संस्थाका लागि भन्दै दाताबाट व्यक्तिको खातामा पैसा मगाएर व्यक्तिकै नाममा किनियो जग्गा
दीपक शर्मा
साउन ६, २०८१ आइतबार १५:५९:०
६ साउन, बर्दिया । संस्थाको नाम देखाएर दातालाई व्यक्तिगत खातामा पैसा हाल्न लगाएर संस्थाको नाममा किन्नुपर्ने जग्गा पनि व्यक्तिकै नाममा गराएपछि बर्दियाको एक सामुदायिक विकास संस्थाका पदाधिकारी विवादमा तानिएका छन् । संस्थाको नाम देखाएर १ करोड ४० लाख रकम व्यक्तिको खातामा मगाएर जग्गा पनि व्यक्तिकै नाममा दर्ता गराएपछि विवाद आएको हो ।
घटना बर्दियाको गुलरिया नगरपालिकामा रहेको सामुदायिक विकास संस्थाको हो । संस्थाका अध्यक्ष कालुराम विश्वकर्मा र सोही संस्थामा कार्यरत मानबहादुर विश्वकर्माले मिलेमतो गरी पैसा व्यक्तिका नाममा मगाएको आरोप लगाइएको छ । दाताले करिब १ करोड ४० लाख रुपैया दिएको तर, संस्थाका कार्यकारी निर्देशकले सो रकमबाट संस्थाका नाममा जग्गा नकिनि व्यक्तिका नाममा किनेको संस्थाका अन्य पदाधिकारीहरु बताउँछन् ।
सो संस्थाका एक सदस्यले दिएको जानकारी अनुसार इसाई धर्मको प्रचार गर्न र यस धर्ममा लागेका कोभिड पीडितलाई सहयोग गर्न भनेर सो रकम मागिएको थियो । उक्त समयमा रोजगारी गुमाएका इसाई धर्मावलम्बीका लागी रोजगारी दिने भन्दै गुलरिया नगरपालिका ५ मा डिपार्टमेन्टल स्टोर संचालन गर्ने भनिएको थियो । यो उद्देश्य देखाएपछि न्युजिल्यान्डका दाता डगलस किम्लेसले रकम पठाएका थिए ।
तत्कालीन सामुदायिक बिकास संस्थाका कार्यकारी निर्देशक हाल प्लान नेपालमा कार्यरत मानवीर विश्वकर्माले सो रकम व्यक्तिगत रुपमा प्रयोग गरी गुलरिया नगरपालिका वार्ड न ५ मा ४ कठ्ठा जग्गा आफ्नो नाममा खरिद गरेको सो संस्थाका पदाधिकारीहरु बताउँछन् । । यो जग्गा संस्थाका नाममा खरिद हुनुपर्ने थियो । तर, मानबीरले संस्थाको लागी खरिद गर्नु पर्ने जग्गा आफ्नो नाममा बनाएको भन्दै सामुदायिक विकास संस्थाका कार्यसमिति सदस्यहरूले आपत्ति जनाएका छन ।
मानवीर विश्वकर्माले खरिद गरेको ४ कठ्ठा जग्गा कित्ता नम्बर २६४५ रहेको छ । यस विषयमा मानबहादुर विश्वकर्मासँग बुझ्दा उनले रकम आएको बताउँदै संस्थाको नाममा आउनु पर्ने रकम आफूलाई विश्वास गरी मन जितेर पठाएको बताए । जग्गा पनि खरिद गरिएको भन्दै तत्कालीन परिस्थिति अनुसार नै काम भएको दावी उनले गरे । संस्थाका अध्यक्ष विश्वकर्माले जग्गा आफ्नो नाममा किनेको नभई सस्थामा कार्यरत अर्थात कार्यकारी निर्देशक मानविर विश्वकर्माले आफनो नाममा सोहि रकमले जग्गा किनेको बताएका छन् ।
दीपक शर्मा
विगत लामो समयदेखि पत्रकारितामा सक्रिय शर्मा बर्दियाबाट नेपालबहस डटकमका लागि रिर्पोटिङ गर्छन् ।
लेखकबाट थपभैरहवामा संगठित तस्करी, डीएसपी पौडेल सेटिङमै व्यस्त
मंसिर २२, २०८१ शनिबार
लुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित
मंसिर ११, २०८१ मंगलबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
रविसहित ५१ जना प्रतिवादी, फरारको सूचीमा ३७ जना
पुष १, २०८१ सोमबार
सरकारले खेलाडी, प्रशिक्षक र व्यवस्थापकलगायत ३५ जनालाई सम्मान गर्ने
पुष १, २०८१ सोमबार
पचास हजार भक्तजनले गरे दुप्चेश्वर दर्शन
पुष १, २०८१ सोमबार
कसैले चाहेर पनि वर्तमान सरकार ढल्दैनः महासचिव पोखरेल
पुष १, २०८१ सोमबार