आन्तरिक राजस्व कार्यालय जुम्लाद्वारा ४५ करोड राजस्व संकलन
नेपालबहस संवाददाता
साउन ६, २०८१ आइतबार १३:३९:२२
६ साउन, जुम्ला । आन्तरिक राजस्व कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा रु ४५ करोड ९९ लाख ८९ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले वार्षिक लक्ष्यभन्दा २२ प्रतिशत कम राजस्व संकलन गरेको हो ।
आन्तरिक राजस्व कार्यालयका प्रमुख सुबप्रसाद रिजालका अनुसार कार्यालयले कूल ७७ दशमलव ९५ प्रतिशत राजस्व संकलन गरेको छ । कार्यालयको वार्षिक राजस्व उठाउने लक्ष्य कूल रु ५९ करोड एक लाख रहेको थियो । कूल वार्षिक लक्ष्यको ७७ दशमलव पाँच प्रतिशत राजस्व उठेको प्रमुख रिजालले जानकारी दिए ।
यस्तै, रु ३८ करोड ९० लाख ९९ हजार आयकरको राजस्व सङ्कलन गर्ने वार्षिक लक्ष्य रहेकामा रु ३१ करोड ५४ लाख २३ हजार संकलन भएको छ । सो अवधिमा कूल ८१ दशमलव छ प्रतिशत प्रगति भएको छ ।
कार्यालय प्रमुख रिजालले भने, “रु १९ करोड नौ लाख ३० हजार बहालकर राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा असार मसान्तसम्म रु ११ करोड तीन लाख ७३ हजार सङ्कलन भएको छ, कूल ५७ दशमलव सात प्रतिशत प्रगति भएको छ, त्यस्तै ब्याजदरबापत वार्षिक रु पाँच करोड छ लाख ३९ हजार राजस्व संकलन गर्ने लक्ष्य रहेकामा रु पाँच करोड तीन लाख १६ हजार सङ्कलन भएको छ, कूल प्रगति ९४ दशमलव २९ प्रतिशत रहेको छ ।”
मूल्य अभिवृद्धि करबापत रु १६ करोड ५४ लाख ६७ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा असार मसान्तसम्म रु ११ करोड ९३ लाख ४९ हजार संकलन भएको छ । कूल ७२ दशमलव १३ प्रतिशत प्रगति भएको प्रमुख रिजालको भनाइ छ ।
अन्तःशुल्क रु नौ करोड नौ लाख ६६ हजार लक्ष्य रहेकामा रु आठ करोड पाँच लाख ३७ हजार राजस्व सङ्कलन भएको छ । यसको कूल प्रगति ८५ दशमलव ६६ प्रतिशत रहेको आन्तरिक राजस्व कार्यालयले जनाएको छ ।
जम्मा करदाता सङ्ख्या अन्तःशुल्क इजाजत लिएका पाँच सय ८१, भ्याटतर्फ एक हजार पाँच सय २२ र आयकरतर्फ १५ हजार दुई सय १४ रहेको कार्यालयका सूचना अधिकारी धनसिंह थापाले बताए । जुम्लामा एक–एकपटक व्यावसायिक र निर्माण व्यवसायीलाई गरी दुईपटक करदाता शिक्षा दिइएको छ । एकपटक कालीकोट र दुईपटक मुगुका व्यवसायीलाई करदातासम्बन्धी शिक्षा दिइएको छ ।
उक्त कार्यालयको जुम्लालगायत मुगु र कालीकोटमा पनि कार्यक्षेत्र रहेको छ । बजार अनुगमन र कर शिक्षा स्थानीय तहमै पुगेर दिइने गरेको सूचना अधिकारी थापाको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुक्खाबन्दरगाह भन्सार: राजस्व संकलनमा कमी
पुष ३, २०८१ बुधबार
वीरगञ्जबाट डिजेल आयात घट्यो
मंसिर २७, २०८१ बिहिबार
नेपाल र भारतबीच समान प्रकृतिको भन्सार मुल्यांकन प्रणाली नहुँदा तस्करी बढ्दो
मंसिर २६, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
यु–१९ एसिया कपः नेपाल श्रीलङ्कासँग भिड्दै
पुष ४, २०८१ बिहिबार
म्याग्दीमा फलेको किबीले बजार पाएन
पुष ४, २०८१ बिहिबार
मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्नेच्युडको भूकम्प
पुष ४, २०८१ बिहिबार
क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप ल्याइयो
पुष ४, २०८१ बिहिबार
एनपीएल दोस्रो क्वालिफायर: फाइनल प्रवेशका लागि जनकपुर र कर्णाली भिड्दै
पुष ४, २०८१ बिहिबार
आज पाँचवटा संसदीय समितिको बैठक बस्दै
पुष ४, २०८१ बिहिबार