनाइएको छ। नेपाली कांग्रेसका क्षेत्रीय सभापति शंकर राईको आतिथ्यतामा नेपाली कांग्रेसका नेता कार्यकर्ताहरूले बीपी कोइरालाको सालिकमा माल्यार्पण गरी दिवस मनाएका हुन्।
कार्यक्रममा बीपी कोइरालाको योगदानको चर्चा गरिएको थियो। उपस्थित वक्ताहरूले बीपी कोइरालाको दूरदर्शिता, राजनीतिक धैर्यता, र प्रजातन्त्रप्रतिको अडानलाई स्मरण गरे। शंकर राईले बीपी कोइरालाको विचार र आदर्शलाई वर्तमान समयमा पनि उत्तिकै सान्दर्भिक रहेको बताए।
नेपाली कांग्रेसका विभिन्न तहका कार्यकर्ताहरूले समेत बीपी कोइरालाको योगदानको प्रशंसा गर्दै उनका आदर्शलाई आत्मसात् गर्नुपर्ने आवश्यकता रहेको बताए।
कार्यक्रममा स्थानीय स्तरका विभिन्न नेताहरू, समाजसेवी, तथा नागरिक समाजका प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो। बीपी कोइरालाको स्मृतिमा आयोजित यस कार्यक्रममा सहभागिहरूले उनको आदर्शलाई पछ्याउँदै प्रजातन्त्रलाई मजबुत बनाउन प्रतिबद्धता जनाएका थिए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्लास्टिकजन्य फोहोर नजलाउन वन तथा वातावरण मन्त्रालयको आग्रह
पुष २, २०८१ मंगलबार
ग्यास चुहावट भई आगलागी हुँदा सात लाख बढीको क्षति
मंसिर ३०, २०८१ आइतबार
प्रधानमन्त्रीद्वारा धान्य पूर्णिमाको शुभकामना
मंसिर ३०, २०८१ आइतबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
सिरहामा सडक दुर्घटनामा घट्यो, मृत्यु हुनेको सङ्ख्या बढ्दो
पुष ३, २०८१ बुधबार
भक्तपुरमा घरायसी विवादमा चक्कु प्रहार गरेर बुवाले गरे छोराको हत्या
पुष ३, २०८१ बुधबार
संघीय संसदका ४ वटा समितिको बैठक बस्दै
पुष ३, २०८१ बुधबार
आँधीखोला तर्न फट्केको भर !
पुष ३, २०८१ बुधबार
सुक्खाबन्दरगाह भन्सार: राजस्व संकलनमा कमी
पुष ३, २०८१ बुधबार