शुक्लाफाँटामा एक वर्षमा एघार किलोमिटर सडक स्तरोन्नति
नेपालबहस संवाददाता
साउन ६, २०८१ आइतबार ११:५७:१६
६ साउन, कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाले एक वर्षमा ११ किलोमिटर सडक स्तरोन्नति गरेको छ । आव २०८०/८१ मा सडक ग्राभेल तथा स्तरोन्नति गरेको हो । नगरपालिकाका ग्रामीण क्षेत्रका सडकको स्तरोन्नति हुँदा कृषिउपज बजारसम्म ढुवानी गर्न सहज भएको छ ।
नगरपालिकाका १२ वटै वडाका सडक स्तरोन्नति गर्ने, खाल्डाखुल्डी पुर्ने काम भइरहेको नगरपालिकाका पूर्वाधार विकास शाखाका प्रमुख दिपक धामीले बताए। उनका अनुसार आव २०८०/८१ मा नगरपालिकाले १७ दशमलव चार किमी सडक ग्राभेल गरेको छ । ११ दशमलव ३५ किमी सडक स्तरोन्नति गरिएको छ । सडक नभएका क्षेत्रमा नौ दशमलव ९४ किलोमिटर सडक ट्रयाक खोलिएको छ ।
नगरपालिकाको आर्थिक स्रोत थोरै हुँदा सडक कालोपत्र करिब एक किमी मात्र गरिएको छ । सडक छेउमा पानी निकासका लागि नाली निर्माण गरिएको छ । विगतमा वर्षाका बेला नगरपालिकाका ग्रामीण क्षेत्रमा सडक सुधार नहुँदा हिलाम्मे हुने गरेका थिए । नगरपालिकामा जनप्रतिनिधि आएपछि सडक सुधार नगरिँदा आवागमनमा सुविधा भएको स्थानीय रामबहादुर डगौराले बताए ।
“ग्राभेल मात्रै नगरपालिकाले विगत सात वर्षदेखि गर्दै आएको छ”, उनले भने, “यो पहिला पनि हुन्थ्यो, अब सडक कालोपत्र गरिनुपर्छ, नगरपालिकाको आन्तरिक बजेटले नभ्याउने भए प्रदेश र सङ्घीय सरकारलाई गुहार्नुपर्छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविश्व बैंकको सहयोगमा प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम सुरु, सवा १७ अर्ब लगानी
मंसिर ६, २०८१ बिहिबार
पोखरेबगर–चित्रे सडक मर्मत नहुँदा पर्यटकलाई सास्ती
मंसिर ६, २०८१ बिहिबार
वीपी राजमार्ग राति सात घण्टा अवरुद्ध हुने
मंसिर ५, २०८१ बुधबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
विभिन्न समूहको प्रदर्शनले आज अस्तब्यस्त बन्दै काठमाडौं, ५ हजार प्रहरी र ५ सय ट्राफिक खटाइने
मंसिर ७, २०८१ शुक्रबार
आज संघीय राजधानी काठमाडौंमा प्रधानमन्त्री ओलीको दल एमालेको शक्ति प्रदर्शन
मंसिर ७, २०८१ शुक्रबार
१३ पैसाले बढ्यो अमेरिकी डलर, युरो र पाउण्ड स्थीर
मंसिर ७, २०८१ शुक्रबार
पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना
मंसिर ७, २०८१ शुक्रबार
मिथुन राशी भएकाहरुको लागि आज राम्रो समय छ
मंसिर ७, २०८१ शुक्रबार
स्याङ्जामा एक जनाको शव फेला
मंसिर ६, २०८१ बिहिबार